आँखा जुधेकै भरमा लुटेरा नाइके पक्राउ इटहरीमा समुह बनाएर लुटने योजना यसरी भयो बिफल

  • श्रावण १३, २०७७
  • तेजबहादुर बन
alt

इटहरी /  समुहमा लुटपाट गर्ने गिरोहका नाइके सहित ४ जनालाइ इलाका प्रहरी कार्यल इटहरीले पक्राउ गरेको छ । सुनसरीको धरान ८ सिद्धकालीका व्यवसायी ५७ वर्षीय डम्बर प्रसाद बास्तोलालाइ लुटपाट गरी फरार भएका मध्ये ३ जनालाइ प्रहरीले आइतबार तरहराबाट पक्राउ गरेको छ । कर्मचारीलाइ तलब दिन भनी इटहरीको हलगडा बाट बस चढेका बास्तोलालाइ तिन जनाको समुहले गत श्रावण १० गते बसभित्रै लुटपाट गरी फरार भएका थिए ।

व्यवसायी वास्तोलाको साथबाट ९७ हजार ६ सय रूपैया लुटेर फरार भएका मध्ये प्रहरीले काभ्रे जिल्लाको तिमाल गाउपालीका वार्ड नं २ धुवाकोट बस्ने २६ वर्षीय कमल तामाङलाइ सोही दिन इटहरीबाट पक्राउ गरेको थियो। बाँकी फरार लुटेरालाइ आइतबार तरहराबाट इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे जिल्लाको रोसी गाउपालिका वडा नं ३ शिखर टोलका ३६ वर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ , काभ्रे जिल्लाकै भुङलो गाउपालीका ८ का ३२ वर्षीय सुजन तामाङ भनिने सन बहादुर तामाङ , र सोहि जिल्लाका रोसी गाउपालीका ५ सोलगाउँ बस्ने २२ वर्षीय चीउनी भन्ने युवराज लामा रहेका छन । पक्राउ परेका चारै जनालाइ इटहरी प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले १२ हजार ९ सय रुपैया नगद र साथमा कपडा बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी गराएको छ । पक्राउ परेका चार जना मध्ये कमल लामा र सुजन भन्ने सनबहादुर लामा यस अघिनै महानगरीय प्रहरी कार्यालयले पनि लुटपाट तथा चोरी काण्डमा पक्राउ गरी कानुन अनुसार सजाय पाइसकेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ ।

पक्राउ परेका चारै जना बिरूद्ध डाका तथा चोरी मुद्धा दर्ता गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अनुसन्धानले के भन्छ ?

यिनिहरू ६ जनाको समुह बनाएर योजनाबद्ध लुटपाट गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । चार जना पक्राउ परे पनि अन्य २ जना भने फरार रहेको इटहरी प्रहरीले जनाएको छ । पक्राउ परेसंगै इटहरीमा पनि समुह बनाएर लुटपाट गर्ने योजना बिफल भएको प्रहरीले दाबी गरेको छ ।

उनिहरूले बसमा लुटिएका बास्तोलालाइ पनि धरानबाटै फलो गर्दै इटहरीमा बसभित्रै चेपेर लुटपाट गरेका थिए । महानगरीय प्रहरी काठमाण्डौले पनि चोरी तथा डकैती मुद्धामा पक्राउ गरीसकेको ब्यक्तिहरू काभ्रेबाट इटहरी धरान हुदै प्रदेश एकका मुख्य जिल्लामाहरूमा यसरी नै समुह बनाएर लुटने योजना बनाइ आएका थिए । तर उनिहरु पक्राउ परेसंगै सबै योजना बिफल भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।

आखा जुधेकै भरमा पक्राउ

५७ वर्षीय बास्तोलाले बसभित्रै लुटिएको भनि दिएको उजुरीको आधारमा प्रहरीले एकलाइ त्यतिबेलै पक्राउ गर्यो । त्यसपछि अन्य समुहको खोजि गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी र प्रहरी जवान बिनोद ओझा सिविलमा खटिए । सादा पोशाकमा खटिएका प्रहरीले रकम लुटेपछि खाजा खान पस्छन भन्ने अनुमानका साथ तरहराको सबै सेकुवापसलहरू हेर्दै अघि बढे तब एक सफारीबाट दुइजना ओर्लिए र होटलमा छिरे होटल छिर्न अघि सादा पोसाकमा खटिएका इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीसंग एकको आखा जुध्यो ।

पुन आखा जुध्ने ब्यक्ति प्रहरी हो भन्ने सुइको पाउनासाथ दुवैजना त्यहाबाट निस्किए र सोहि सफारीमा चढदै तरहराको स्टेनबाट बस चढे १ बस चढदा समेत प्रहरीलाइ हेरीरहेपछि शंका गर्दै तत्काल बसलाइ रोकि दुवै व्यक्तिलाइ तल झारेर केरकार गर्ने क्रममा लुटेराको नाइके रहेको फेला परेपछि तत्काल नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले बताए ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved