कालाबन्जर । आगामी आर्थिक बर्षको बजेट तथा निति कार्यक्रमलाई सहयोग पुर्याउन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बराहक्षेत्र नगर कमिटीले सरकारलाइ सुझाब सल्लाह पेश गर्ने तयारी गरेको छ ।
जनताको बिकासका लागि जनता संगै सहकार्य गर्नु पर्छ भनेर नगर भित्र रहेका विभिन्न संघसंगठन संग चरणवद्ध छलफल गरिएको हो नेकपाका नगर अध्यक्ष कमल बहादुर कटुवालले बताए ।
उनले भने छलफलबाट राम्रा कुराहरु आएका छन् , नगरको बिकासको अवधारणा आएको छ । यसलाई हामी हाम्रो स्थानीय सरकार संग राख्नेछौ अधिकांश कुरा लागू हुन्छन् । सुझावमा कसैले आफुलाइ फाइदा पुग्ने ब्यक्तिबादी योजनाका कुराहरु ल्याउनु भएको छ त्यस्ता कुरा लाई भने हामी कटौती गर्छौ अध्यक्ष कटुवालले बताए ।
पार्टीले पत्रकार ,किसान , महिला , शिक्षक , खानेपानी संस्था , युवा , आदिवासी , निर्माण ब्यबसायी लगायतका संघसंगठन सँग सुझाव सल्लाहका लागि छलफल गरेको (नेकपा )नगर सचिवालय सदस्य बिष्णु घिमिरेले बताए । उनि भन्छन् ू यो कम्युनिष्ट पार्टीले गर्ने काम हो । यस किसिमको छलफलले मात्रै जनताका समस्या सम्बोधन गर्न सकिन्छ भन्ने लागेर हामी छलफल जुटेका हौ ।