राजनीति

    Showing ८५१-८६० of १,९५८ items.
  • बीपीको आन्दोलनमा कानुनको उल्लंघन निरन्तर आन्दोलनले विरामी मारमा

    धरान/ नेपालको संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । स्वास्थ्य सेवा वन्द गर्नु कानुनको उल्लङ्घन मात्र नभई मानिसको बाँच्न पाउने विश्वव्यापी सिद्धान्तको उल्लङ्घन गर्नु पनि हो । यस्तै भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्तिठानमा पनि । चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनको कारण दैनिक हजारौ विरामी उपचारवाट वन्चित भएका छन् । वृत्ति विकासको माग राखेर आन्दोलित शिक्षक कर्मचारीले पनि स्वास्थ्यजस्तो संवेदनशील संस्थाको आवश्यकदेखि अन्य सेवा बहिष्कार गरेका छन् । प्रतिष्ठानको एकेडेमिकदेखि ओपिडी सेवा सबै ठप्प छ । वृत्तिविकासको माग गर्दे प्रतिष्ठानमा कार्यरत च

    • प्रकाशित मितिः माघ १४, २०८०
    • ४१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानुनहरु विचौलियाले बनाउँछन् : ऋषिकेश पोखरेल

    विराटनगर/  संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले कानुनहरु बिचौलियाले बनाउने गरेको बताएका छन् । विराटनगरमा मानव अधिकार एलायन्स र इन्सेकले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले भन्दा पनि कुनै बिचौलियाको टिमको सेटिङमा मात्र बन्ने गरेको उल्लेख गरे । ‘हामीले लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि अझै कानुन निर्माणको क्रममा लोकतन्त्र आएको छैन, ब्युरोक्रासीको राज छ, उनले भने, कानुन बनाउनु प¥यो या संशोधन गर्नु प¥यो भनेँ बिचौलियाको समूहसँग सेटिङ गरेर कानु बन्छ ।’ कर्मचारी तन्त्र प्रति असन्तुष्ट देखिएका सभापति पोखर

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ४८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापा इनर्जीको बिजुली प्रसारण लाइनमा जोडियो

    झापा/ झापा इनर्जी प्रालिले १० मेगावाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेशकै ठुलो परियोजना हो । झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ । प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दि

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ६८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बैंक र उद्योग सञ्चालक एउटै घरानाको भएसम्म आर्थिक समस्या:कोइराला

    विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताएका छन् । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गरे । बैंकहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । “सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ । सामान्य नागरिक १५–२० लाख कृषि ऋण माग्दै गयो भने बैंकले बस्नुहोस् पनि भन्दैन” कोइरालाले भने

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ३९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डीपीआर बनेको छैन अस्पताल बनाउन प्रदेश सरकारको डेढ करोड अनुदान

    विराटनगर/ कोशी प्रदेश सरकारले डीपीआर नै तयार नभएको इटहरी मोडल अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको छ । आगोले पोलेका बिरामीहरूको उपचार गर्ने गरी प्रदेश सरकारले अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको हो । माघ ३ गते भएको सहमतिअनुसार कोशीका मुख्यमन्त्री केदार कार्कीले आफ्नो ‘इन्ट्रेस’मा कुनै पूर्वाधार नभएको अस्पताललाई अनुदान दिइनेछ । सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट (फेक्ट)ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौं मोडल अस्पतालसमेत सञ्चालन गर्दै आएको छ । कीर्तिपुरमा जस्तै इटहरी

    • प्रकाशित मितिः माघ १०, २०८०
    • ३६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री केदार कार्कीद्वारा सय दिनको उपलब्धि सार्वजनिक

    विराटनगर/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्री भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशमा सर्वसम्मत सभामुख चयन भएको विषयलाई समेत उपलब्धि मानेका छन् । उनले भने, ‘प्रदेशमा राजनीतिक स्थिरताका लागि लामो समयदेखि नेतृत्वबिहिन बनेको प्रदेशसभामा सहमतीय संस्कार अनुसार सभामुख सर्वसम्मत निर्वाचित गरी जनताको आवाज मुखरित गराउन सफल भएका छौँ ।’ विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्रको सञ्चालन, सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ पकलीमा एक सय शय्याको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रस

    • प्रकाशित मितिः माघ ९, २०८०
    • ३२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    इटहरी/ कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् । सांसद चौधरीले बर्जु ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी छन् । नेकपा एमाले बर्जु ४ को भेलामा उनले न्यानो कपडा वितरण गरेकी हुन् । चौधरीले बर्जु र गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा पहल गरिरहेको पनि बताएकी छन

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीआन्दोलन: धरानमै बैठक बस्न प्रधानमन्त्रीको निर्देशन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी पदाधिकारी बैठक धरानमै बस्न दबाबमुलक आन्दोलन चर्किदै गए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समितीको बैठक तत्काल धरानमै बस्न प्रतिष्ठानका निमित्त उपकुलपतिलाई निर्देशन दिएका छन् । निमित्त उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले गत शनिबार काठमाण्डौंको सम्पर्क कार्यालयमै कास बैठक बोलाएका थिए । तर प्रतिष्ठानका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको संगठनले धरानमै कास बैठक बस्न दबाब दिदै रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दी गरेर काठमाण्डौं जान दिएका छैनन् । उनीहरुले वीपीको समस्या समाधान गर्न धरानमै कास

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ६०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन

    विराटनगर/ कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् । प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । उक

    • प्रकाशित मितिः माघ ७, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : बैठक बस्न सकेन रजिष्टार्ड र रेक्टरलाई आवसगृहमै घेराबन्दी

    धरान/ बढुवा र सेवासुविधा लगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दीमा गरे पछि शनिबार बस्ने भनिएको कार्यसमिती बैठक बस्न सकेन । शनिबार कास बैठक काठमाण्डौंमा बस्ने भने पछि आन्दोलनकारीहरुले शुक्रबार देखिनै रजिष्टार्ड प्रा. डा. सुर्य प्रसाद संग्रौला र रेक्टर प्रा.डा. संजीव कुमार शर्माको आवासगृहमै घेराबन्दी गरेका थिए । शनिबार पनि बिहानै देखि आन्दोलनरत पक्षले बिहानै देखि दुवैको आवासगृहमा घेराबन्दी गरे पछि रजिष्टार्ड र रेक्टर काठमाण्डौं जान नपाए पछि कास बैठक बस्न नसकेको ह

    • प्रकाशित मितिः माघ ७, २०८०
    • ५२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved