धरान फर्कने भारतीय नागरिकले कोरोना फैलाउने सक्ने भन्दै स्थानीय चिन्तित

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् ।

भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् ।

आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् ।

कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा राती ट्याम्पो चढेर धरान आएका थिए ।

उनलाई वडा नम्बर ७ का वडाअध्यक्षले चेकजाँचका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् भने उनलाई एन्फा क्वारेन्टाइनमा राखिने भएको छ ।

धरानमा भारतबाट लुकिछिपी आउनेको पहिचान हुन नसक्दा संक्रमण फैलन सक्ने स्थानीय राजेन्द्र दाहाल बताउँछन् ।

धरान प्रवेश गर्ने जो कोहीलाई पनि सोधपुछ गरेर उचित सुरक्षा अपनाउनुपर्ने उनको भनाई छ ।

एका तिर धरानलाई खुकुलो बनाइएको छ भने अर्को तिर धरान बाहिर बाट आउनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

नाकामा उचित सुरक्षाको प्रबन्ध नहुँदा लुकिछिपी अन्य स्थानबाट धरान आउनेको कारण कोरोनाको संक्रमण बढ्न सक्ने धरान ७ का वडाअध्यक्ष जिवन प्रसाद सुवेदी बताउँछन् ।

सुरक्षाको विषयमा नगरपालिकाले कुनै पनि चासो नदिएको उनको आरोप छ ।

धरान भित्रिने नाका तिनकुनेमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

तर उनीहरुको ठुला गाडिहरुलाई मात्रै चेकजाँच गर्ने गर्दछन् ।

मोटरसाइकल, टेम्पोबाट पनि भारतीय नागरिकहरु दिउँसै प्रवेश गरिरहेका छन् । अझ रातको समयमा नाकामा सुरक्षाकर्मी नहुदा प्रवेश गर्न पनि सह जबनेको छ ।

 

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved