काठमाडौं/ समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज साझा टेबलमा बस्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलले जानकारी दिएका छन् ।
बैठकमा हाल प्रतिनिधिसभामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोध, समसामयिक राजनीतिक गतिविधि र अन्य जटिल विषयहरूबारे छलफल हुने बताइएको छ ।
संसद् अवरुद्ध भइरहँदा मुलुकको राजनीतिक स्थायित्व र संसद्को मर्यादा जोगाउने प्रयासस्वरूप शीर्ष नेताहरूबीच आजको छलफल महत्वपूर्ण मानिएको छ ।