समाचार

    Showing 9,241-9,250 of 10,060 items.
  • थप ३११ जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  १३९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना  पुगेको छ । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्। 

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आँखा जुधेकै भरमा लुटेरा नाइके पक्राउ

    इटहरी /  समुहमा लुटपाट गर्ने गिरोहका नाइके सहित ४ जनालाइ इलाका प्रहरी कार्यल इटहरीले पक्राउ गरेको छ । सुनसरीको धरान ८ सिद्धकालीका व्यवसायी ५७ वर्षीय डम्बर प्रसाद बास्तोलालाइ लुटपाट गरी फरार भएका मध्ये ३ जनालाइ प्रहरीले आइतबार तरहराबाट पक्राउ गरेको छ । कर्मचारीलाइ तलब दिन भनी इटहरीको हलगडा बाट बस चढेका बास्तोलालाइ तिन जनाको समुहले गत श्रावण १० गते बसभित्रै लुटपाट गरी फरार भएका थिए । व्यवसायी वास्तोलाको साथबाट ९७ हजार ६ सय रूपैया लुटेर फरार भएका मध्ये प्रहरीले काभ्रे जिल्लाको तिमाल गाउपालीका वार्ड नं २ धुवाकोट बस्ने २६ वर्षीय कमल तामाङलाइ सोही दिन इटहरीबाट पक्राउ गरेको थियो। बाँकी फरार लुट

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,552 पटक पढिएको
    • "तेजबहादुर बन"
  • पत्रकारको नवीकरण तथा नयाँ सदस्यता शुल्क छुट गर्न प्रेस संगठनको माग

     सुनसरी /  लकडाउनको कारण सञ्चारक्षेत्र प्रभावित भएको कारण नेपाल पत्रकार महासंघको सदस्यता शुल्क छुट गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ । संगठनले मंगलबार प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता शुल्क र पुरानोको नवीकरण शुल्क छुट गर्न माग गरेको हो । कोभिड १९ को महामारीका कारण सञ्चार क्षेत्र प्रभावित हुँदा पत्रकारहरुले तलब सुबिधा समेत नपाएको अवस्थामा महासंघ सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क छुट गर्न माग गरेको हो । विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु आर्थिक संकटमा रहेको उल्लेख गर्दै निःशुल्क सदस्यताको सुरुवात सुनसरीबाट गर्न माग गरिएको छ । संयोजक श्रीशीसा राई र सहसंयोजक

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,543 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन

     धरान । बालबालिकामा लाग्ने रोगको निराकरणका लागि पाठ्यसामग्री मार्फत जनचेतना फैलाउन बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंह द्वारा लिखित “बालबालिकाको डाक्टर साथी” पुस्तक बिमोचन गरिएको छ । पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तकको कार्यक्रमका प्रमुख अतिथी बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.ज्ञानेन्द्र गिरि, भाषाबिद प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर साह लगाएतले औपचारिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु बारे पुर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाइ बुझा

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विकास निर्माणमा सक्रिय बन्दै जमुना बासी

    इलाम / इलामको सन्दकपुर गाँउपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कामको धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भईरहेका हो । केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराई सँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए । जसमा अहिले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 794 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कृषकलाई राहत वितरण

    धनकुटा / प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसको कारण मारमा परेका किसानहरुलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ । कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको हो । त्यस्तै भेटेरीनरी अस्पताल त

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 993 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोना परीक्षण गर्ने कोशी अस्पतालको पीसीआर मेसिन बिग्रियो

    विराटनगर /  कोशी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्ने पीसीआर मेसिनमा खराबी आएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्ने मेसिनमा खराबी आएपछि मर्मत गर्न कामठमाडौ पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले केही मेसिनमा केही प्राविधिक समस्या आएको बताए । संघीय सरकारबाट एचआईभी परीक्षण गर्न उपलब्ध भएको मेसिन नै स्वाब परीक्षणमा प्रयोग गरिएको थियो । मेसिनले एक पटकमा ७२ वटासम्म स्वाबको परीक्षणको नतिजा दिन्थ्यो । प्रयोगशालमा दैनिक ७ जना प्राविधिक खदिंदा २५० वटासम्म स्वाबको नतिजा आउने गरेको दासले बताए । सोमबारबाट केही समस्या देखिएको थियो । कोशीको मेसिन काठम

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोसीमा पानीको बहाब बढदै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

     धरान /  पहाडी जिल्लाहरुमा सोमबार साझ देखि निरन्तर परेको बर्षाको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । निरन्तरको बर्षाले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । कोशी ब्यारेजका अनुसार आज बिहान साढे ९ बजे को मापन अनुसार सप्तकोशिको बहाब १ लाख ८७ हजार ६ सय ३२ मापन गरिएको छ । सप्तकोशी मा बहाब बढदै गएकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन कोशी ब्यारेजले स्थानियलाइ आग्रह गरेको छ । मंगलबार देखि आउदो ३ दिन सम्म कन्काई, कोशी लगाएत प्रदेश १ का नदीमा बहाव खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,257 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हाइड्रोेले अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति

    इलाम / इलाममा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन । प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका छन । हाइड्रोले ‘स्थानीयबासीसंग सरसल्लाह बिना पानी प्रयोग गर्न लागिएकोमा हाम्रो गम्भीर आपत्ति छ’,

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,033 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • साता भित्रै एसइइको नतिजा सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

    सुनसरी । लकडाउनका कारण परिक्षा नै स्थगित भएको माध्यमिक शिक्षा परिक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा एक साता भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको जनाएको छ । देशै भरीका विद्यालयहरुले आन्तरिक मुल्यांकनका विवरणहरु पठाईसकेको र सकंलन भएका हार्डकपी र सफ्टकपी रुजुको काम अघि बढिरहेकाले यसै साता भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले बताए । उनका अनुसार २५ वटा समुह बनाएर विहिबार देखिनै हार्डकपी र सफ्टकपी रुजुको काम भईरहेको छ । शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरे

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved