राजनीति

    Showing 1,221-1,230 of 1,922 items.
  • प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

    मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरे

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत कार्यालय धरानमा लिम्बुवानको कालोझण्डा

    विजयपुर / भूमाफियाको षड्यन्त्रका कारण मालपोत र नापी सार्न लागिएको भन्दै संघीय लोकतिान्त्रिक राष्ट्रय मञ्च, सघीय लिम्बुवान मञ्च नेपाल, सुनसरीले विरोध जनाएको छ । धरान ६ पानबारीमा स्थानान्तरण गर्न लागेको विरोधमा लिम्बुवानले धरानस्थित मालपोत तथा नापी कार्यालयमा कालो झण्डा राखेरै विरोध जनाएकोे हो । मालपोत र नापी कार्यालयका हाकिमहरुलाई जनही एक एक कठ्ठा जग्गा दिएर धरान ६ पानवारीमा मालपोत कार्यालय सार्ने भूमाफियाको षडयन्त्र भएको लिम्बुवानको आरोप छ । ‘जग्गादाता र भूमाफियाको मिलेमतोमा प्रमुखहरुलाई लाभ दिएर मालपोत कार्यालय सार्ने षड्यन्त्र गरिएको छ,’ मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 977 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • शर्माद्वारा आचार्यको घरमै पुगेर सान्त्वना

    इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जग्गा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको परमादेश

    दुहवी /  दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने विषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । सोमबार उच्च अदालत विराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ । ३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० वर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर बसोवास गर्दै ४ पुस्ता बिताएको र ७० वर्ष देखि प्रत्येक निर्वाचनमा मत हाल्दै आएको त्यस क्षेत्रका स्थानीयहरुको दाबी छ । नगरपालिकाले ३५ दिनको सार्वजनिक सूचना सार्वजनिक गरी ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 1,063 पटक पढिएको
    • "चन्दन रौनियार"
  • धरान उपमहानगरपालिकाले गर्‍यो बजेट संशोधन तथा रकमान्तर गोल्डकपका लागि तीन लाख थपियो

    धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ । आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो । बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्किङ निषेधका विरुद्धमा सर्वसाधारण सडकमा उत्रिए ‘हामी समस्यामा पर्‍यौँ’

    मोरङ / कुनै योजना नल्याई मुख्य सडकको पार्किङ हटाइएको विरुद्धमा विराटनगरका साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार स्वतफूर्त रुपमा आफ्नो पसलको सर्टरनै बन्द गरेर सडकमा उत्रिएका हुन् । खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले विना विकल्प पार्किङ हटाएको बताए । उनले पार्किङलाई व्यवस्थित गर्दा महानगरले विकल्पको खोजी समेत गर्नुपर्ने बताए । उनले भने–‘हामीले पार्किङ हटाएकोमा विरोध गरेका हैनौं, अल्पकालीन ढङ्गले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन, विस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेन्टरको स्थापना दिवसमा स्टेशनरी सामग्री वितरण

    धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो । धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियन प्रदेश एकको अध्यक्षमा नवोदित

    विराटनगर / नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् । नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर) , समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपु

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकतामा रविमाथि मात्र किन प्रश्न उठाइयो ? शंकर पोखरेल

    काठमाडौं \  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्‍बन्धी मुद्दा हालिएको दाबी गरेका छन्। लामिछाने निवर्तमान उपप्रधान तथा गृहमन्त्री थिए। उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा अहिलेको सरकार छ। सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रियामा लामिछाने गएका थिएनन्, त

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 908 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रास्वपाले केन्द्रिय समितिको बैठक बोलायो रवि लाई पुन : सभापति बनाइने

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ / ३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए। आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बना

    • प्रकाशित मितिः माघ १५, २०७९
    • 1,006 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved