समाज

    Showing १०१-११० of ७,१०९ items.
  • बराहक्षेत्रमा संविधान दिवसको अवसरमा प्रभातफेरी

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा शनिवार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार शनिवार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख मातृका तिवारीले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत राधिका गिरि, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहर

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ११७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा १ हजार ४५४ किलो गाँजा बरामद, पिकअपमा लोड गर्दै गरेका यादव पक्राउ

    इनरुवा/ सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इनरुवा नगरपालिका–१० जल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले शनिबार बिहान करिब ३ बजे उक्त स्थानमा निगरानी गरेको थियो। सो क्रममा भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादव को को १ च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पिकअपसहित बरामद पदार्थ र यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसर

    • प्रकाशित मितिः असोज ३, २०८३
    • २४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विजयपुरमा इतिहास र पहिचान जोगाउने महाअभियान, असोज १० र ११ गते ‘याक्थुङ विजयपुर सम्मेलन’

    धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व र सांस्कृतिक पहिचान संरक्षणका लागि ‘याक्थुङ विजयपुर सम्मेलन’ आयोजना हुने भएको छ। दरबार परिसर संरक्षण सङ्घर्ष समितिले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १० र ११ गते धरान–१९ स्थित लाङघाली सामुदायिक वनमा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो। सम्मेलनमा विजयपुर क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व, सांस्कृतिक पक्ष, संरक्षणको वर्तमान अवस्था तथा भावी योजनाबारे विज्ञ, इतिहासकार, अनुसन्धानकर्ता र सरोकारवालाबीच गहन छलफल गरिने समितिले जनाएको छ। सम्मेलनमा इतिहास, पुरातत्त्व, संस्कृति तथा सं

    • प्रकाशित मितिः असोज २, २०८३
    • १३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनमा नयाँ विद्यार्थीको भव्य स्वागत

    धरान/ सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमबीच स्वागत गरिएको छ । धरान–१५ स्थित चुम्लुङ हिममा शुक्रबार आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले गीत, नृत्यलगायत विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्यका २२ वटा प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । उनले विद्यार्थीले कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलाप र जीवनम

    • प्रकाशित मितिः असोज २, २०८३
    • २०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेकोशी बाढीपीडित बालबालिकाका लागि धरानको सिटी मन्टेश्वरीले जुटायो कपडा, जुत्ता र चप्पल

    धरान/  भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाका लागि सुनसरीको धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले राहत सामग्री सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी बाढीपीडितका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री खरिद गरी सहयोग गरिएको हो। विद्यालयले सञ्चालन गरेको अभियानबाट ४३ हजार ९ सय ४५ रुपैयाँ संकलन भएको थियो। सो रकमबाट ४७ जोर कपडा, २३ जोर भित्री कपडा, ४० वटा ऊनी टोपी, ५० जोर चप्पल र ६० जोर जुत्ता खरिद गरी राहतस्वरूप पठाइएको विद्यालयले जनाएको छ। संकलित राहत सामग्री नेपाल स्काउट, कोशी प्रदेशका प्रद

    • प्रकाशित मितिः असोज २, २०८३
    • २५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहानै इटहरीतर्फ जाँदै गरेको मोटरसाइकल डिभाइडरमा ठोक्कियो, २९ वर्षीय अनिल राईको मृत्यु

    धरान/ सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उ

    • प्रकाशित मितिः असोज २, २०८३
    • १,०९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपरेटोरी स्कुलमा ६२औँ राष्ट्रिय बाल दिवस कार्यक्रम सम्पन्न

    इटहरी/ इटहरी ६ मा अवस्थित  मोडर्न प्रिपरेटोरी स्कुलमा ६२औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मोडर्न बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले वक्तृत्वकला, नृत्य, नाटक, कविता, गीत तथा सांस्कृतिक फेसन शो लगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा सामाजिक सचेतना जगाउने गीत तथा नृत्य प्रस्तुत गरेका थिए। विशेषगरी मोबाइल फोनको दुरुपयोग तथा यसको लतका विषयमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकले प्रविधिको सही प्रयोग र बालबालिकामा यसको प्रभावबारे सन्देश दिएको थियो त्यस्तै, कार्यक्रममा विद्य

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १,३६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ड्युटीमा रहेका प्रहरीलाई ईभीले ठक्कर दियो, दुवै खुट्टा र अनुहारमा चोट

    धरान/ सुनसरीको धरानमा ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी हवल्दार घाइते भएका छन्। बुधबार दिउँसो करिब २ः५० बजे धरान उपमहानगरपालिका–८ डम्पिङ साइटस्थित कोशी राजमार्गमा धरानबाट सेउतीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६०२ नम्बरको ईभी गाडीले सोही दिशातर्फ जाँदै गरेको स ६ प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रबन्ध शाखामा दरबन्दी भई अस्थायी प्रहरी चौकी तिनकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार चन्द्रकुमार श्रेष्ठ घाइते भएका हुन्। खोटाङको बराहपोखरी गाउँपालिका–४ घर भएका श्रेष्ठ ड्युटीमा खटि

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाँदर खेदाउँदै गर्दा भरुवा बन्दुक पड्कियो, काकाका छोरालाई लाग्यो गोलीस घटनास्थलमै मृत्यु

    सुनसरी/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ को जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँसो करिब साढे २ बजे जंगलमा बाँदर खेदाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा उनका काकाका छोरा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले भरुवा बन्दुकसहित भलबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपाध्यक्षले मागिन् ४५ हजार, छोराको क्यूआरमा पठाइयो घुस ! आमा–छोराविरुद्ध अख्तियारको मुद्दा

    धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved