धरान । मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपतीबाट संसद विघटन गर्दै निर्वाचन घोषणा गरिए पछि विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट बुझाएका छन् । सोमवार गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जसपा उपेन्द्र यादव समुह सहित एमाले माधव समुह रहेका छन् । उनीहरु निकट सांसदहरुको हस्ताक्षर सहित विपक्षी गठबन्धनका नेताहरू आफैं अदालत पुगेर रिट दायर गरेका हुन् । रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको छ । रिट बुझाउन सबै पार्टीका नेताहरुको उपस्थिती रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल,
विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटन विरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ
पूर्वमन्त्री एवं समाजसेवी राधाप्रसाद घिमिरेको शनिबार राती कोरोना संक्रमणबाट निधन भएको छ ।९१ वर्षीय घिमिरेकोे विराटनगरस्थित नोबेल मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो ।विराटनगर–२ निवासी स्वर्गीय घिमिरे २०३० सालको नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा शिक्षा एवं सञ्चार राज्यमन्त्री भएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुन् भने २४ वर्षको उमेरमै उनी नेपाल कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्य भएका थिए । स्वर्गिय घिमिरे नेपालमा कम्युनिष्ट पार्टिको पार्टि कार्यालय खोल्ने पहिलो ब्यक्तिपनि हुन् । उनी पुष्पलाल रायमाझि ,भारतमोहन अधिकारी,मनमोहन अधिकारीका सहयोद्धा
काठमाडौँ । सरकार गठनका लागि परेका दुबै दावीमा खारेज भएपछि मध्यरातमा बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा विघठन गरि मध्याबधि निर्बाचन घोषणा गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी कार्तिक २६ र मंसिर ३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।अब मन्त्रिपरिषदले सिफारीस गरेपछि राष्ट्रपतीले यसको घोषणा गर्ने छिन् । यसअघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनस
धरान । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा सुनसरी क्षेत्र नम्बर १ का संसद जय कुमार राईले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । एमालेमा माधव नेपाल पक्ष मानिएका संसद राईले सामाजिक सञ्जाल मार्फत नयाँ सरकार गठनको प्रक्रियामा कुनै हस्ताक्षर नगरिएको जानकारी गराएका छन् । विहिबार राष्ट्रपती श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे सम्मका लागि नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिईन् । सरकार गठनका लागि नेपाल पक्ष सहित माओवादी र काँग्रेसको सहमतीय सरकारका लागि १ सय ४९ सदस्यको हस्ताक्षर बुझाइएको छ । यसै बिच संसद राईले नयाँ सरकार गठन गर्न भनि हस्ताक्षर नगरेको पार्टीका सबै नेता तथ
धरान । बागमती प्रदेशबाट रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि खिमलाल देवकोटा निर्वाचित भएका छन् । देवकोटाले ५०८८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका राम बहादुर थापा बादलले ४०१४ मत ल्याएर पराजित भएका छन् । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ । उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख
धरान । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्री बाट राजिनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री गुरुङले आइतबार राजिनामा दिएका हुन् । संससदमा दर्ता रहेको अविश्वासको प्रस्तावमा सोमबार मतदान हुदैँछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुल
विराटनगर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने, “नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो, त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जनतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्ने बताए । राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भ
विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ ।यसअघि चैत २८ गते समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । समूहले दुवै कमिटि गठन गरेको दुई हप्ता पछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो । जिल्ला समितिले भने विराटनगरस्थित पाञ्चालीमा रहेकै कार्यालयलाई जिल्ला कार्यालयको रुपमा मानिएको समूहका एक नेताले बताएका छन् । केन्द्रदेखि तल्लो तहसम्मै समानान्तर गतिविधिमा केन्द्रीत भएको नेपाल–खनाल पक्ष
विराटनगर/ एक नम्बर प्रदेश सभाका विपक्षी दलले सरकार संसद छलेर स्वेच्छाचारी बन्न उद्दत रहेको आरोप लगाएका छन । प्रतिपक्षको विरोधका बीच प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आइतबारबाट अन्त्य भएपछि विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका नेताले सरकारको आलोचना गरेका हुन । प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री तथा नेकपा माओवादीका सांसद इन्द्र आङ्बोले संसदका एउटा पनि बैठकमा उपस्थित नभएर मुख्यमन्त्री अन्तिमको बैठकमा आउनु स्वेच्छाचारिता भएको टिप्पणी गरे । उनले भने, “विपक्षीको माग सुनुवाई गर्नुको साटो सरकारबाट संसद छल्ने काम भएको छ ।” आङ्बोले प्रदेश सर