समाचार

    Showing 9,721-9,730 of 10,062 items.
  • वराहक्षेत्रमा नेकपाले आगामी बजेटका लागि सुझाब पेश गर्ने

    कालाबन्जर । आगामी आर्थिक बर्षको बजेट तथा निति कार्यक्रमलाई सहयोग पुर्याउन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बराहक्षेत्र नगर कमिटीले सरकारलाइ सुझाब सल्लाह पेश गर्ने तयारी गरेको छ । जनताको बिकासका लागि जनता संगै सहकार्य गर्नु पर्छ भनेर नगर भित्र रहेका विभिन्न संघसंगठन संग चरणवद्ध छलफल गरिएको हो नेकपाका नगर अध्यक्ष कमल बहादुर कटुवालले बताए ।  उनले भने छलफलबाट राम्रा कुराहरु आएका छन् , नगरको बिकासको अवधारणा आएको छ । यसलाई हामी हाम्रो स्थानीय सरकार संग राख्नेछौ अधिकांश कुरा लागू हुन्छन् । सुझावमा कसैले आफुलाइ फाइदा पुग्ने ब्यक्तिबादी योजनाका कुराहरु ल्याउनु भएको छ त्यस्ता कुरा लाई भने हामी क

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,025 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • बजेटमा उत्पादन र रोजगारीलाई अवसर दिन उद्योगी तथा व्यवसायीको सुझाव

    विराटनगर । प्रदेश १ सरकारले ल्याउने बजेटमा उत्पादन र रोजगारीलाई अवसर दिन उद्योगी तथा व्यवसायीले सुझाव दिएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को समन्वयमा आयोजित झुम भर्चुअल अन्तरक्रियामा उद्योगी व्यवसायीले प्रदेश बजेटले कृषि उत्पादन र रोजगारीको क्षेत्रलाई सवल बनाउनु पर्ने उद्योगी व्यवसायीमो माग छ । महासंघका उपाध्यक्ष राजेन्द्र राउतले भने,“कोरोना महामारीले संकट मात्र होइन कृषि तथा गैरकृषि उद्योग क्षेत्रमा नयाँ अवसवर पनि सिर्जना गर्दैछ तर सरकारले विशेष कार्यक्रम सचालन गर्न जरुरी छ ।” राउतले लकडाउनका कारण लामो समयसम्म बन्द उद्योगधन्दालाई पूर्ववत अवस्थामा फर्काउन बजेटले ध्

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 966 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले राखेका संशोधन प्रस्ताव वहुमतले अस्विार गरेको थियो । संघीय समाजवादी पार्टीका सांसद जयराम यादवले गरेको संशोधन प्रस्ताव स्विकार गर्ने सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले जनाउ दिएपछि यादवले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । कांग्रेसका प्रमुख सचेतकले संशोधन प्रस्तावहरु फिर्ता नलिएपछि वहुमतबाट ती प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पनि वहुमतले पारित गरेको हो । सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकार

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,473 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीको कुटपिटबाट हिरासतमै दलित युवाको हत्या भएको परिवारको आरोप

    काठमाडौं । हिरासत भित्रै झुण्डिएको अवश्थामा फेला परेका धनुषा जिल्लास्थित सबैला नगरपालिकाका एक दलित युवालाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका परिवारले आरोप लगाएका छन् । गत जेठ २६ गते धनुषाको इलाका प्रहरी कार्यलय सबैलाको हिरासत भित्रको शौचालयमा झुण्डिएको अवश्थामा फेला परेका २४ वर्षीय शम्भु सदाको प्रहरीको कुटपिटबाट हत्या भएको भन्दै उनका आफन्त सहित स्थानीयले छानबिनको माग गरेका छन् । मृतक शम्भु सदा सवारी ज्यान मुद्दाका प्रतिवादी थिए । उनको हत्याको विरोधमा मंगलबार प्रर्दशनमा उत्रिएका मुसहर समुदाय माथि प्रहरी कार्यालयमै झडप भएको थियो । प्रर्दशनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,617 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका ८ जना सहित प्रदेश १ मा १४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक जना, कनकाई नगरपालिकामा ३ जना र गौरादहमा एकजना संक्रमण देखिएको छ । सबैको नमूना विराटनगरमा अवस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो । अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । १२५ जना उपचा

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप २७९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४३६४

    काठमाडौं  आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्। पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन्  ।  यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको ६ सय ७४ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।  

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खर्चको हिसाब खोजेर कामलाई अवरोध गर्ने समय होइन्, प्रधानमन्त्री ओलि

    काठमाडौं । देशको वर्तमान समस्या कोरोना संक्रमणको रोकथाम र नियन्त्रण उपचारनै भएकाले अहिले नै यस विषयमा खर्चको हिसाब किताब खोजेर कामलाई अवरोध खडा नगर्न प्रधानमन्त्री केपी शर्मा ओलिले आग्रह गरेका छन् । कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया अनुसार सार्वजनिक हुने बताउदै शंकाको दृष्टिले नहेर्न उनले आग्रह गरेका हुन् । बुधबारको प्रतिनिधी सभाको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रदेश र स्थानीय तहको काम गराई असाधारण रहेको भन्दै काम गरिरहेकाहरुलाई भावनामा ठेस पुग्ने शब्दावली प्रयोग नगर्न समेत उनले आग्रह गरे । उनले भने, ‘केन्द्रले प्रदे

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समावेशी संस्कृति झल्काउने प्रादेशिक नाटकघरको डिजाइन

    धरान । रंगमञ्चको इतिहासलाई पुनः व्युताउन धरानमा निर्माण हुन लागेको नाटकघरमा सांस्कृतिक प्रतिकहरुको प्रयोग गरर समावेशी बनाउन लागिएको छ । नाटकघरमा विभिन्न जातीय, धर्म, संस्कार, संस्कृतिहरुमा आधारित प्रतिकहरुको प्रयोग गरेर विशुद्ध नेपाली शैलिमा समावेशी बनाउन खोजिएको छ । नाटकघरमा किरात सभ्यतामा आधारित प्रतिक वाबु, सिलामसाक्पा, बुद्धतोरण लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक मुर्तिहरु राखिने भएको छ । धरान सभागृह परिषरमा रहेको करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर निर्माण हुन लागेको छ । नाटकघर निर्माणका लागि करिब ५ करोड रुपैया लागत इस्टिमेट गरिएको छ भने पहिलो चरणको निर्माण थालनीका लागि संघीय संसद जय कुमा

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,507 पटक पढिएको
    • "दिनेश गजमेर"
  • कर्णालीमा भएको दुर्घटनामा २ जनाको शव फेला

    काठमाडौं । भारतबाट फर्किएका मानिसहरुलाई लिएर कालिकोटबाट नरनाथ गाउँपालिका जादै गरेको ट्रिपर कर्णालीमा दुर्घटना हुँदा २ जनाको शव भेटिएको छ । कालिकोटको दही खोलाबाट ३९ जना मानिस बोकेर जादै गर्दा बुधबार कर्णालीमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले जानकारी दिएका छन् । उनका अनुसार २७ जना सम्पर्कमा आएका छन् । जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिकातर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको ट्रिपर रास्कोट नगरपालिकाको ¥यागिलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना नदीमा बेपत्ता भएका छन् । गम्भीर घाइते चार

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिद्युतीय प्रणालीबाट नबिलको नयाँ योजना सार्वजनिक

    धरान । स्वस्थ्य एवम सुरक्षित कारोबार गर्नका लागि अब बैंकहरु पनि नयाँ योजना ल्याउने होडबाजीमा आएका छन् । प्रविधिमैत्री बैंकिङ कारोबारका प्रणालीहरुलाई विस्तार गरिरहेका छन् । यसै बिच नबिल बैंकले कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गरि बिद्युतीय प्रणालीबाट कारोबार गरिने नबिल जेन–एन एकाउन्ट संचालनमा ल्याएको छ । बैंकले ल्याएको उक्त योजनाका बारेमा विज्ञप्ति जारी गर्दै बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर बैंकिङ कारोबारका लागि नबिल जेन–एन एकाउन्ट संचालनमा ल्याएको जनाएको छ । ग्राहकहरु माँझ सहज तथा सरल बैंकिङ

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved