विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् । उनले प्रदेश सरकारले कृषि क्षेत्रको लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्दै प्रश्नको जवाफ दिदैंभने,“प्रदेश प्रमुख कृषि नवप्रवद्र्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस भनि कुरा उठेका छ । सरकारले यसमा ध्यान दिनेछ ।” उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवद्र्धन कृषि कार्यक्रममार्फत विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए । मन्त्री मगरले रु. ५
विराटनगर । वर्षासंगै मोरङको बक्राहा खोलामा उर्लिएको बाढीले बगाएर मोरङमा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका वडा नम्बर ५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहलाई बक्राहा खोलाले बाढीले बगाउँदा मृत्यु भएको छ । बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाएको र बेपत्ता भएकोमा आज शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा खोलाले बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा साहलाई मृत अवस्थामा फेला पारेको उक्त बताइएको छ ।
विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरुले स्थानीय तहको नीति कार्यक्रममा देखिएको समस्या र सडक निर्माणको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गरेका छन्।राप्रपाकी सांसद इन्दिरा राईले असार ७ गते हल्दिबारी गाउँपालिकामा नीति तथा कार्यक्रममा छलफल भईरहँदा अध्यक्ष रविन्द्र लिङ्देनमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको छानबिन हुनुनर्पे माग गरेकी छन्। भनिन,“ व्यापक छलफल भएपछि मात्र माग आउनु पर्छ भन्दाभन्दै अध्यक्षमाथि आक्रमण भएको छ । असार २९ गतेसम्म सभा अन्त्य गर्ने प्रस्ताव गरिएपनि सुनियोजित रुपमा आक्रमण भयो ।” राईले पर्यावरणीय हिसाबले महत्व राख्ने जलथल जंगलको सडकको नामकरणको कुनै अमु
आज थप ५९३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ११ हजार ७सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेमा एक ३० वर्षिया महिला रहेकी छन् । संक्रमित मध्ये १०७ महिला र ४८६ जना पुरुष रहेको उनले बताए । पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २६९८ जना रहेका छन् । नेपालमा हालसम्म ७६ जिल
विराटनगर । विराटनगर जोगबनी नाकाबाट भारतीय रु. २ लाखसहित एक जना महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानीबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई रहेको प्रहरीको भनाइ छ । उनको साथबाट रु. ५०० दरको भारतीय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ बरामद भएको हो । खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धनकुटा/ धनकुटाको पाख्रीबास नगरपालिकाले कफी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ । चालु आर्थिक वर्षदेखि शुरु गरेको कफी खेतीको लागि नगरपालिकाले निति तथा कार्यक्रममा नै कफी पकेट क्षेत्र घोषणा गरेर आर्थिक वर्ष २०७७/०७८ मा छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरेको छ । यस बर्ष नगरपालिकाले नर्सरी व्यवस्थापनामा करिब पाँच लाख बिरुवा उत्पादन गर्ने गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाई प्राथकितामा राखिएको पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ष बहादुर राईले बताए । उनले भने–‘नर्सरीबाट बिरुवा उत्पादन हुन करिब १५ महिना लाग्छ । १५ महिन
विराटनगर । मोरङको कानेपोखरीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा भएको दुर्घटनामा परी एकजना महिलासहित दुई पुरुषको मृत्यु भएको छ । झापाको दमकबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले सडकमा पैदल हिंड्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । अनियन्त्रित भएको स्करपिओले फेरि विपरीत दिशाबाट आउँदैगरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र त्यसमा पछाडि सवार झापा बाह्
धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि नगरको पाँचौ नगरसभामा उपप्रमुख मञ्जु कार्की अधिकारीले महालक्ष्मी नगरपालिकाले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बराबरको बजेट ल्याएको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पु¥याएको हो । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुनाले त्यो बाहेक संघ
सुनसरी । दुई दिन देखिको लगातारको वर्षाले सप्तकोशीमा पानीको सतह बढ्न थालेको छ । विहिबार देखि निरन्तर परेको पानीले सप्तकोशीमा पानीको सतह बढाएको छ । शुक्रबार दिउँसो १२ बजे सम्म गरिएको मापनमा १ लाख ७२ हजार ९ सय ६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ । बहाव बढे पछि खतराको संकेत जनाउँन थालिएको छ । सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाले कोशी व्यारेज कन्ट्रोल रुमले उच्च सुरक्षा सर्तकता अपनाउदै ५६ वटै ढोकामा उच्च निगरानी राखेर कर्मचारीहरुलाई अर्लट गराएर राखेको छ । पानीको वहाव बढेसगै पुर्व तर्फका ढोकाहरु खुल्ला गरि कोशी वेसिनका कर्मचारीहरुले पानीको सतह बढदै गएपछि कन्ट्रोल रुम मार्फत कोशी परियोजना
इलाम/ देउमाई नगरपालिका वडानम्बर ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठले द्वन्द्व कालदेखि लुकाई राखेको सकेट बम उहाँका २५ बर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिहीबार राती विष्फोट भएको हो । मौसमले खेलाउदै गरेको बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडीएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिनुभयो । तत्कालिन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष