समाज

    Showing 1,181-1,190 of 6,816 items.
  • झुम्का कारागारबाट फरार भए जबरजस्ती करणी मुद्दाका कैदी

    इटहरी/सुनसरीको झुम्का कारागारबाट एक कैदी बन्दी फरार भएका छन्। जबरजस्ती करणी मुद्दामा जीवन बिताइरहेका खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ बस्ने २८ वर्षीय रूपक पौडेल खत्री कारागारको बि ब्लकमा रहेको आफ्नै बासको सहारामा बाल चढेर करिब १६ फिट अग्लो वाल नाघेर फरार भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले पुष्टि गरे कि, बुधबार बिहान नै अनुसन्धानको क्रममा खत्री फरार भएको देखिएको हो। उनी फरार भएपछि बिहानैदेखि व्यापक प्रहरी परिचालन गरी उनको खोजतलास जारी छ। डिआइजी कार्कीले भने, “फरार कैदीलाई चाँडै पक्राउ पर्ने विश्वास छ।” फरार घटनाको सम्बन्धमा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 948 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा खोलामा बगेर ११ वर्षीय बालकको मृत्यु

    झापा/ दमक–१० जहदका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ खोलामा बगेर आज बिहान मृत्यु भएका छन्। स्थानीय भालुखोला तर्ने क्रममा उनी खोलामा बेपत्ता भएका थिए। प्रहरी निरीक्षक नवीन राईका अनुसार, खोलामा बगेपछि करिब आधा घण्टा लगाएर उद्धार गरी धर्मेन्द्रलाई दमकस्थित निम्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दु खोलामा सतर्कता तह नाघ्यो, डुबानको उच्च जोखिम

    धरान/मंगलबार साँझदेखि लगातार परेको वर्षापछि धरानको पश्चिमी क्षेत्रमा पर्ने सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह बुधबार बिहान सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा छ। जलसतह बढेसँगै आसपासका नदी तटीय बस्ती र होचा भू–भागमा डुबानको उच्च जोखिम बढेको विभागले जनाएको छ। खोला किनार र जोखिम क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना रहेको चेतावनी दिँदै सरकारी

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 955 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्रउन सुगर सहित दुई युवा पक्राउ

    सुनसरी/ विशेष सूचनाका आधारमा सुनसरीको ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा खटिएको संयुक्त प्रहरी टोलीले दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, जिल्ला सुनसरी ईटहरी उप–महानगरपालिका–१६ निवासी १६ वर्षीय दिपेन्द्र चौधरी र सोही नगरपालिका–७ निवासी १८ वर्षीय निरज चौधरीलाई मिति २०८२ साउन २७ गते साँझ ४:४५ बजे नियन्त्रणमा लिइएको हो। प्रहरीले कानुन बमोजिम चेकजाँच तथा खानतलासी गर्दा दिपेन्द्र चौधरीको साथबाट ब्राउन सुगर २.५० ग्राम (२ ग्राम ५० मिलिग्राम) पदार्थ फेला परेको जनाएको छ। दुवैजनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तरविद्यालयीय कराँतेमा इटहरीकाे मोर्डन प्रिपरेटरी स्कुलका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

    धरान/मेचीनगर–१३, झापाको चारालीमा गत अगस्त ९ मा सम्पन्न प्रथम इन्डो–नेपाल अन्तरविद्यालयीय खुला कराँते प्रतियोगिता २०२५ मा मोर्डन प्रिपरेटरी सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले शानदार सफलता हात पारेका छन्। प्रतियोगितामा खुशी बिष्टले कुमितेमा स्वर्ण पदक र कातामा कास्य पदक (५० केजी तौल समूह) जितिन्। शिल्पा श्रेष्ठले कुमिते र काता दुवैमा स्वर्ण पदक (३५ केजी तौल समूह) जित्दै दोहोरो विजेता बनिन्। त्यस्तै, अनुभव रेग्मीले पनि स्वर्ण पदक जितेर विद्यालयको नाम उज्यालो पारे। विद्यालय प्रशासनका अनुसार, यो सफलता विद्यार्थीहरूको कडा मेहनत, उच्च समर्पण र अनुकरणीय खेल भावनाको परिणाम हो। विद्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानको उपकुलपति अब धरानका विक्रम श्रेष्ठ

    धरान/विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। श्रेष्ठले नियुक्तिपत्र भने बुधबार बुझ्ने भएका छन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा. श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 1,042 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीजको मौलिक भाकामा ‘आयो नि तिज है आयो’

    धरान/नेपाली महिलाहरुको हरितालिका तीज पर्वलाई गीत–संगीत र नृत्यमार्फत रंगीन बनाउने परम्परालाई निरन्तरता दिँदै गायिका सरस्वती रिमाल भट्टराईको स्वरमा नयाँ तीज गीत ‘आयो नि तिज है आयो’ सार्वजनिक भएको छ।  शब्द राम प्रसाद लुईटेलको, संगीत बिगत राईको र अडियो पुर्णञ्चल रेकर्डिङ स्टुडियो, इटहरीमा रेकर्ड गरिएको यस गीतले तीजको उल्लास, भक्ति र बहिनी–दिदीको भेटघाटको खुसीलाई कलात्मक ढंगले उतारेको छ।  नृत्य निर्देशन रोसन बान्तवा राईको छ भने क्यामेरा र सम्पादन रोसन भट्टराईले गरेका छन्। पोष्ट प्रोडक्सन अनामिका डिजिटलमार्फत सम्पन्न भएको हो।  गीतमा रातो–हरियो गहना र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 754 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिले अध्यक्ष ओलीको विकल्प खोज्ने बेला होइन:शंकर पोखरेल

    धनकुटा/केपी ओलीको विकल्प खोज्ने बेला अहिले नभएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ । अहिले पार्टीलाई बनाउने बेला भएको बताउनुहुँदै जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ हामीले त्यही कुरा गर्ने हो । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनुभयो । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्नुहुँदै संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको वहाँले बताउनु भयो ।  नेपालको अस्थिर राजनीतिलाई

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गन्धर्व जातिको संरक्षणमा राज्यले दिएन चासो: आफै संरक्षणमा जुटे

    धरान/  नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धव जातिको पेशा संकटमा परेको छ । पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ । अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् । तेजेन्द्र गन्धर्व । भोजपुर जरायौ टारका तेजेन्द्रले पुख्यौली पेशा अंगालेको १५ बर्ष जति भयो । वैदेशिक रोजगारलाई समेत त्यागेर लोप हुन लागेको कला संस्कृतिलाई जोगाउन लागि पर्नुभएका तेजेन्द्र भ्याइस अफ नेपाल सिजन १ को टप १६

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर भवन निर्माणका लागि एकलाख दिने मेयर चिन्तन तामाङको घोषणा

    हिले /  धनकुटा नगरका मेयर चिन्तन तामाङले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय भवन निर्माणका लागि एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले मंगलबार हिलेमा आयोजना गरेको योजना कार्यशाला मार्फत सहयोग गर्ने घोषणा गर्नुभएको हो । २०३६ साल असार ९ गते स्थापना भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका देशैभरी आफ्नै भवनहरु रहेका भएपनि संगठन स्थापना स्थल कोशी प्रदेश कमिटीको आफ्नै भवन पहिलो पटक बनाउन लागिएको र सबैको साथ सहयोगमा भवन निर्माण गरिने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विषय प्रस्तुत गर्नुभएपछि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved