मुसहर माथी सामुहिक आक्रमण गर्ने १२ जना बिरुद्ध किटानी जाहेरी दर्ता "६ जना पक्राउ, ६ जना फरार"

  • साउन २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । बदला लिने भावनाले मोरङको बुढिगङगा गाउँपालिकाका मुसहरहरु माथी आक्रमण गर्ने ६ जनालाइ जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । पिडितहरुले साउन २० गते उजुरी दिए पनि प्रहरीले कागजात नपुगेको भन्दै वडाअध्य्क्षको रोहबरमा छाडिदिएको थियो । चौतर्फी दलित अधिकारकर्मी तथा मानवअधिकार संघ संघसंगठनको दबाब बढ्दै गए पछि प्रहरी १२ जना विरुद्धको किटानी जाहेरी दर्ता गरेर शुक्रबार ६ जना लाई पक्राउ गरेको छ भने फरार रहेका ६ जनाको खोजी कार्य तिवर बनाएको छ ।

घटनामा पक्राउ परेका र फरार सबै आरोपीहरुलाई ज्यानमार्ने उधोग कसुरमा मोरङ प्रहरीले किटानी जाहेरी दर्ता गराएको छ । शुक्रवार पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका १४ का २६ बर्षिय सञ्जय यादव , ३६ बर्षिय उत्तिम लाल यादव , ४५ बर्षिय राजदेव यादव , २५ बर्षिय ब्रम्हदेव यादव १८ बर्षिय दिपक साह, ३२ बर्षिय विन्दु यादव छन । बुढीगंगा गाउँपालिका २ का ३५ बर्षिय रंजित यादव , ४० बर्षिय बिरेन्द्र गडेरी , २५ बर्षिय धिरेन गडेरी , २५ बर्षिय सुरेन गडेरी ३० बर्षिय चलमलिया यादव र अर्का एक जना आरोपी अझै फरार छन । उनीहरुको खोजीतीब्र रुपले भैरहेको प्रहरीले जनाएको छ ।

आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्ने प्रहरीको प्रतिबद्धता जनाएको छ । आक्रमणको प्रत्यक्षदर्शी समेत रहेको घाइते सरस्वती ऋषिदेवकी छोरी उर्मिला ऋषिदेवले दोषिहरु भोलिपल्टै छुटेपछि फेरि आक्रमण हुने डरले आत्महत्या गरेको थिइन । छोरीले आत्महत्या गरेको घटनाबारे पनि अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख सन्तोष खडकाले प्रतिबद्धता जनाएका छन । शुक्रबार दलित अगुवाहरुलाई एसपी खडकाले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने र आत्महत्याको घटना पनि अनुसन्धान गरेर दुरुत्साहन कसुर पाइएमा थप कानुनी कार्वाही चलाउने बताए ।

उनले भने , ‘म विरामी भएकोले नियन्त्रणमा लिएकाहरु रोहवरमा छाडिएछन ,तर अव म मुद्दा बिग्रनदिन्न आक्रमण र आत्महत्यादुबै घटना सुक्ष्म अनुसन्धान गरेर अदालतमा मुद्दा बुझाउँछु र फरारहरुलाई पनि पक्राउ गर्छु ।’, प्रहरीले जाहेरी दर्ता गरेपछि उर्मीलाको शव परिवारले बुझेका छन । आक्रमणकारीलाई पक्राउ नगरे सम्म उर्मिलाको शब नबुझ्ने र कडा सङ्घर्श गर्ने अडान परिवार सहित दलित अधिकारकर्मी हरुले लिएका थिए ।

प्रहरी प्रमुखले घटनाका सबै आरोपीहरुलाई पक्राउ गरेर अदालतमा म्यादथप गराएको र आत्महत्याको घटना पनि थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि शुक्रवार साँझ उर्मीलाको शव जिम्मा लिएका हुन् । नेपाल राष्ट्रिय मुसहर संघ मोरङका अध्यक्ष जितेन्द्र ऋषिदेवले भने , ‘ एसपी साहेबले सबैलाई कर्वाहीगर्ने र घटनाको सुक्ष्म अनुसन्धान गर्ने आश्वासन दिएपछि हामीले उर्मीलाको शव बुझेका छौ तर मुद्दा अदालतमा नपुगे सम्मआफनो संघर्ष जारी राख्छौ ।’, स्थानिय बैजनाथ यादवको परिवारले राजमार्ग खनेर पानीको निकास निकाल्ने सामान्य बिषयमा भएको बिबादमा बिराटनगर १४ जतुवाका मानिसहरु लाई बोलाएर आक्रमण गर्न लगाएका थिए । प्रहरीले घाइतेहरु लाई अस्पताल भर्ना गराउन र जाहेरी दर्ता गरेर घटना अनुसन्धान गर्न पनि वेवास्ता गरेको थियो ।

आक्रमणबाट घाइते भएका मुसहरहरु आलो घाउ लिएर न्याय माग्दै पहिले जिप्रका मोरङ पुगेका थिए । मोरङ प्रहरीले इलाका प्रहरी निमुवाको इलाका भन्दै पठाएको थियो । ईप्रका निमुवाले घटना मिलापत्र गराउन प्रयास गरेपछि राजनैतिक पार्टीका स्थानिय प्रतिनिधि र सहयोगीहरुले विरोध गरेका थिए । त्यसपछि ईप्रका निमुवाले नियन्त्रणमा लिएका पाँचजना लाई जिप्रका मोरङ पठाइदिएको थियो ।

त्यसपछि मोरङ प्रहरीले नियन्त्रणमा लिएका सबैलाई निमित्त वडा अध्यक्षको रोहवरमा छाडिदिएका थिए । त्यसपछिनिमित्त वडा अध्यक्ष महिचन्द्रले पिडितको उपचार गरिदिने र केही क्षतिपुर्ति समेत दिने भन्दै घटना मिलापत्र गराउने प्रयास गरेका थिए । दलित संघसस्थाहरुले दलित बस्तीमा वर्वर आक्रमण गर्नेहरुलाई पक्राउ गरेर तुरुन्त ज्यानमार्ने उद्योग , आत्महत्या दुरुत्साहन र जातियविभेद कसुरमा मुद्दा दर्ता गर्न प्रहरी प्रशासन सँग माग गरेका छन । उनीहरुले घटनाको निष्पक्ष छानविन गर्न राष्ट्रिय मानवअधिकार आयोग र गृहमन्त्रीसँग आग्रह पनि गरेका छन ।

राष्ट्रिय सभापुर्व सांसद खेम नेपाली , प्रदेश सांसद उमीता वराईली , समाजवादीशिल्पी संगठनका केन्द्रिय उपाध्यक्ष ज्ञानकुमार परियार , संघिय शिल्पि दलित संघका केन्द्रिय उपाध्यक्ष बलराम सदा सहित नेपाल राष्ट्रिय मुसहर संघ , नेपाल दलित संघ , दलित संगठन , तराई मानवअधिकार सञ्जाल , दलित गैरसरकारी सँस्था महासंघ प्रदेश १ समिति , दलित मानवअधिकार मञ्च प्रदेश १ , रिडेफ नेपाल , दलित संगठन मोरङ लगायत दुई दर्जन दलितअधिकारबादी सँस्था र अधिकारकर्मीहरुले अमानविय घटनाको भत्सर्ना गर्दै दोषीहरुलाई कानुनी दायरामा नल्याए कडा संघर्ष थाल्ने चेतावनी दिएका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved