इलाम/ इलामको माङसेबुङ गाउँपालिका स्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लाग पनि सडक निर्माण अलपत्र छ । काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दा गर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक चुँडिएको छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्क विहीन बनेपछि स्थानीयहरू समस्यामा परेका छन् । सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमक देखी माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङसेबुङ गाउँपालि
धरान/ स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति
काठमाण्डौं/ कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत
सुनसरी/ नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्
इलाम/ स्थानीय तहका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै पेन डाउन गरेर आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै प्रस्तावित ऐनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएपछि कार्यलयको सेवा ठप्प भएको हो । इलामका चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएपछि अत्यावश्यक बाहेकका सबै काम ठप्प भएका छन । कर्मचारीहरुले प्रत्येक पालिकामा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रि
धरान/ बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् । मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् । आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्र
झापा/ नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनमा नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेस
विराटनगर/ कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेशको राजनीतिक कसरी अगाडि बढ्छ भन्ने विषय चासोका साथ हेरिएको छ । संविधानको धारा १६८(३) अन्तरत सबै भन्दा ठुलो दलको हैसियतले ३० दिन अघि मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै अव सरकार गठनको प्रक्रिया १६८(५)मा पुगेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले ७ दिन भित्र सरकार गठनको आव्हान गरेका छन् । मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुअघि आफूलाई राजीनामा दिएर पुनः संविधानको धारा १६८(२) अन्तरगत नै सरकार गठनको बाटो खोल्नु सुझाव आएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई राजीनामा गरेर धारा १६
धरान/ धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहा
धरान/ गत सोमबार स्थगित भएको धरान उपमहानगरपालिकाको बुधबार बसेको बैठकमा मेयर हर्कराज राई प्रस्तुती निरकुंश शैलीमा प्रस्तुत भए पछि बैठक स्थगित भएको छ । बैठक सुचारु भइरहदा निष्कासन गरिएको कर्मचारी विषयको एजेण्डामा मेयर राईले निरंकुश शैलीमा निर्णय खारेज नहुने अडान लिए पछि कार्यपालिका बैठक स्थगित भएको हो । उनले आफ्नो निर्णय कुनै हालतमा खारेज नगर्ने अडान लिए पछि विवाद बढेको थियो । उनले केही महिना अघि नगरपालिकामा कार्यरत ५ जना कर्मचारी र धरान स्थित घण्टाघरमा कार्यरत दुई कर्मचारीलाई निष्काशन गरेका थिए । बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले उमेर हदबन्दीका कारण निष्काशनमा परेका ७ जना कर्म