कर्णालीमा भएको दुर्घटनामा २ जनाको शव फेला

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । भारतबाट फर्किएका मानिसहरुलाई लिएर कालिकोटबाट नरनाथ गाउँपालिका जादै गरेको ट्रिपर कर्णालीमा दुर्घटना हुँदा २ जनाको शव भेटिएको छ ।

कालिकोटको दही खोलाबाट ३९ जना मानिस बोकेर जादै गर्दा बुधबार कर्णालीमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले जानकारी दिएका छन् । उनका अनुसार २७ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिकातर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको ट्रिपर रास्कोट नगरपालिकाको ¥यागिलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना नदीमा बेपत्ता भएका छन् ।

गम्भीर घाइते चार र सामान्य घाइते पाच जना गरी ९ जनालाई जिल्ला अस्पताल कालिकोट लगिएको छ । २२ जना भने सकुसल छन् । प्रहरीका अनुसार मृतकको सनाखद हुन बाँकी छ । मृतक दुवैजनालाई कर्णाली नदीबाट निकालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

प्रतिष्ठानमा उपकुलप ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (ब ...

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved