विराटनगर/ लगातार दुई दिन सम्मको वार्तामा सहमति नभएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनको घोषणा अनुसार भोलीदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर
विराटनगर/ नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिव कुमार मण्डलका दाजु/भाईले स्थानीय एक जनालाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएका छन् । आइतबार सुनवर्षी–६ स्थित कैमीमा माओवादी केन्द्रका नेता मण्डलका दाजु राजकुमार, भाई रामेश्वर र उनका भतिजहरु मिलेर स्थानीय अजय मण्डललाई कुटपिट गरेका हुन् । उनीहरुले ‘आमाचकारी’ गाली गर्दै लेखेटी–लखेटी कुटपिट गरेको अजयले बताएका छन् । भिडियो : उनले आफुले पाउने रकम माग्दा उल्टै पूर्वमन्त्री मण्डलका दाजु÷भाईले कुटपिट गर्ने र आगो लगाएर ज्यान मार्ने धम्की दिएको बताए । उनले लामो समयदेखि आफ्नो करिब तीन लाख र
धरान । धरानमा पानी पर्याप्त छैन तर, जति उपलब्धता छ, त्यसमा नेकपा (एमाले) नेतृत्वको पूर्ववर्ति स्थानीय सरकारको योगदान रहेको कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले बताएका छन् । नेकपा (एमाले) धरान ८ अरुणटोल कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै धरान उपमहानगरमा एमाले नेतृत्वको सरकार रहेकै समयमा खानेपानी अभाव पुर्तिका लागि स्रोतहरुको पहिचान र पूर्वाधार निर्माणको काम सुरुवात गरिसकिएकाले त्यही स्रोतबाट उपलब्ध पानीले हाल धरानको खानेपानी थेगिरहेको सांसद बस्नेतले बताए । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले पानी वितरण गर्ने समयमा एमाले स्थानीय सरकारबाट बाहिरिनु परेको र त्यसैको जगमा हालका जनप्
धरान । श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश आज पत्रकारहरुले देशैभर मनाउँदैछन् । सुनसरीको धरानमा पनि दिवस मनाइएको छ । दिवसलाई पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरे भने रचनात्मकताको लागि फुटसल प्रतियो्गिताको आयोजना गरियो । धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चौतारीलाई ७,५ गोल अन्तरले पराजित गर्दै महासघ बिजतां भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रम
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारीहरूले पनि सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । सरकारले आइतबार गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेपछि आन्दोलनकारीका तर्फबाट ‘मुक्कुमलुङ संरक्षक संस्थाका तर्फबाट वार्ता समिति गठन गरेको विज्ञप्ति मार्फत् जानकारी दिइएको छ ।अमर तुम्याहाङको संयोजकत्वमा गठित वार्ता टोलीमा राम मादेन, सरु सिंघक र शंकर सुब्बा सदस्य छन् । पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर विवाद र आन्दोलन चर्किएको छ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माणको काम अघि बढेप
धरान । धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि तीन दिवसीय राष्ट्रिय प्राविधिक महोत्सव DELTA ५.० आयोजना शुरु भएको छ ।त्भTechnology for Agriculture & Innovation विषयवस्तुमा आधारित यो महोत्सव माघ १८, १९, र २० गतेसम्म सञ्चालन हुनेछ।महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख प्रतिस्पर्धा तथा प्रदर्शनीहरू माघ १९ र २० गते हुनेछन्।कार्यक्रममा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्
धरान । ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवादले शनिबारदेखि ताप्लेजुङ अनिश्चितकालिन बन्दका कारण जनजीवन कष्टकर भएपछि यातायात व्यवसायीले बन्द खुलाउन माग गरेपनि यातायात बन्दको दायर आन्दोलनकारीले बढाएका छन् । शनिबारदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि कोशी प्रदेशकै जनजीवन कष्टकर बन्दै गएपछि यातायात व्यवसायी शुक्रबार विज्ञप्ती निकालेर बन्द खुलाउन माग गरेपनि पुनः आफ्ना मागहरु सरकारले सुनुवाई नगरेको भन्दै उक्त आन्दोलनको दायर आन्दोलनकारीले झनै बढाएका छन् । पहाडी क्षेत्रको मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू ठप्
धरान/ श्रमजीव पत्रकारको साझा संगठन प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशन इटहरीमा विहीबार सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको छ । उक्त नयाँ कार्य समितीमा १९ सदस्यीय रहेका छन भने. उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरिएको छ । यसैगरि सचिव सुदिप पोख्रेल,सहसचिव: लक्षमण कट्वाल,सहसचिव: सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन भए । सदस्यहरु जीवन विष्ट,सचिन राई, मित्र क्षेत्री,निर्मला पौडेल ,विकी श्रेष्ठ,मौसमी कार्की ,सनम तामाङ,राजन घिमिरे,आदे
इटहरी/ ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवाद चर्किंदै गएको छ । माघ १२ गते विरोध गर्नेहरु र प्रहरीबीच झडप भई आन्दोलनकारीहरु घाइते भए भने उक्त घट्नाको विरोधमा माघ १५ गतेदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि जनजीवन कष्टकर बन्दै गएको छ । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ भने उपचार खर्च सरकारले व्यहोर्ने पनि भनेको छ । तर यसरी सरकारले दमन गरेपछि यातायात नै बन्द गरेर केबलकारको विरोध गर्नेहरुले गरेको बन्दका कारण मेची राजमार्ग र ताप्लेजुङ, पाँचथ
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घट्नामा संलग्बनहरुलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।महासंघकी अध्यक्ष निर्मता शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटी यस्तो माग गरेको हो ।पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दुष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको