मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण, आजैदेखि सवारी सञ्चालनको तयारी

  • असोज २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ अविरल वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगो सडकमार्ग सञ्चालनको तयारी गरिएको छ। यसका लागि जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण कार्य तीव्र गतिमा भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले जानकारी दिएकी छन्।

उनका अनुसार आइतबारदेखि सडक डिभिजन कार्यालय इलाममार्फत जोगमाई खोलामा १० वटा ह्युम पाइप राखी डाइभर्सन निर्माण कार्य सुरु गरिएको हो। डिभिजन प्रमुख पवन भट्टराईका अनुसार आज साँझसम्म डाइभर्सन र पहुँचमार्ग निर्माण सक्ने योजना रहेको छ।

गत असोज १८ गतेको भारी वर्षापछि आएको बाढीले यसअघि असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। सो सडकले इलाम सदरमुकामस्थित तिल्केनी क्षेत्रलाई मेची राजमार्गको गोदकसँग जोड्ने मुख्य कडीको भूमिका खेलेको छ।

प्रजिअ नेपालका अनुसार, “डाइभर्सन तयार भएपछि आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।” अहिले वैकल्पिक रूपमा तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्ग हुँदै साना सवारी सञ्चालनमा ल्याइएको छ।

लगातारको अवरोधका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ जाने यात्रु र मालसामान ढुवानीमा १० दिनदेखि कठिनाइ भोगिएको छ। डिभिजन प्रमुख भट्टराईले भने, “तिल्केनी–सिमलगोलाई जोड्ने सडकखण्डमा डाइभर्सन निर्माण तीव्र गतिमा भइरहेको छ, आजदेखि नै साना सवारी सञ्चालनमा ल्याउने प्रयासमा छौँ।”

तर ठूला तथा मालवाहक सवारीका लागि भने अहिलेसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालको भनाइ छ। तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि हालको वैकल्पिक बाटो प्रयोग गर्न कठिन भएको उनले बताइन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved