प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, २० साउन । प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरंगका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् ।

सुनसरीको दुहवीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सुर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । आज १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरंगको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ९ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

आज गुरु पूर्णिमा र व ...

धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर ...

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved