कर्णालीमा भएको दुर्घटनामा २ जनाको शव फेला

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । भारतबाट फर्किएका मानिसहरुलाई लिएर कालिकोटबाट नरनाथ गाउँपालिका जादै गरेको ट्रिपर कर्णालीमा दुर्घटना हुँदा २ जनाको शव भेटिएको छ ।

कालिकोटको दही खोलाबाट ३९ जना मानिस बोकेर जादै गर्दा बुधबार कर्णालीमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले जानकारी दिएका छन् । उनका अनुसार २७ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिकातर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको ट्रिपर रास्कोट नगरपालिकाको ¥यागिलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना नदीमा बेपत्ता भएका छन् ।

गम्भीर घाइते चार र सामान्य घाइते पाच जना गरी ९ जनालाई जिल्ला अस्पताल कालिकोट लगिएको छ । २२ जना भने सकुसल छन् । प्रहरीका अनुसार मृतकको सनाखद हुन बाँकी छ । मृतक दुवैजनालाई कर्णाली नदीबाट निकालिएको प्रहरीले जानकारी दिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved