राजनीति

    Showing १,२११-१,२२० of १,९५८ items.
  • स्वकीय सचिवको पत्र भाइरल पत्र प्रक्रियागत नभएको वडाध्यक्षहरुको भनाई

    धरान /  धरान उपमहानगरपालिकाका स्वकीय सचिव सुदर्शन लिम्बुले २० वटै वडालाई सम्बोधन गरी योजना माग गरिएको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।स्वकीय सचिव लिम्बुले धरान उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरी फागुन २९ गते चलानी नं. ५७८७ मा उल्लेख गरिएको पत्रमा २० वटै वडाका वडा कार्यालयलाई सम्बोधन गर्दै आव २०७९/८० मा सञ्चालित सामाजिक, आर्थिक तथा भौतिक योजना अन्तर्गत वडाले हालसम्म सम्पन्न गरेका योजना तथा कार्यक्रमको सूचि बनाएर उपलब्ध गराइदिन माग गरेका छन् । स्वकीय सचिवले धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गर्न पाउने भएपनि प्रक्रियागत रुपमा पत्र नआएको वडाध्यक्षहरुले जनाएका छन् । धरान उप

    • प्रकाशित मितिः चैत १, २०७९
    • १,३२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी एकै ठाउँमा उभिए

    धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका थिए भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका थिए । धरानमा बन्दका क्रममा कुनै भौतिक तथा मानवीय क्षति नभएको धरान प्रहरीले जनाएको छ । बन्दका समयमा सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका थिए्

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • १,१८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान सुरु

    झापा /  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।झापाको भद्रपुरमा एक कार्यक्रमका बीच पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले गरेका थिए ।जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानका बारे प्रकाश पार्नु पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • ८४४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासीलाई व्यवस्थित गर्न पहल सुरु

    मोरङ / विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको बताए । मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • १,०५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादी शक्ति आन्दोलित आजको बन्द ठप्प

      धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् । अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् । विगतमा पहिचानवादीहरु एक

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ८८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस सेन्टर सुनसरीको साधारणसभा सम्पन्न

    सुनसरी / प्रेस सेन्टर सुनसरीको प्रथम साधारणसभा इटहरिमा सम्पन्न भएको छ ।शनिबार भएको पहिलो साधारणसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै बरालले पहिचान पक्षधरहरुको सङ्ख्या कम भएकोले प्रदेश नं. १ को नाम कोशी प्रदेश भएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्यान्ङ्बो मुकेश, प्रेस सेन्टर केन्द्रीय उपाध्यक्ष बिवेक गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस सेन्टरमा प्रवेश गर्ने प्रकाश बन्जरालाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले स्वागत गरेका थिए । प्र

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ७६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानवादीहरु एक ठाउँमा लिम्बुवान, खम्बुवान, किराँत प्रदेशको माग

    विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो । निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • ९४५ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • सरकारले बढाएको दूधको मूल्य भन्दा दुग्ध सहकारीले निर्धारण गरेको मूल्य बढी

     धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् ।  व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् ।  डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • १,०३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  नेविसंघ सभापतिले टोके कर्मचारी

    धरान / स्ववियु निर्वाचनको तयारी भइरहेको पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा नेविसंघले भने उम्मेदवारको आवेदन फारम लिएको थिएन। केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए। निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ८४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलुकले पायो तेस्रो राष्ट्रपति पौडेल दोब्बर भन्दा बढी मतले निर्वाचित

      सुनसरी /  मुलुकले तेस्रो राष्ट्रपति पाएको छ । विहीबार भएको निर्वाचनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएसँगै मुलुकले तेस्रो राष्ट्रपति पाएको हो पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । प्राप्त निर्वाचन परिणाम अनुसार पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत प्राप्त गरेका थिए । दुवै जोड्दा उनको मतभार ३३ हजार ८०२ भएको छ । यस्तै एमालेका सुवासचन्द्र नेम्वाङले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन् । उनको मतभार १५ हजार ५१८ मत भार हुन आउँछ निर्वाचन अधिकृतका

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ९१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved