राजनीति

    Showing १-१० of १,९५८ items.
  • ‘नेपाली फुटबललाई संकटबाट निकाल्न तत्काल निकास खोज्नुपने आवश्यक’

    धरान/  अखिल नेपाल फुटबल संघ ९एन्फा० भित्रको आर्थिक अनियमिततासम्बन्धी मुद्दा र विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबलको भविष्य अन्योलमा परेको भन्दै कोशी प्रदेशका फुटबल सरोकारवालाले वर्तमान नेतृत्वको चर्को आलोचना गरेका छन्। उनीहरूले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेपाली फुटबललाई संकटबाट निकाल्न तत्काल निकास खोज्नुपर्ने बताएका छन् ।कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सम्पन्न चाडपर्वलक्षित शुभकामना आदानप्रदान तथा वर्तमान परिस्थितिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी पूर्व अन्तर्राष्ट्रिय रेफ्री, पूर्व राष्ट्रिय खेलाडी तथा जिल्ला र प्रदेश

    • प्रकाशित मितिः असोज २७, २०८३
    • २६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा तास खेल्दै श्रम संस्कृति पार्टीका नगर सचिवसहित ८ जना पक्राउ, १ लाख १४ हजार नगद बरामद

    धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित ८ जना तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका सबै ८ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले घटनाबारे जानकारी दिएका हुन्। पक्राउ पर्ने

    • प्रकाशित मितिः असोज १२, २०८३
    • २०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी

    धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहेका आले मगरले युवा पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका उनी हाल महेन्द्र क्याम्पस धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्। २०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उ

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधव नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

    काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपाल भोटेकोशी बाढी प्रभावित जिल्लाको अवलोकनमा निस्किएका छन् । विनाशकारी बाढी आएको २१ दिनपछि नेपाल नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् । भोटेकोशी बाढीबाट पीडितहरूलाई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा प्रभावित क्षेत्रमा गएको प्रवक्ता प्रकाश ज्वालाले बताए । धादिङको गल्छी, महेश दोभानमा अनुगमनपछि टोली अहिले नुवाकोटतर्फ गएको छ । बेत्रावतीसम्म पुगेर टोली काठमाडौँ फर्किन ज्वालाले जानकारी दिए । भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिम पहिरो सहित आए

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाबाटै पान दर्ता सेवा सुरु, पहिलो सेवाग्राही बने विवेक ईवाहाङ

    धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। सेवा शुभारम्भसँगै साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवा नजिक बेल्बोटेमा रहेको सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बनेका छन्। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले ईवाहाङलाई पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। पहिलो सेवाग्राही बनेका ईवाहाङले आफ्नै गाउँपालिकाबाट शून्य लागतमा पान दर्ता गर्न पाउँदा अत्यन्त खुसी लागेक

    • प्रकाशित मितिः असोज ६, २०८३
    • ८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कुलमान घिसिङको संघर्षदेखि राजनीतिक असफलतासम्मको कथा

    धरान/ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष कुलमान घिसिङ सोमबार धरान-१६ स्थित सियोन स्कुलमा पुगेर विद्यार्थीहरू र शिक्षक सँग आफ्ना संघर्ष, सफलता र असफलताका अनुभव साझा गर्नुभएको छ।    एक हजारभन्दा बढी विद्यार्थीमाझ आफ्ना जीवनका अनुभव सुनाउँदै घिसिङले सफलताका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँमा जन्मिएर खाली खुट्टा करिब डेढ घण्टा हिँडेर स्कुल जानेदेखि राति टुकीको उज्यालोमा पढेको र पछि काठमाडौं पुगेर अध्ययन गरेको अनुभव विद्यार्थीहरूसँग साझा गर्नुभयो। “जीवनमा जुनसुकै क्षेत्रमा लागे पनि पटक-पटक असफ

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली कांग्रेस दुहबी वडा नं. ८ को वडा अधिवेशन सम्पन्न: राम नारायण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

    दुहबी/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सुनसरीको दुहबी नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न भएको छ। २०८३ असोज ४ गते आइतबारका दिन आयोजित अधिवेशनले राम नारायण चौधरीको सभापतित्वमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ। अधिवेशनले उप-सभापतिमा आशाराम चौधरी र महिला उप-सभापतिमा अस्मिता ऋषिदेवलाई चयन गरेको छ। त्यसैगरी सचिवमा रोषन अधिकारी तथा सह-सचिवमा सौरभ बहादुर कार्की निर्वाचित भएका छन्। वडा कार्यसमितिका सदस्यहरूमा हसिना चौधरी, सुदिप राई, हरि रिजाल, बिशाल साह, पदम बुढाथोकी, अक्तर मिया, संगिता श्रेष्ठ, ममता राई र कविता यादव चयन हुनुभएको छ। यसैगरी, अधिवेशनले वड

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ९३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजकुमार रौनियारको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति सर्वसम्मत चयन

    दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट राजकुमार रौनियार (राजु)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सम्पन्न  १५ अौ अधिवेशनले वडा सभापति पदमा राजकुमार रौनियार (राजु)लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। अधिवेशनले सभापतिका साथै अन्य पदाधिकारी तथा सदस्यहरूसमेत सर्वसम्मतिमै चयन गरेको छ। नवगठित कार्यसमितिको उपसभापतिमा सुवास शर्मा र सरस्वती साह हलुवाई, सचिवमा नवीन कुमार रौनियार तथा सह-सचिवमा खेरुल खातुन चयन हुनुभएको छ। त्यसैगरी वडा कार्यसमिति सदस्यहरूमा सविना खातुन, हरि भक्त राई, बाबुराम खत्री, सन्तकुमार नुन्दी, बालेश्वर मल्लिक, प्रदिप स

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १,०६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको विजयपुरमा इतिहास र पहिचान जोगाउने महाअभियान, असोज १० र ११ गते ‘याक्थुङ विजयपुर सम्मेलन’

    धरान/ धरानको ऐतिहासिक विजयपुर दरबार क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व र सांस्कृतिक पहिचान संरक्षणका लागि ‘याक्थुङ विजयपुर सम्मेलन’ आयोजना हुने भएको छ। दरबार परिसर संरक्षण सङ्घर्ष समितिले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १० र ११ गते धरान–१९ स्थित लाङघाली सामुदायिक वनमा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो। सम्मेलनमा विजयपुर क्षेत्रको इतिहास, पुरातात्त्विक महत्व, सांस्कृतिक पक्ष, संरक्षणको वर्तमान अवस्था तथा भावी योजनाबारे विज्ञ, इतिहासकार, अनुसन्धानकर्ता र सरोकारवालाबीच गहन छलफल गरिने समितिले जनाएको छ। सम्मेलनमा इतिहास, पुरातत्त्व, संस्कृति तथा सं

    • प्रकाशित मितिः असोज २, २०८३
    • १३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपाध्यक्षले मागिन् ४५ हजार, छोराको क्यूआरमा पठाइयो घुस ! आमा–छोराविरुद्ध अख्तियारको मुद्दा

    धरान/  सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित ९० कार्यदिनको ढाका सिलाई बुनाई तालिमको प्रशिक्षकका रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ घुस माग गरेकी थिइन्। उक्त रकम उनले आफ्ना छोरा सुनिलको बैंक खाताको क्युआर कोडमा हाल्न लगाएको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ। पदीय जिम्मेवारीको दुरुपयोग गरी अर्का प्रतिवादी सुनिलसँगको मिलेमतोमा उपाध्यक्ष राईले ४५ हजार रुपैयाँ रिसवत लिएको ठहर अख्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • २४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved