राजनीति

    Showing 751-760 of 1,922 items.
  • सप्तकोशी क्याम्पसलाई दियो वराहक्षेत्र नगरपालिकाले कलेज बस 

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा रहेको एक मात्र बहुमुखी क्याम्पस   सप्तकोशी बहुमुखी क्याम्पसलाई नगरपालिकाले कलेज बस उपलब्ध गराएको छ । नगरपालिकाको आ.व. २०८०/०८१ को वार्षिक बजेटमा क्याम्पसलाई बस उपलब्ध गएको हो । उक्त बसको चाबि सोमवार बिहान नगर प्रमुख रमेश कार्कीले क्याम्पस सञ्चालन समितिकि अध्यक्ष शुशिला खनाल पौडेललाइ हस्तान्तरण गरेका थिए ।  बस हस्तान्तरण कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख शुशिल कोईरला , क्याक्पस सञ्चालन समितिका पदाधिकारी , सल्लाहकार,  सदस्यहरु , प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्तिथि

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको मिसन ८४ अर्जुनदृष्टि : शेरधन राई

    धरान /समृद्धि नेपाल, सुखी नेपाली अभियानलाई तिब्रगतिमा अघि बढाएको नेकपा एमालेले वर्तमान सत्तामा ध्यान नदिएको पुर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रिय सदस्य शेरधन राईले बताएका छन् ।  आइतबार एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको इफ्तार कार्यक्रममा रमाजानको शुभकामना दिदै अहिलेको सरकारमा ध्यान नदिई आउँदो २०८४ एकल नेतृत्व हासिल गर्न मिसनमा रहेको बताए । उनले भने, अहिलेको हाम्रो अर्जुनदृष्टि ८४ हो, त्यसैले अहिले सरकारमा ध्यान छैन्, ८४ पछिको नेतृत्वमा रहेको छ ।’ उनले आउँदो ८४ को निर्वाचनबाट बहुमत हासिल गरि देशमा रहेको राजनितिक

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् । बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारी

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको कार्यपालिका बैठक स्थगित

    धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए ।  विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए । तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए । 

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राश्ट्रिय विभुति महागुरु फल्गुनन्दको समाधि स्थल अतिक्रमणको बिरोध

    पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक भएको उनका अनुयायीहरुको एक समुहले जनाएको छ । किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना सह्य नहुने पनि सरोकारवालाहरुको चेतावनी छ । संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समुहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ । समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुन विपरित भएकोले त्यसलाई

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा

    विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गरेका हुन् । कोशी प्रदेशमा उत्पादन भएका कृषिउपजको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ता बिचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकाले कोशी प्रदेशमा पहिलो पटक सुरुवात् गरिएको मन्त्रालयले जनाएको छ । उत्पादित उपजको बजारमूल्य बारेमा जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्नेछ । फ

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल

    विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् । उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए । आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ ।’ नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग

    खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवद्र्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ । भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताईन । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यावसायिक ब

    • प्रकाशित मितिः चैत ११, २०८०
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली सेनाका पूर्व मेजरसहित एमालेमा प्रवेश

    धरान/ सुनसरीको धरानमा नेपाली सेनाका निवृत मेजर सहित ३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।  शुक्रबार पार्टी वडा नम्बर १३ को नवौँ बैठकका अवसरमा सेनाका निवृत मेजर बलराम राई प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा समाजसेवी रम्भादेवी रावल र पूर्व मेडिकल जमदार उदयकुमार श्रेष्ठ रहेका छन् । नव प्रवेशीहरुलाई एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, एमाले धरान नगर कमिटी अध्यक्ष अध्यक्ष हर्कजङ्ग एभेङले स्वागत गरेका थिए । एमाले १३ नम्बर वडा कमिटीका अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा भएको बैठक सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः चैत ११, २०८०
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशीको चौथो अधिवेशन सम्पन्न

    झापा/ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ ।  झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जितेन लोहार(धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ । सहसचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर)

    • प्रकाशित मितिः चैत ९, २०८०
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved