सप्तकोशीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । दुई दिन देखिको लगातारको वर्षाले सप्तकोशीमा पानीको सतह बढ्न थालेको छ ।
विहिबार देखि निरन्तर परेको पानीले सप्तकोशीमा पानीको सतह बढाएको छ । शुक्रबार दिउँसो १२ बजे सम्म गरिएको मापनमा १ लाख ७२ हजार ९ सय ६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ । बहाव बढे पछि खतराको संकेत जनाउँन थालिएको छ ।

सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाले कोशी व्यारेज कन्ट्रोल रुमले उच्च सुरक्षा सर्तकता अपनाउदै ५६ वटै ढोकामा उच्च निगरानी राखेर कर्मचारीहरुलाई अर्लट गराएर राखेको छ ।

पानीको वहाव बढेसगै पुर्व तर्फका ढोकाहरु खुल्ला गरि कोशी वेसिनका कर्मचारीहरुले पानीको सतह बढदै गएपछि कन्ट्रोल रुम मार्फत कोशी परियोजनालाई अवश्थाका बारेमा जानकारी गराउन थालेका छन ।
सप्तकोशी नदीमा बालुवाको मात्रा बढी भएकाले साना ठुला टापुहरुका कारण थोरै पानीमा समेत पानीको सतह बढनाले कोशी व्यारेजका ढोकाहरुमा असर पुग्ने देखिएपछि गत वर्ष ५६ वटै ढोकाहरु खोलिएको थियो ।

कोशी नदीमा बहाव बढ्ने सक्ने भएकाले आकस्मिक बहाव हुन सक्ने, कोशी नदीको तटिय क्षेत्र र तराईको भु–भागको तटिय क्षेत्रमा उच्च सतर्कता अपानउन आग्रह गरेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved