कानेपोखरी दुर्घटनामा तीन जनाको मृत्यु

  • असार १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको कानेपोखरीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा भएको दुर्घटनामा परी एकजना महिलासहित दुई पुरुषको मृत्यु भएको छ ।
झापाको दमकबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले सडकमा पैदल हिंड्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।

अनियन्त्रित भएको स्करपिओले फेरि विपरीत दिशाबाट आउँदैगरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र त्यसमा पछाडि सवार झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

स्कारपिओले ठक्कर दिएकी महिलाको घटनास्थलमै मृत्यु भएको र उनको पहिचना खुल्न नसकेको प्रहरीको भनाइ छ ।

मोटरसाइकल चालक र त्यसमा सवार दुई पुरुषमध्ये गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

स्कारपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

 

असार १५ धरान पानबारी ...

पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालि ...

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved