समाचार

    Showing 9,151-9,160 of 10,057 items.
  • इटहरीलाइ साउन भरी लकडाउन गरौ भन्दा सिडिओ कडकिएपछि ५ दिनमा झारीयो

     इटहरी । कोविड १९ कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको निस्कर्ष निकाल्दै इटहरी उपमहानगरको मंगलबार साझ बसेको आपतकालिन बैठकले बुधबार बिहान ७ बजेदेखि २५ गते राती १२ बजे सम्मलाइ पुर्णरूपमा लक डाउन घोषणा गरेको छ । लकडाउन घोषणा गरिरहदा जिल्ला प्रशाशन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले केहि समय बजार खुल्ला गरी आंशिक लकडाउन गर्दा राम्रो हुन्छ भनेपछि उपस्थित जनप्रतिनिधिहरूसंग चर्काचर्कि समेत परेको थीयो । बैठकमा उपस्थित अधिकांस जनप्रतिनिधि तथा व्यवसायीहरूले साउन महिनाभरी लकडाउन गराै भनेका थिए तर प्रमुख जिल्ला अधिकारी पाेख्रेलले लामाे लकडाउन गर्दा जनजिवन अस्तब्यस्

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको संक्रमित बढेसंगै इटहरी पनि ५ दिन लकडाउन गर्ने निर्णय

    इटहरी । दैनिक कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरी उपमहानगरले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । चार बजे बसेको आपतकालिन बैठकले इटहरीमा बुधबारदेखि बिहान ७ बजेदेखि ५ दिन सम्म् लागुहुने गरी लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरले जारी गरेको लकडाउन उलंघन गरे कडा कार्वाहि गरिने जनाइएको छ । लक डाउनमा इटहरीको व्यापार व्यवसाय खोल्न नपाउने , अति आवस्यकिय काम बाहेक घरबाट बाहिर निस्कन नपाइने , जस्ता निर्णयहरू गरेको छ । साथै तरकारी डुलाउन पाइने । दुधका सवारी , कुटनितिज्ञ सवारी , पत्रकार लगायतलाइ भने रोक नलगाइने निर्णय गरीएको छ । हाल इटहरीमा समुदाय स्तरमा जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी आयोजनाको पाईप तडोफोड गर्नेलाई कडा कार्वाही हुनुपर्ने काङग्रेस र नेकपाको माग

    धरान/ खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुख सहितको संलगनतामा भत्काइएका घटना प्रति नेपाली काङग्रसे र नेकपाले गम्भिर ध्यानाकषर्ण भएको बताएका छन् । नेकपा र काङग्रेस धराननगर कमिटिले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै खानेपानि जस्तो संवेदनशिल क्षेत्रमा तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् । नेकपा द्वारा विज्ञप्तिमा खानेपानिको आपुर्तिमा समस्या श्रृजना गर्ने जस्तो अमानविय कार्य भएको हुदाँ हर्क सामपाङ जस्ता अराजक व्यक्तीलाई तत्का

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इनरुवा ६ दिन बन्द गर्ने निर्णय     

    सुनसरी । समुदायमै कोरोनाको संक्रमण फैलिन थालेपछी पुनः लकडाउन हुन थालेको छ । संक्रमण देखिएका स्थानीय तहहरुले लडाउन गर्ने निर्णय हरेका छन् । यसै बिछ इनरुवा नगरपालिकाले पनि आज ४ बजे देखि लकडाउनको घोषणा गरेको छ । साउन २६ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो । स्वास्थ्य र सरसफाई बाहेकका अन्य सम्पूर्ण सेवा सहित बजार पसल तथा सरकारी कामकाज पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले निर्णयलाई उल्घन गर्ने जो कोहीलाई पनि क्वारेन्टाईनमा लगेर राख्ने चेतावनी समेत दिएका छन् ।

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंगलबार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ६५ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / मंगलबार थप  २ सय ५९  जनामा संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ९  जना  पुगेको छ ।  नेपालमा हालसम्म  ५८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६५   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार  २६ जना    जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 700 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

    विराटनगर, २० साउन । प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्राल

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भित्री गाउँहरुसम्म पुग्यो कोरोना संक्रमण : व्यवस्थापन फितलो, अस्पताल भरिए

    विराटनगर । कोरोना संक्रमितलाई आईसोलेसनमा भर्ना गराउने विषयमा तारतम्य नमिल्दा संक्रमितहरुले भने सास्ती खेप्नु परेको छ । आईतबार राति मोरङको ग्रामथानका एक जना पुरुषले अस्पताल भर्ना हुन निक्कै हैरानी खेप्नु प¥यो । रिर्पोट पोजेटिभ आएपछि कोशी कोभिड १९ उपचार केन्द्र लग्नु पर्नेमा उनलाई कोशी अस्पतालको इमरेन्जी वार्डमा ल्याएर छाडेपछि करिब ३ घन्टा अलपत्र बने । “पुलिस घरमा गएर एम्बुलेन्समा चढ्न भन्दै गए । चालकले एकातिर लग्नु पर्ने अर्को अस्पताल लगेर छाडिदिए । कहाँ जाने के गर्ने निक्कै बिलखबन्दमा परें,” उनले भने,“कोभिड अस्पतालतिर लग्नु पर्ने अर्कैतिर ल्याएर छाडि दिएछन् । पछि फेरि अ

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,379 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहबीमा २६ गते सम्म लकडाउन

    सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि दुहवी नगरपालिकाले २६ गते सम्म का लागि लकडाउन गर्ने निर्णय गरेको छ । स्थानिय ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछी लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा र अति आवश्यक काम बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले जानकारी दिए । खाद्यान्न पसल भने बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने उनले बताए । दुहवी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विकास घिमिरेका अनुसार नगरपालिकाकै एक कर्मचारी सहित ४ जनामा कोरोना भाइरसको पुष्टि भएपछि लकडाउन गर्ने निर्णय भएको हो । उनका अनुसार अहिले नगरपालिकाका कर्मचारी र अन्य स्थानीयको पनि

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीका एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण देखिएपछि बजार क्षेत्र सिल

    रंगेली  सोमबार मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ। बिराटनगर स्थित कोशीअस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेलीका २२ जनामा संक्रमण पुष्टिद भएको हो । संक्रमण पुष्टि हुनेमा विद्युतप्रधिकरणमा कार्यरत ५ जना र तीन जना रंगेली अस्पतालमा कार्यरत दुईजना प्राविधिक र एकजना भान्से रहेको खुलेको छ । नगरपालिका एक  विज्ञप्ति जारी गर्दै अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको र स्वास्थ्यसँ

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 1,519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी अस्पतालमा कारोनासंग मिल्दो लक्ष्यण देखिएको पुरुषको मृत्यु

    विराटनगर । कोभिड १९ संक्रमणको आशंकामा अस्पताल भर्ना गर्नै लाग्दा उदयपुरका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा भर्ना गर्न ल्याइएका उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मङ्गलबार बिहान मृत्यु भएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले मृतकमा कोरोनाको आंशका गरिएको र लक्ष्यणसमेत मिल्दोजुल्दो देखिएको जानकारी दिए । स्वाब परीक्षणपछि मात्र शवको व्यवस्थापनको काम हुने दासले बताए । न्यौपानेले गएरति उच्च ज्वरोको समस्या भएपछि विराट मेडिकल कलेज टंकीसिनवरीमा ल्याइएको थियो तर त्यहाँबाट कोशी पठाइएको थियो । आईसोलेसनमा भर्ना गर्

    • प्रकाशित मितिः साउन २०, २०७७
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved