राजनीति

    Showing 1,571-1,580 of 1,922 items.
  • धरानमा कांग्रेसको सक्रियता बढ्यो

    धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए । मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का सहीद रत्नमार्ग, बम्जन टोल र बरपीपल चौकमा संगठन बिस्तार गरेको हो । कांग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ । कांग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरप

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,172 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाह्र मन्त्रालय बनाउने प्रदेश सरकारको निर्णय प्रति एमालेको आपत्ति

    धरान । प्रदेश एक सरकारले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्न लागेको भन्दै एमालेले विरोध जनाएको छ । एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालय फुटाएर आर्थिक व्ययभार बढाउने कुकृत्यको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । घाटा बजेटमा चलेको प्रदेश सरकारले ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णयको औचित्य पुष्टि गर्नुपर्ने एमालेको माग छ । जनताको चाहना र प्रदेशको आवश्यकता विपरीत प्रदेश सरकारले संघीयता विरोधी गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट पारित महत्वपूर्ण योजनाहरू खारेज गरिएको र सयौँ आयोजनाहरूमा विनियोजित रकम कटौती गरेर मन्त्राल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 997 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको निर्णयले वीपीमा थप संकट

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती सुधारका लागि सरकारले पठाएको पदाधिकारीका कारण प्रतिष्ठान थप अन्यौलग्रस्त र अस्तव्यस्त बन्ने निश्चित भएको छ । अवैधानिक ढंगले पदाधिकारी पठाए पछि समस्या समाधानमा थप संकट बढेको छ । कानुनी प्रक्रिया पुरा नगरी गठबन्धन सरकारले जबरजस्ती वर्तमान पदाधिकारीहरु हटाउने खेलमा लागेको छ । सरकारले प्रतिष्ठानका पदाधिकारी हटाउन सिनेट वा अख्तियारको सहयोग लिएर कानुनी र वैधानिक बाटो रोज्नुको सट्टा स्वास्थ्य मन्त्रालयका कर्मचारी डा श्यामसुन्दर यादवलाई पठाएपछि समस्या झन् बल्झिएको हो । धराशायी भएको प्रतिष्ठानलाई थप धराशायी बनाउने खेलमा सरकार लागेको प्रतिष

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकारद्वारा धनकुटाको बजेट कटौती’

    धनकुटा/ गठबन्धन सरकारले धनकुटाको बिकास बजेट कटौती गरेको भन्दै संघीय सांसद राजेन्द्र कुमार राईले स्थानीयवासी सचेत रहन आग्रह गरेका छन् । गठबन्धन सरकारको कदम संबिधान र कानून बिपरित भएकोले यसका बिरुद्ध आवाज उठाउन राईले धनकुटावासीलाई आग्रह गरेका छन् । राईले छथर जोरपाटी गाउँपालिकाका नागरिकहरुलाई जस्तापाता बितरण कार्यक्रममा वर्तमान गठबन्धनले धनकुटेली जनतालाई गरेको अन्याय प्रति सबैले आवाज उठाउनु पर्ने बताए । उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकारले धनकुटाको बिकासका लागि बिनीयोजन गरेको १० अर्ब मध्ये ७ अर्ब रकम कटौती गरेको छ, रातो किताबमा परिसकेको उक्त योजनाहरु कटौती गरेर वर्तमान देउबा

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसदलाई बन्धक बनाउन पाइदैन महामन्त्री :शर्मा

    इलाम/ राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । इलाम सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद चल्न दिन्न भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ, यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिन्दैन ।’ एमालेले आफ्नो पार्टीले निष्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको बताए । शर्माले कुनै अथोरेटीले गरेको निर्णयमा असहमति राख्न पाइने भएपनि त्यसलाई मान्नुपर्ने बताए । एमाले अध्यक्ष ओली अनुभवी राजनीतिज्ञ भएकाले उन

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 958 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • “धरान डे धरानको कि कांग्रेसको मात्र हो ?”

    आज बिजयपुरको ईतिहास लाई छोडेर धरान शहर स्थापना भएको प्रसङ्ग लाई जोडेर ुधरान डेु मनाउने स्थानिय सरकारले निर्णय गरेको छ। यो खुसिको कुरा हो धरानवासीहरुका लागि । सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा हुने भएको हुँदा यसले धरानको महत्व बढाएको महसुस गर्न सकिन्छ। हामी धराने जनताले तिरेको कर बाट भुक्तानी हुने गरि सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउदै हुनुहुन्छ। उहाको स्वागतमा हामी सबै आतुर छौ तर बिडम्बना धरान शहर यति खेर नेपाली झण्डा र धरानको लोगो अङ्कित झण्डाले झकिझकाउ हुन पर्ने थियो तर आज नेपाली काङ्ग्रेसको झण्डाले मुल सडक रंगिन छ। हो उहाँ नेपाली काङ्ग्रेसको सभापति पनि हुनुहु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • 1,737 पटक पढिएको
    • "रवि खनाल"
  • ‘पढाईको अतिरिक्त रोजगारमुखी क्षेत्रमा लाग्नुस’

    सुनसरी/ कृषिजन्य उत्पादनमा लाग्दै रोजगारमुखी कार्यमा अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्दै पढाईको अतिरिक्त समय सामाजिक काममा लाग्न नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले आग्रह गरेका छन् । नेकपा एस निकट अनेरास्ववियूको प्रदेश स्तरिय भेलालाई आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गाउँ गाउँमा बाख्रा पालेर तथा कृर्षीजन्य काम गरेर स्वरोजगार हुन र आत्मसम्मान बढाउन आग्रह गरेका हुन् । नेपालले विदेशमा गएर बाख्रा चराउने काम गर्नुभन्दा देशमै बाख्रा पालेर वा कृषि कर्म गरेर स्वाभिमान र स्वरोजगार बन्न सकिने बताए । उनले भने, ‘तपाईहरु पार्टीको

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

    झापा/ प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताएका छन् । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उनले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताए । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्क

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 1,035 पटक पढिएको
    • "रासस"
  • एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुष २३ मा

    सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् । प्रचारप्रसार उपसमितिक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘बजेट सानो भएकाले विकाशे काम गर्न सकेन’

    धरान/ समृद्ध समाज निर्माण गर्दै अधिकतम रोजगारी सिर्जना गर्न दक्ष प्राबिधिक जनशक्तिको अधिकतम र उचित उपयोग गर्न आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताएका छन् ।“समृद्ध प्रदेशको निर्माणमा बिज्ञान तथा प्रविधिको भुमिका” नारा सहित आधुनिक माइक्रोबायोलोजिका पिता तथा बैज्ञानिक लुइस पास्चरको १९९ औ जन्म जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले कार्यक्रममा मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधार लगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । तर क्याम्पसले अपेक्षा गरे अनुसार सहयोग गर्ने अवश्था अहिलेको प्रदेश सरकार सँग नरहेको उनको भनाई छ । प्रदेश सरकारले पुँजीगत खर्

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved