स्थानीयतह निर्वाचनमा केन्द्रीत हुँदै अनेरास्ववियु मोरङ्ग

  • चैत २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ्ग/ नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङ्ग आउँदै गरेको स्थानीयतह निर्वाचनमा केन्द्रीत भएको छ ।
गत चैत्र २५ गते शुक्रबार भर्चुल माध्यमबाट बसकेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले निर्वाचन लक्षित गतिविधिहरु गर्ने निर्णय गरेको हो ।
अध्यक्ष तुलसी घिमिरका अनुसार जिल्लमा रहेका प्रत्येक स्थानीयतहमा निर्वाचन परिचालन कमिटी गठन गरि चुनावी गतिविधिहरु अगाडी बढाइने जानकारी दिए ।

बैठकले पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको संयोजक समेत तोकेको छ । बिराटनगर महानगरपालिकामा नविन पहाडी, उर्लाबारी नगरपालिका हेमन सुब्बा, रतुवामाई नगरपालिका विरेन्द्र घिमिरे, सुन्दरहरैचा नगरपालिका मनोज लामा कार्की , लेटाङ नगरपालिका मुकेश राज भण्डारी, बेलबारी नगरपालिका विप्लव पोखरेल, पथरी शनिश्चरे नगरपालिका उज्जवल लोकान्द्री, रंगेली नगरपालिका संजोग दाहाल, सुनवर्षी नगरपालिका उचित अर्याल, केराबरी गाउँपालिका संगम कान्दङ्वा, बुढीगंगा गाउँपालिका सागर थापा, कानेपोखरी गाउँपालिका सरु गुरगाईं र ग्रामथान गाउँपालिकामा एलिश ओझालाई संयोजक तोकेको हो ।

साथै, बैठकले सामाजिक सञ्जालहरुमा समेत आफ्ना गतिविधिहरु सञ्चालन गर्न सूचना प्रविधि सेलको निमार्ण गरेको छ ।
बैठकमा अनेरास्ववियु मोरङ्गका अध्यक्ष तुलसी घिमिरेको अध्यक्षतामा भएको थियो । अनेरास्ववियु केन्द्रीय उपमहासचिव भाष्कर खनालको प्रमुख अतिथि रहेका थिए भने अतिथिको रुपमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा मोरङ्ग सह–इन्चार्ज सन्तोष घिमिरे, केन्द्रीय कमिटि सदस्य नवराज घिमिरे रहेका थिए ।

277316146_532232438343671_3336030741682137350_n

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved