चारआलीका चिकित्सक दिलीप यादव जबरजस्ती करणी आरोपमा पक्राउ

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/झापाको मेचीनगर नगरपालिका–१३, चारआलीस्थित मनकामना अस्पताल प्रा.लि.का सञ्चालक चिकित्सक दिलीपकुमार यादव जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार ४७ वर्षीय यादवले २७ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार यादवविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र घटनासम्बन्धी थप प्रमाण संकलन कार्य जारी छ।

स्थानीयवासीका भनाइअनुसार यादवविरुद्ध यसअघि पनि सेवाग्राहीप्रति असहज र अनुचित व्यवहार गरेको गुनासो आइरहेको थियो। प्रहरीले ती गुनासोसम्बन्धी पनि छुट्टै रूपमा बयान लिने तयारी गरेको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved