विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्। “तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।” गोष्ठीमा कोशी
विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन्धनमा खटपट नभएको भन्दै एमाले र काग्रेसवीच गर्भनर नियुक्तिमा कनै समस्या नभएको बताएका छन् । विराटनगरमा सुरक्षा वैठकमा सहभागि हुन आएका गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ ।’लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन गठन भएको बताए । उनले भने, ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा जगाइरहेको छ । उनले राजावादी गतिविधिबारे कडा चेतावनी दिए ।‘ उनले संविधान र वर्तमान व्यवस्था विरुद्धका
धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ नम्बर प्रदेशको नामाकरणको विषयमा असन्तुष्टि ब्यक्त गरेका छन् । धरानमा आइतबार आयोजित किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहेका अध्यक्ष प्रचण्डले उक्त असन्तुष्टि ब्यक्त गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै भने ‘माओवादी केन्द्र प्रदेश नम्बर १ को नामकरण गर्दा कोचलाई समेत सम्बोधन गर्दे किरात, लिम्बुवान र कोचको संयुक्त पहिचान झल्किने गरी नाम राख्न जरुरी छ ।’ उनले पहिचानको आन्दोलन गरिरहेकाहरु माओवादी पार्ट
झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिका–५ का पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गर्न आदेश दिएको छ। उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशद्वय किरणकुमार पोखरेल र रेखा थापा पाण्डेले शिवाकोटीलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। शिवाकोटीमाथि आफैँले पालनपोषण गरेर पढाइरहेका धर्मछोरीमाथि तीन वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको आरोप लागेको हो। पीडितका हजुरआमाले दिएको जाहेरीका आधारमा झापा जिल्ला अदालतले २०८१ पुस २२ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर, शिवाकोटी काराग
मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौतम वुद्ध जन्मिएको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा उक्त सम्बन्ध स्थापित भएको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले बताए । उनले भने,हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगरप्रमुखले एक–अर्कालाई हस्तान्तरण भएको छ,का
काठमाडौं/ नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ ले बुधबार साँझ राजधानीको सिटी सेन्टरस्थित सिनेमा हलमा भव्य प्रिमियर सम्पन्न गरेको छ। कार्यक्रममा राजनीतिक व्यक्तित्वदेखि कलाकारसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनले पछिल्लो समय नेपाली चलचित्रहरू हेर्नलायक बन्दै गएका उल्लेख गर्दै ‘ऊनको स्वीटर’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै “चलच
वराहक्षेत्र/ बृहत्तर वराहक्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गरेका छन्। चतरास्थित समितिको कार्यालयमा आयोजित समारोहमा अध्यक्षसहितका पदाधिकारीहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। समितिको स्थापना २०६६ सालमा नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा गरिएको हो। हाल यो समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यरत छ। समितिको उद्देश्य सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाको साँगुरीगढी र सहिदभूमि गाउँपालिकाभित्र रहेका धार्मिक क्षेत्रको संर
विराटनगर/ कोशी प्रदेश सरकारले आउँदो जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले नागरिकको सहभागितासहित विविध कार्यक्रमसहित तीन दिनसम्म गणतन्त्र दिवस मनाउने तयारी गरेको हो। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिबारे जनचेतना अभिवृद्धि गर्न अन्तरक्रिया तथा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभयो। उहाँकै अध्यक्षतामा मुख्य समारोह समिति गठन गरिएको छ। कार्यक्रमअनुसार, जेठ १४ गते प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखको नेतृत्
धरान/धरान उपमहानगरपालिका वडा नं. १७ मा निर्माणाधीन सार्वजनिक शौचालयका लागि हङकङस्थित धरान १७ समाजको महत्वपूर्ण सहयोग रहेको जनाउँदै समाजका अध्यक्ष मधुकुमार चाम्लिङलाई आइतवार विशेष समारोहबीच सम्मान गरिएको छ। वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चाम्लिङलाई खदा ओढाइ मायाको चिनोस्वरूप खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। केही दिनअगाडि बिदामा नेपाल आएका अध्यक्ष चाम्लिङलाई विदेशमा रहेर पनि वडाको विकासमा सक्रिय योगदान पुर्याएको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए। अध्यक्ष चाम्लिङले हङकङमा रहँदै वडामा निर्माण भइरहेको सार्वजनिक शौचालयका लागि सहयोग संकलन अभि
काठमाडौं/नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न पटक–पटक आह्वान गरे पनि मेटाजस्ता ठूला प्लेटफर्महरूले अझै दर्ता गरेका छैनन्। अन्तिमपटक २०८१ चैत ७ मा ३० दिनको समयसीमा तोकिएको थियो। त्यो अवधिमा कुनै ठूला सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मौखिक रूपमा थप साताको समय दिए। तर त्यो समयसीमामा पनि दर्ता भएन। दर्ता नगरी सामाजिक सञ्जालले सरकारका आह्वानलाई बेवास्ता गरेपछि अब के गर्ने भन्नेमा सरकार अन्योलमा परेको छ। सञ्चारमन्त्री गुरुङले दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए। तर, मेटासहित कुनै पनि प्लेटफर्मले दर्ताका लागि चासो नदेखाएपछि सर