कानुनहरु विचौलियाले बनाउँछन् : ऋषिकेश पोखरेल

  • माघ १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले कानुनहरु बिचौलियाले बनाउने गरेको बताएका छन् ।

विराटनगरमा मानव अधिकार एलायन्स र इन्सेकले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले भन्दा पनि कुनै बिचौलियाको टिमको सेटिङमा मात्र बन्ने गरेको उल्लेख गरे ।

‘हामीले लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि अझै कानुन निर्माणको क्रममा लोकतन्त्र आएको छैन, ब्युरोक्रासीको राज छ, उनले भने, कानुन बनाउनु प¥यो या संशोधन गर्नु प¥यो भनेँ बिचौलियाको समूहसँग सेटिङ गरेर कानु बन्छ ।’

कर्मचारी तन्त्र प्रति असन्तुष्ट देखिएका सभापति पोखरेलले तिनै बिचौैलियासँग मिलेर गैर जिम्मेवार तथा गैर उत्तरदायी शासकले अठ्यारोलाई सजिलो बनाइदिने गरी काम गरिदिने गरेको समेत खुलासा गरे । ‘तपाईँ माननीयज्युहरू तपाईँहरू सांसदको ट्याग लगाएर बस्नु भएको छ,

मैले कानुन बनाएँ भन्ने लाग्दो हो, सभापति पोखरेलले प्रदेश सांसदहरू लक्षित गर्दै भने, त्यहाँ आउने कानुन कसरी आउँछन् र सभा भित्र तपाईँ हामीले बनाएका हुन् की हैनन् एक पटक सोच्नुस् त, हामीलाई बाध्यताले मात्र हुन्छ भन्नुपर्छ ।’

पोखरेलले जनताले अझै कानुन बनाउन नपाएको गुनासो गरे ।

‘लोेकतन्त्रको विधायकहरू भनेर हामीलाई निर्वाचित गरेर पठाइएको छ, उनले भनेर तर जनताले कानुन बनाउन पाएका छैनन् ।’

पोखरेलले शिक्षा र निजामती सेवा ऐन आफ्नो कार्यकालमा आउने नआउनेमा आफैँ दुबिधामा रहेको बताए ।

आफूले त्यो बारेमा चासो राख्दा कानुनको डूाफ्ट गर्ने मान्छे नै फेला पार्न नसकेको उल्लेख गरे । निजामती सेवा ऐन र शिक्षा ऐनमा समेत बिचौलियाहरू हाबी हुँदा आउन तत्काल आउन सक्ने अवस्था नदेखिएको खुलासा गरे ।

साँढे १७ खर्बको बजेटमा अहिले बेरुजु ९ खर्ब रहेको उनले बताए ।

बेरुजु फर्छ्यौट गर्ने बारेमा मन्त्रालयलाई पत्र लेखे पनि सचिवहरूले बेवास्ता गर्ने गरेको उनको आरोप छ ।

‘बेरुजु फछ्र्यौैटको लागि पटक पटक पत्र लेख्दा पनि सचिवहरू वैशाख कटेपछि सरुवा मागेर अर्कोमा गई हाल्ने प्रवृत्ति छ,

उनले भने, बसिरहेको मन्त्रालयमा लिने जति, खाने जति, खरिद गर्ने जति र ठेक्का लगाउने जति सबै सकेपछि अडिट आउँदा आफू बस्नु पर्छ भनेर सरुवा हुने गरेको देखिन्छ ।’

सचिवहरूलाई राजनीतिक आग्रह पूर्वाग्रहले भन्दा पनि आफैँ सरुवाको लागि नेताहरूको घर धाउने काम सचिवहरूबाट नै हुने गरेको उनले खुलासा गरे ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved