हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाको घोषणा

  • असोज २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हमासले अपहरण गरेका नेपाली युवा विपिन जोशी अब जीवित नरहेको कुरा इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक रूपमा घोषणा गरेको छ।

इजरायलको स्थानीय समय अनुसार सोमबार बिहान साढे ७ बजे आइडिएफका एक वरिष्ठ अधिकारीले यो जानकारी दिएका हुन्। सो सूचना इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई भिडियो कन्फरेन्समार्फत दिइएको हो।

राजदूत पण्डितका अनुसार, “आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो संवाद गर्दै ‘हिज इज नो मोर’ भन्ने औपचारिक जानकारी गरायो। परिवारकै सामु उक्त घोषणा गरिएको हो,” उनले भने।

भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिकाबाट, साथै परिवारका अन्य सदस्य किशोर जोशी, राजदूत पण्डित र आइडिएफका उच्च अधिकारीहरू सहभागी थिए।

आइडिएफका अधिकारीहरूले हमासले केही जीवित बन्धकहरूलाई छिट्टै मुक्त गर्ने तयारी गरिरहेको र केही मृतकको शव अझै फेला नपरेको जानकारी पनि दिएका छन्।

तर, यसबारे नेपाल सरकार भने अझै सावधानीपूर्वक प्रतिक्रिया दिइरहेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आइडिएफको जानकारीलाई प्रारम्भिक आकलन मात्रै भएको बताएका छन्।

उनका अनुसार, “आइडिएफको पनि आकलन मात्र हो। हामी अझै पनि विपिन सकुशल रिहा हुनेछन् भन्नेमा आशावादी छौं। विगतमा पनि आइडिएफका विवरणमा फरक आएको थियो।”

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved