विदेशबाट प्रदेश १ फर्कने युवालाई रु. ५ लाख कृषि ऋण दिइने

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् ।

उनले प्रदेश सरकारले कृषि क्षेत्रको लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्दै प्रश्नको जवाफ दिदैंभने,“प्रदेश प्रमुख कृषि नवप्रवद्र्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस भनि कुरा उठेका छ ।

सरकारले यसमा ध्यान दिनेछ ।” उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवद्र्धन कृषि कार्यक्रममार्फत विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए ।

मन्त्री मगरले रु. ५ लाख रुपैयाँ बैंकमार्फत दिलाएर तीन वर्षसम्म सरकारले नै खर्च ब्याज अनुदानमा दिने सदनलाई जानकारी गराए ।

मन्त्री मगरले सीप विकास तालिम र अनुदानको लागि आफ्नै परिवार मिलेर सहकारी खोल्ने र फाइदा लिने गरिएको विषयमा सरकारले छानबिन गरी कैपियत हुन नदिने दाबी गरे ।

उनले कृषि मन्त्रालयले आउँदो दशकलाई ‘फलफूल दशक’ घोषणा गरेकोले केरा र सुन्तलाबाहेक धेरै फलफूल विदेशबाट आयात हुने क्रम रहेकोले त्यसलाई नियन्त्रण गर्न फलफूल दशक कार्यक्रम मार्फत प्रदेशका सबै स्थानीय तहसँग मिलेर फलफूल नर्सरी स्थापना गर्ने बजेट राखिएको स्पष्ट गरे ।

भने,“सहकारीसँगको सहकार्यमै फलफूल दशअन्तर्गत काम हुनेछ ।”

उनले संघीय संरचना स्थापना भएपछि बीउ बैंकहरुको अवस्था भत्किएको पाइएकोले किसानलाई सम्भव भएसम्म निःशुल्क बीउ वितरण गर्ने बताए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved