समाज

    Showing १२१-१३० of ७,१०९ items.
  • भारतबाट भन्सार छली ल्याइएका १ लाख ३२ हजारका लत्ताकपडा मोटरसाइकलसहित बरामद

    सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ। देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोलाबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ सीए १४२३ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला पारेको हो। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको लत्ताकपडाको अनुमानित मूल्य १ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामग्री र भारतीय मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्य

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १५५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका राजको शरीरभित्रै भेटियो ब्राउन सुगर

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई रहेका छन्। प्रहरीका अनुसार भदौ २७ गते दिउँसो भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको संयुक्त टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका दुवै जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मदन सुवेदीको साथबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुग

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • ३०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा शंकास्पद अवस्थामा हिँडिरहेका संजिवको साथबाट ब्राउन सुगर बरामद

    धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर  लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्। आईतवार  बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थ

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • ६३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ दिनसम्म सास–लासको पत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि

    झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा फर्किने बाटो हेरेका झापाको बिर्तामोड–३ का ७९ वर्षीय शान्तिराम आचार्यले आइतबार आफ्नै हातले छोराको कुशको शवमा दागबत्ती दिए। आँखाअघि छोराको शव थिएन, थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर। बाढीले छोरा बेपत्ता बनाएपछि शान्तिरामको परिवारले १९ दिनसम्म एउटै आशामा दिन काट्यो—कतै जीवितै भेटिएला कि ? तर खोजीका क्रममा न सास भेटियो, न लास। अन्ततः परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर परिवारले राजेन आचार्यको अन्तिम संस्कार गरेको छ। बिर्तामोड नगरपालिका–३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय राजेन आचार्य भदौ १० गते बिहान

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहदेखि धार्मिक संस्कारसम्म जोडिएको पुरानो इनार जोगाउन उराँव समुदायको अभियान

    इनरुवा/  कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग जोडिएको पौराणिक तथा सयौँ वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो । ट्युबेल (कल) र मोटरको पानी आउन थाले पनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका संस्थापन अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनारवरिपरि सरसफाइ गर्ने, बिहेबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएक

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

    विराटनगर/  विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ। विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजल वाचनसँगै मोडर्न प्रिपरेटरीमा मनाइयो मोतीराम जयन्ती

    इटहरी/ युवा कवि तथा नेपाली साहित्यका धरोहर मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा इटहरी–६ स्थित मोडर्न प्रिपरेटरीमा विशेष कार्यक्रम आयोजना गरी मोतीराम जयन्ती मनाइएको छ। वि.सं. २०४९ सालदेखि इटहरीमा शैक्षिक सेवा दिँदै आएको विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टद्वारा रचित विभिन्न गजल वाचन गरेका थिए। विद्यार्थीहरूले मोतीराम भट्टको जीवन, व्यक्तित्व तथा नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्‍याएको योगदानबारे समेत चर्चा गरेका थिए। कार्यक्रममा नेपाली विषयकी शिक्षिका समीक्षा दाहालले मोतीराम भट्टले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्‍याएको योगदानबा

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ८६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा चेक अनादरदेखि लागूऔषधसम्मका ५ फरार प्रतिवादी पक्राउ

    धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ का रमेन्द्र पौडेल रहेका छन् । चेक अनादर मुद्दामा अदालतले २०८१ फागुन १७ गते गरेको फैसलाअनुसार उनीबाट पाँच सय रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो । त्यस्तै, धरान उपमहानगरपालिका–५ की मनिका लिम्बु अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएक

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

    विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान् र बाबुको हत्या गर्ने आमाछोरा पक्राउ

    पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। ४८ वर्षीय इन्द्रकुमार दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवको अवस्था र घटनास्थलको प्रकृति शंकास्पद देखेपछि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved