राजनीति

    Showing 1,511-1,520 of 1,922 items.
  • धरान ८ मा एमालेद्वारा ५ सय ५१ सदस्यी निर्वाचन परिचाल कमिटी गठन

    धरान/ नेकपा एमालेले धरान वडा नं. ८मा ५ सय ५१ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बिहीबार धरान ८ मा रहेको पार्टीको वडा कार्यालयमा एक कार्यक्रमको आयोजन गरि निर्वाचन परिचलन कमिटी सहित अन्य समिति गठन गरेको हो । प्रदेश कमिटी सचिवालय सदस्य मनोज कुमार म्यानाङ्वोले वडा इञ्चार्ज समेत रहेका लक्षमण दासको नेतृत्वमा ५ सय ५१ सदस्यि निर्वाचन परिचालन कमिटी घोषण गरेका हुन् । बैठकले प्रचार प्रसार समितिको संयोजकमा सुमन भुजेल, स्वयम सेवक परिचालन कमिटीमा धन बहादुर राई, यतायात व्यवस्थापनमा देवी पोखरेल र खाद्यन्न व्यवस्थापनमा विश्वराम कार्कीको संयोजकत्वमा कमिटी गठन गरेको छ । स्थानीय तहको निर्वाचन मिति

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 1,460 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एमालेले विकासका मुर्छित सपनाहरु जागृत गराएको छ’

    राजेन्द्र कार्की नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सुनसरीको सचिव हुन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको रुझानबाट प्रभावित भई २०४७ मा अनेरास्ववियुको महेन्द्र मावि प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका कार्कीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । ०६२÷६३ को जनान्दोलनमा मोरङबाट कुसलतापूर्वक नेतृत्व गर्दै पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा परेका नेता कार्की २०७२ सालमा महेश बस्नेत उद्योगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग विराटनगर जुटमिलको जिएम भएका थिए । पार्टीको युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेत

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ता गठबन्धन: कांग्रेस कार्यकर्ताको विद्रोह

    धरान । स्थानीय तहको निर्वाचनमा केन्द्रिय सर्कुलर अनुसार धरान उपमहानगर गठबन्धन अनुसार भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ । केन्द्रले महानगर र उपमहानगरहरुमा भागबण्डा बाँडफाड गर्न थाले देखिनै असन्तुष्ट पोख्न थालेका कार्यकर्ताले धरानमा आक्रोश पोखेका छन् । बुधबार धरानमा बसेको गठबन्धन इतरका दलहरुले वडाको भागबण्डा टुङ्ग्याए पनि कांग्रेस कार्यकर्ताले नेताहरुले सल्लाह नै नगरी वडा बाँडेको आरोप लगाउँदै आएका छन् । यसै बिच गठबन्धनले वडा विभाजन र दलहरुलाई विभाजन गरिएको वडाको बारेमा जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा कांग्रेसी नेता कार्यकर्ताले असन्तुष्टि पोख्दै चर्

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,309 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिफारिसमा थपघट: घिमिरे थपिँदा चौधरी कट्

    धरान । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित द्वारिकलाल चौधरीको नाम प्रदेश कमिर्टीले काटि दिएको छ । एमाले प्रदेश १ कमिटीको बैठकले चौधरीको नाम कटाएर बाँकी उमेदवारको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो । प्रदेश कमिटीको बुधबार विराटनगरमा बसेको बैठकले इटहरी उपमहानगर कमिटीको सिफारिसमा परेका द्वारिकलालको नाम कटाएर मेयरमा लक्ष्मी गौतम, रामप्रसाद चौंलागाई, यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम केन्द्रीय कमिटीमा पठाएको हो । प्रदेश कमिटीले सिफारिसमा परेका रेवती घिमिरेको नाम पनि हटाएको छ । प्रदेश सचिव चिन्तन पाठकका अनुसार उपमेय

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,156 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन: धरानमा वडा मिलाउन सकस

    धरान । वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा सत्ता गठबन्धन दलहरुबीच पटक पटक बसेको छलफलमा समेत भागबण्डा मिलाउन सकस देखिएको छ । केन्द्रकै सर्कुलर अनुसार गठबन्धन एक ठाउँमा उभिएर चुनाव लड्ने सहमति भएपनि धरान उपमहानगरपालिकामा पटक पटक छलफल हुँदा पनि मेयर, उपमेयर र २० वटै वडाका वडाध्यक्ष पदमा सहमति नजुट्दा गठबन्धनबीच भागबण्डामा समस्या भएको हो । नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङका अनुसार मंगलबार अबेरसम्म पनि गठबन्धन दलबीच छलफल चलेको थियो । छलफल निष्कर्ष विहिन भएको चोत्लुङको भनाई छ । उनले भने, ‘गठबन्धनलाई कसरी प्रभावकारी बनाएर लाने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन: राप्रपाबाट शाक्य र राई सर्वसम्मत

    धरान । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि आंकाक्षीहरु धेरै भए पछि ठुला दलहरुलाई उम्मेदवार टुङ्ग्याउन सकस भइरहँदा गठबन्धन बाहेकका साना दलहरु भने सर्वसम्मत उम्मेदवार चयन गरेर चुनावी अभियानमा होमिन थालेका छन् । धरान उपमहानगरपालिकाको मेयर, उपमेयरका लागि साना दलहरुले उम्मेदवार सार्वजनिक गर्न थालेको हो । ठुला दलहरुबाट उम्मेदवारका आकांक्षी धेरै भए पछि उनीहरुलाई सकस परेको छ । साना दलमा पनि आकांक्षी धेरै देखिए पनि उम्मेदवार सर्वसम्मत गर्न चयन गरेका छन् । यस बिच राष्ट्रिय प्रजातन्त्र पार्टीले धरान उपमहानगरपालिकाको मेयरका लागि नरेश शाक्य र उपमेयरमा पुर्णिमाया राईलाई उम्मेदवार बनाउने सर्व

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 1,403 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ता गठबन्धन: विराटनगरमा मेयर काङ्ग्रेसलाई

    धरान । देश संघीयतामा गए पछिको स्थानीय तहको निर्वाचन पछिको विराटनगरलाई राजनितिक रुपमा हेर्ने हो भने कांग्रेस र एमाले पछि जनता समाजवादी प्रतिस्पर्धामा छ । अघिल्ला निर्वाचनमा माओवादी अन्य दल सँग गठबन्धन गरेर निर्वाचन लडेको थियो अहिले पनि गठबन्धनमै रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले चुनाव जित्दा एमाले दोस्रो र तत्कालीन संघीय समाजवादी तेस्रो दलका रूपमा विराटनगरमा देखिएका थिए । मेयरमा निर्वाचित पराजुलीले २३ हजार ३१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत प्राप्त गरेका थिए । गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लो

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 1,445 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘सर्वसम्मत उम्मेदवार बनाउनुस्’

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उम्मेदवार छान्न नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् । सोमबार नेकपा एमाले धरानका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्ति नभई पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्ने बताए । धरान उपमहानगरपालिकामा मेयर पदका लागि ११ जना आकांक्षीको नाम सिफारिस भएको छ । उनले भने, ‘कार्यकर्ताको भावना अनुसार आफुले स्वमुल्यांकन गरेर मेरै नाममा सहमती हुन्छ भन्दा पनि को उठ्दा जितिन्छ भनेर अभियानमा लाग्नुपर्छ ।’ उपनिर्वाचनमा हारेकाले विरोधीहरु उत्साहित भएकाले उनीहरुको उक्साहटमा नलाग्न आग्रह गरे । उ

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय तह निर्वाचन : पुनः दोहोरिने प्रमुखहरुको चाहना

    धरान । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् । यसै क्रममा सुनसरीमा नेपाली कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् । उम्मेदवारी दिने र उम्मेदवारीमा आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसको पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 1,005 पटक पढिएको
    • "अजमल अन्सारी"
  • स्थानीय तह निर्वाचन : मजदुरहरु भन्छन् ‘जो आए पनि उस्तै’

    धरान । स्थानीय तहको निर्वाचन आउन केही दिन बाँकी छ । दलहरुबीच चुनावको सरगर्मी बढिसकेको अवस्था छ । तर काम गरेर मजदुरी गर्नेहरुमा भने निर्वाचनको उत्साह नै छैन । श्रमको मूल्य नबढ्ने तर महंगीले आकाश छोएको बताउने ज्याला मजदुरी गर्नेहरुले जो आए पनि मजदुरको हितमा काम नै नगरेको उनीहरु दुःखेसो पोख्छन् । धरान १५ मा राजमिस्त्रीको काम गदै आएका मिलन लिम्बूले देशमा संघीयता आएपछि झन झन महंगी बढेर घर खर्च नै चलाउन धौ धौ भएको बताउँछन् । उनले चुनाव जितेर गएकाहरुले राज्यको ढुकुटीमा मोजमस्ती गर्दै आफू र आफन्त पोस्ने काम मात्र गरेको बताए । उनले भने, ‘०७४ सालको स्थानीय निर्वाचनमा हामीले एमालेलाई जितायौ, एमाल

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved