समाचार

    Showing 9,091-9,100 of 10,056 items.
  • संक्रमण रोक्न तीनै सरकार समन्वयमा जान सांसद संग्रौलाको सुझाव

    विराटनगर । प्रतिनिधि सभाकी सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रदेश १ राजधानी विराटनगरको संक्रमण रोक्न प्रदेश सरकारले ठोस कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएकी छन् ।कोरोनाको संकमण दिनहुँ बढ्दै समुदाय स्तरसम्म पÞmैलिने क्रममा रहेको र विशेष गरी विराटनगरमा भय र त्रासको वातावरण बढेको भन्दै उनले संक्रमितलाई उपचारको लागि भर्ना गरिने आइसोलेसन वार्डको कमी देखिएको जनाएकी छन् । सांसद संग्रौलाले आज सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेकी छन्,“कोरोनाको प्रभावकारी नियन्त्रण र रोकथाम का लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य को आवश्यकता पर्दछ । मुख्यमन्त्री क

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कक्षा ११ को परिक्षा नगराउन निर्देशन

     काठमाडौँ / कोभिड(१९) को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हुँदा नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्न निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन : सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ । विद्यालयले कोरोना अनुकुल भएपछि मात्र कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा सञ्चालन गर्दा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्ने कार्य

    • प्रकाशित मितिः साउन २५, २०७७
    • 1,157 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अविरल बर्षाका कारण पहिरोले घर बगायो

    धनकुटा, २४ साउन ÷अविरल बर्षाका कारण धनकुटाको सहिदभूमि गाउँपालिकामा आज दिउँसो एक घर बगाएको छ । निरन्तरको वर्षाका कारण सहिदभूमि गाउँपालिका–६, आँखिसल्लाका मानबहादुर रानामगरको घर बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ढुंगा माटोले बनेको फुसको छाना भएको एक तले घर माथिबाट पहिरो आएर बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । पहिरोले रानामगरको घर बगाउँदा पूर्णरुपमा क्षति भएको छ । उक्त घर बगाउँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद १५ हजार, एक तोला सुन, दुई तोला चाँदी गरी करिब ४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । दिउँसो १२.३० बजेको समयमा पहिर

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 696 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ६१ संक्रमित थपिए

    विराटनगर, २४ साउन । प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरंगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिप

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३सय ७८जनामा कोरोना संक्रमण पुष्टि,४ सय ९९ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  ३सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना  पुगेको छ ।  नेपालमा हालसम्म ७३   जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  ४ सय ९९   जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित बढ्दै गए, बिरामीलाई आइसोलेसन बेडको व्यवस्थापनमा चुनौती

    धरान । गत विहिबार धरान ३ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुलाई २४ घण्टा सम्म होम आइसोलेसनमा बस्नु पर्यो । शुक्रबार धरान १५ का एक १० वर्षे बालक पनि घरमै छन् । शनिबार पनि उनका आमा र हजुरआमा सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर तुरुन्तै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्न सकिएको छैन् । धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बेडको अभाव भए पछि उनीहरुलाई घरमै राख्न बाध्य भएको थियो । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि संक्रमितहरुको उपचारको व्यवस्थापन पनि चुनौती पुर्ण बन्दै गएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 810 पटक पढिएको
    • "दिनेश गजमेर"
  • प्रहरीका नजरमा माक्स

    इलाम समय :शनिबार विहान ८ बजे स्थान : इलाम चोक बजार इलाम चोकबजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ । त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिल बुक पनि छ । त्यसै समयमा अन्दाजी १७÷१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् । किशोरीले हातमा सानो झोलापनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा माक्स रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपाईको सुरक्षाका लागि हो माक्स । हामीलाई देख्दा मात्र नलगाउनुहोस न ।’ किशोरीहरूले

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 1,535 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा ४६ जनामा कोरोना संक्रमण, २१ जना समुदाय स्तरमै

    धरान । धरानमा समुदाय स्तरमै कारोना संक्रमण फैलिदै गएको छ । अहिले सम्म कारोना संक्रमण देखिएका ४६ जना मध्ये समुदाय स्तरमै फैलिएको कोरोनाबाट संक्रमितको संख्या २१ पुगेको छ । बाँकीका २५ जना भने बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको पोजिटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले समुदायमै कोरोना परिक्षण शुरु गरेको थियो । पहिलो चरणमा गरिएको स्वाब परिक्षणमा ६ जनामा पोजिटिभ आएको छ । पहिलो चरणमा गरिएको १ सय ३० जनाको स्वाब संकलनमा ६ जनामा पोजिटिभ देखिएको उनले बताए । शुक्रबार दुई जनामा कोरोना पोजिटिभ दे

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 1,573 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार संक्रमणबारे प्रदेश मन्त्रीले दिए चासो

    विराटनगर । विराटनगरकापत्रकारलाई कोरोना संक्रमण भएपछि उनीहरुको स्वास्थ्य स्थिति र व्यवस्थापनबारे प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले चासो दिएका छन् । प्रदेश सरकारको स्वास्थ्यको समेत जिम्मेवारी संलहाल्दै आएकामन्त्री घिमिरेलाई नेपालपत्रकार महासंघ प्रदेश १ समितिले औपचारिक रुपमापत्रकार संक्रमितभएको विषय र व्यवस्थापनको समस्याबारे अवगत गराएको थियो । महासंघका अध्यक्षविक्रम लुइँटेलले मन्त्री घिमिरेले टेलिफोन गरी पत्रकारको स्वास्थ्यअवस्थाबारे सोधपुछ गरी जानकारी लिएको बताए । अध्यक्ष लुइँटेलले भने,“महासंघको तर्फबाट मैले औपचारिक रुपमै पत्रकारलाई आइसोलेट गर्ने र स्वास्थ्य समस्याभएउपचारको प

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुसहर माथी सामुहिक आक्रमण गर्ने १२ जना बिरुद्ध किटानी जाहेरी दर्ता

    सुनसरी । बदला लिने भावनाले मोरङको बुढिगङगा गाउँपालिकाका मुसहरहरु माथी आक्रमण गर्ने ६ जनालाइ जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । पिडितहरुले साउन २० गते उजुरी दिए पनि प्रहरीले कागजात नपुगेको भन्दै वडाअध्य्क्षको रोहबरमा छाडिदिएको थियो । चौतर्फी दलित अधिकारकर्मी तथा मानवअधिकार संघ संघसंगठनको दबाब बढ्दै गए पछि प्रहरी १२ जना विरुद्धको किटानी जाहेरी दर्ता गरेर शुक्रबार ६ जना लाई पक्राउ गरेको छ भने फरार रहेका ६ जनाको खोजी कार्य तिवर बनाएको छ । घटनामा पक्राउ परेका र फरार सबै आरोपीहरुलाई ज्यानमार्ने उधोग कसुरमा मोरङ प्रहरीले किटानी जाहेरी दर्ता गराएको छ । शुक्रवार पक्राउ पर्नेहरुमा विराटनगर म

    • प्रकाशित मितिः साउन २४, २०७७
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved