वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद् व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ। नगरप
पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्दै संगठनको भूमिकाबारे धारणा राखेका थिए। ११ दिनसम्म चल्ने महाधिवेशनबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ। एमालेको संशोधित नीतिअनुसार यसपटक युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ, जसमा ९ पदाधिकारी रहनेछन्। अध्यक्ष क्षितिज थेवे पुनः नेतृत्व सम्हाल्ने इच्छामा छन् भने महासचिव सुमन पुरीसहित उपाध्यक्ष कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले समेत अध्यक्ष पदमा आँखा लगाएका छन्। महासचिव पदका आकांक्ष
बनियानी/ झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र १ जोड्ने भुतेनी खोलामा निर्माण सम्पन्न गरिएको पक्की पुलको आज औपचारिक उद्घाटन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले उद्घाटन समारोहमा बोल्दै जनप्रतिनिधिमा सपना, योजना र इमान्दारी भए विकासमा कुनै पनि अवरोध आउन नदिने बताए। “हल्दिबारीले यहाँको सर्वाङ्गीण विकासमा जुन फड्को मारेको छ, म त्यसका लागि सबैलाई बधाइ दिन्छु,” सांसद लिङ्देनले भने। हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार हालसम्म गाउँपालिकाभित्र एक सय ५० काठेपुल विस्थापित गर्दै पक्की पुल तथा कल्भर्ट निर्माण गरिएका
काठमाडौं/ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान भेट गरेका छन्। गभर्नर नियुक्तिपछि पहिलो पटक अर्थ मन्त्रालय पुगेका डा। पौडेलले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर डा। पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै वर्तमान आर्थिक तथा मौद्रिक चुनौती समाधानमा डा. पौडेलले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट सरकारको वि
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाभन्दा बढी समयदेखि उपकुलपति नियुक्त नहुँदा संस्थाको सञ्चालन अस्थायीत्वको अवस्थामा पुगेको छ। राजनीतिक भागबन्डा मिलाउन नसक्दा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेको हो। गत चैत २७ गतेदेखि उपकुलपति पद रिक्त भएपछि प्रतिष्ठानको नेतृत्व कार्यवाहक रूपमा डा. सञ्जीव शर्माले सम्हालिरहेका छन्। तर निमित्त नेतृत्वले दीर्घकालीन योजना, बजेट निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र गुणस्तरीय सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्ने गुनासो कर्मचारी र सरोकारवालाबाट उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका च
विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल
काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर सरकारी अनुदान रकम हिनामिना गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सर्लाहीको बागमती नगरपालिकामा सागरनाथ वन विकास परियोजनाअन्तर्गत माछा नभएको स्थानमा पोखरी निर्माण भएको देखाएर पटक–पटक अनुदान रकम निकासा गरिएको र करोडौं रुपैयाँको दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको हो। प्रतिवादीमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन मेयर भरत कुमार थापा, प्रमुख प्रशासकीय अधिकृत वि
काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा दुबै नेताको निधन भएको थियो। स्मृति दिवसका अवसरमा एमालेले देशभरका सबै तहका कमिटीहरूलाई श्रद्धाञ्जलि सभा, विचार गोष्ठी, रक्तदान, वृक्षरोपण, सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। पार्टीको केन्द्रीय कार्यालय बल्खुमा आज विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ, जहाँ अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ। प्रवासी नेप
धरान/ प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न
काठमाडौं/ प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्। “कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईद