काठमाडौं ।लकडाउनको समयमा बन्द रहेको फर्म दर्ता तथा नविकरणको कामलाई सोमबार देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुनः संचालन गरेको छ । विभागले सोमबार देखि फर्मको दर्ता, नविकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाको लागि इमेल बाट काम शुरु गरेको हो । भागिको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ । साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए । उनका अनुसार व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्प
धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको
धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् । आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् । कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा
काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण मलेसियास्थित समस्यामा परेका नेपाली नेपाल फर्कन पाउने भएका छन् । अलपत्र परेका नेपालीलाई फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार यसअघि असार १ गते पहिलो उडान हुने जनाइएको थियो । दूतावासले मितिसँगै भाडादर र नेपाल फर्किने संख्या पनि अद्यावधिक गरेको हो । दूतावासका अनुसार तीन हजार १७५ जना नेपाल फर्कंदै छन् । दूतावासले एकतर्फी भाडादर १५९० मलेसियन रिंगिट वा नेपाली रुपैयाँ ४५ हजार १ सय रुपैयाँ तोकेको छ । नेपाल एयरलायन्सको टिकट काठमाडांैस्थित टिकट बिक्री शाखाबाट काट्न सकिनेछ भने मलेसिया र काठ
आशिष भुजेल/ मोरङको उर्लाबारीमा अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय गर्न ब्यवसायीहरुलाई उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै हरेक दिन अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्म सोही समयसम्म पसल खुल्ला गर्न उर्लाबारी नगरपालिकाको बैठकबाट निर्णय भएको खड्गीले जानकारी दिनुभयो । ब्यापार ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यमा पनि ध्यान दिन
विराटनगर । विश्व्यापी महामारीको रुपमा फैलिएकोे कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लगि सरकारले जारी गरेको लकडाउन जारी गरेको छ । लकाडाउन जारी भएसगै प्रदेश १ का विभिन्न नाका बाट १० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्किएका छन् भने १८ हजार भन्दा बढी भारतीयहरु नेपालबाट भारत फर्किएका छन् । झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केको प्रदेश नं १ प्रहरी कार्यालयले जनाएको छ । यो तथ्याङ्क जेठ ३१ गते सम्मको हो । यस्तै नेपालबाट झापाको नाका हुदै भारत तर्फ जानेहरुको संख्या सबैभन्दा बढी छ । झापाको नाकाबाट १५ हजार
भोजपुर/ चट्याङले लागेर आइतबार भोजपुरमा एक बलिकाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय दिंलाका अनुसार ट्याम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी छोरी रितिका राउतको मृत्यु भएको हो । खेतमा रोपाईं गरिरहेको बेला परेको चट्याङ लागेर घाईती भएकाी उनको उपचारको लगिा स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै उनको मृत्यु भएको थियो ।
कोभिड १९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन(पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बता
कोेरोना भाइरस र लकडाउनका कारण रगतको अभाव भइरहदा धरान जेसिजको आयोजनामा धरान १२ अमान बजार स्थित भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सुनसरीको वीपी प्रतिष्ठानस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा अध्यक्ष दिपेन्द्र निरौला, प्रमुख अतिथि उमेश थापा र निवर्तमान अध्यक्ष मनिष शाहीले मन्तव्य व्यक्त गरेका थिए । रगत अभाव मा वीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार गर्न आउने विरामीहरु समस्यामा परेकोले आकस्मिकरुमपा कार्यक्रम गरिएको अध्यक्ष निरौलाले बताए ।
कोरोना भाइरस पहिचान गर्न अब सरकारले अनुमति प्राप्त निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ल्याबमा गरिएको परिक्षणको खर्च पनि सरकारले नै व्यहोर्ने छ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।जोगेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिएको पिसिआर जाँचको नमुना आवश्यक प्रक्रिया पुरा गरेर निजी ल्याबलाई पनि जाँच्ने व्यवस्था गरिएको बताए ।