राजनीति

    Showing 611-620 of 1,921 items.
  • सप्तकोशी उच्चबाँधको नाम फेर्ने तयारी

    विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सञ्चारकर्मी धमला आक्रमण प्रकरण: मेयरका श्रमदान अभियन्ता समीर पक्राउ

    धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ । सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो । पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए । सोही अ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमुख्यमन्त्री कार्कीद्धारा सचिवलाई टेलिफोन गरी कुट्ने धम्की

    विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ    जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा महालेखाको निर्देशन जनप्रतिनिधी र कर्मचारी मान्दैनन्

    इटहरी/ स्थानीय सरकारको सत्तामा पुगेका जनप्रतिनिध र प्रशासनिक कार्य सञ्चालन गरिरहेका कर्मचारीहरुलाई थाहा हुँदा हुँदै सबै कानुन, नियम र पद्धतीलाई मिचेर मनपरी निर्णय गर्ने चलन पछिल्लो समय स्थानीय सरकारमा बढ्दै गएको पाइएको छ । कोशी प्रदेशको सुनसरीमा रहेको इटहरी सरकार अर्थात इटहरी उपमहानगरपालिका पनि त्यस्तै अभिगत पाइएको छ । इटहरी सरकार चलाउने कर्मचारीहरु पनि नबुझे झै गरेर बसिरहेका छन् । बरु उल्टै भागबण्डामा रमाएर बसुन्जेल मोटो रकम कुम्ल्याउँदै आईरहेका छन् । महालेखापरिक्षकको कार्यालयले गत जेष्ठ १३ गते इटहरी सरकारका प्रमुख(मेयर) हेमकर्ण पौडेललाई सम्बोधन गरि बुझाएको आर्थिक बर्ष २०७९/२०८० को अन्

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नयाँ वजेट बल्ल आयो, मेयर र उप मेयर कोषमा कति बजेट ?

    धरान/ लामो विवादपछि धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट बल्ल विनियोजन गरेको छ । आइतबार साँझ १५ औं नगर सभा मार्फत २०८१/०८२ को लागी १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २ सय ८० को बजेट विनियोजन गरेको हो । सभामा उपमेयर अईन्द्र विक्रम बेघाले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुल बजेटमा ४२ करोड ९७ लाख ६ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । आर्थिक वर्षका ०८१/८२ लागि आन्तरिक राजश्व बाट ४८ करोड ४१ लाख ३४ हजार २८०, सङ्घीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान ६ करोड ४० लाख ६४ हजार सघीय राजश्व बाँडफाँडबाट २१ करोड ३४ लाख प्रदेश राजश्व बाँडफाँडबाट २४ क

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको १५ औं नगरसभा आज हुने

    धरान/ दुई–दुई पटकसम्म आयोजना हुन नसकेको धरान उपमहानगरको नगरसभा आइतबार हुने भएको छ। असार १० भित्र आयोजना भइसक्नु पर्ने नगरसभा विवादका कारण झण्डै महिना दिन पछाडि धकेलिएको हो। मेयर हर्क साम्पाङ एकातिर अरु सबै जनप्रतिनिधि अर्कातिर हुने अवस्थाले धरान साउन १ देखि बजेटविहीन अवस्थामा छ। नगरसभा हुन नसक्दा बजेट र नीति कार्यक्रम आउन सकेको थिएन। ‘करार कर्मचारीहरुको विषयमा रहेको विवादमा सहमति भयो’, धरानका प्रवक्ता सूर्यबहादुर भट्टराईले भने ‘आज ९आइतबार० तीन बजे नगरसभा बस्दैछ।’ करारमा रहेका कर्मचारीहरुलाई हटाउने गरी मेयर साम्पाङले कार्यपालिकामा प्रस्ताव ल्याएको भन्दै अ

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी कर्मचारीले ओभर टाइमको भत्ता नपाउने

    काठमाडौं/  अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८/८२ को लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ । सम्बन्धित सरकारी निकाय र मातहत निकायलाई बजेटको कार्यान्वयनको लागि उक्त मार्गदर्शन अर्थ मन्त्रालले सार्वजनिक गरेको हो । सरकारी कर्मचारीले अतिरिक्त समय काम गरेको (ओभर टाइम)भत्ता लिन नपाउने व्यवस्था गरिएको हो । बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनले प्रोत्साहन र अतिरिक्त सयम काम गरेको भत्ता नपाइने व्यवस्था गरेको छ । बजेट कार्यान्यन सम्बन्धी मार्गदर्शनमा ‘आर्थिक वर्ष २०८१/८२ मा प्रोत्साहन भत्ता, अतिरित्त, समय लगायतका भत्तामा खर्च लेख्नु हुने छैन’ भन्ने व्यवस्

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीका मुख्यमन्त्रीले चाहेसम्म सहकार्य गर्न प्रचण्डको सुझाव

    विराटनगर/ निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच भेटवार्ता भएको छ । काठमाडौँस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको नेता आङ्बोले जानकारी दिए । सो क्रममा आफूले कोशी प्रदेशको राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेको र अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे आफूलाई प्रस्ट पारेको आङ्बोले जानकारी दिए । ‘मैले समग्र प्रदेशको रिपोर्टिङ गरें,’ उनले भने, ‘अध्यक्षज्यूले सरकार ढल्ने कारण बताउनुभयो ।’ भेटमा प्रचण्डले दलाल पुँजी

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयको अनुगमन

    विराटनगर/  सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ । मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गरेको हो । टोलीले बुधबारदेखि अनुगमन सुरु गरेको छ । बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो । समितिले टोलीलाई समग्र सामुदायिक विद्या

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संचारकर्मी धमलालाई हमला गर्नेलाई सार्वजनिक गरियो

    धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले सन्चारकर्मी धमलालाई आक्रमण गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरीले इनरुवामा नै धमलालाई आक्रमण गर्नेहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुशार धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीय प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई,  धरान–१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघालाई सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार संवन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको जिल्ला प्रहर

    • प्रकाशित मितिः साउन ४, २०८१
    • 1,321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved