प्रहरीका नजरमा माक्स

  • श्रावण २४, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम
समय :शनिबार विहान ८ बजे
स्थान : इलाम चोक बजार
इलाम चोकबजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ ।
त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिल बुक पनि छ । त्यसै समयमा अन्दाजी १७÷१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् ।
किशोरीले हातमा सानो झोलापनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा माक्स रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपाईको सुरक्षाका लागि हो माक्स । हामीलाई देख्दा मात्र नलगाउनुहोस न ।’ किशोरीहरूले प्रहरीको कुरा सुनेर पनि नसुने झै गरेर बाटो काटे ।

चोक बजारमा फेरि मालापथ(बजार पूर्वी) लाइनबाट एकजना अन्दाजी ४० वर्षका पुरुष चोक बजारतिरै आइरहेका छन् । उनले पनि हातमा झोला झुण्डाएका छन् भने । मुख भने खुला नै छ । सबै प्रहरीको नजर उनको तिर परिसकेको छ । उनी चोकमा रहेको प्रहरी सूचना केन्द्र अगाडि आइपुग्छन् र प्रहरी सँग भेट हुन्छ । ‘दाइ एकछिन उभिनोस् त’ ।

हातको जरिवाना रसिद पल्टाउँदै प्रहरीले भने,‘तपाईले माक्स नलाई हिड्नु भएको छ एकसय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।’ प्रहरीले त्यति भन्दा नभन्दै एक हातले गोजी छाम्दै अर्को हातले (झोला बोकेको) मालापथ लाइनतर्फ देखाउँदै भने,‘उ त्यही पुगेर आएको गोजिमा छ माक्स ।’ यति भनेर उनले गोजीबाट माक्स निकालेर कानमा झुण्डाउन थाले ।

‘मान्छेलाई भनिकन नलाग्ने रहेछ हाम्रो लागि माक्स लगाउनु पर्ने जसो गर्छन्’ ड्युटीमा खटेका एक प्रहरीको मुखबाट आवाज निस्कियो । उ सँगै ड्युटीमा खटेका अर्का प्रहरीले चोक बजारतिर इसारा गर्दै भने,‘उ ती दिदीलाई पनि हेर्नु न । हामीलाई देखेपछि माक्स निकाल्दैछिन् ।’ प्रहरीले भनेजस्तै चोकमै आइपुग्न लागेपछि प्रहरीलाई देखेर ती महिलाले माक्स लगाउन थालिन् ।
त्यति नै बेला पहिले बजार छिरेका किशोरीहरू हातमा तरकारीको झोला हल्लाउँदै फेरि चोक बजार निस्किए । अघि प्रहरीलाई देखेपछि लगाएको माक्स अहिले मुखमा देखिदैन ।

प्रहरीले किशोरीहरूलाई फेरि पनि देख्यो । प्रहरीले देखेपछि किशोरी झसङ्ग हुँदै झोलाबाट माक्स निकाल्छन् र माक्स लाएर सरासर हिड्छन् । यी घटना त प्रतिनिधि पात्र मात्र हुन् ।
विहानको समयमा घरायसी सामान किन्नका लागि बजार आएकाले चहलपहल बाक्लो छ । कोही माक्स लगाएरै हिडिरहेका छन त कोही प्रहरीलाई देखेपछि माक्स लागाउने गर्छन् । बिहानको ‘ड्युटी’मा खटिएका ट्रफिक प्रहरी जवान यमुना पोख्रेल भन्छिन्,‘पहिले त धेरैजसो माक्स विनानै आउने गर्थे तर प्रहरीले कडाइका साथ जरिवाना काट्न थाले पछि त धेरै जसोले माक्स लगाएकै देखिन्छ ।’

पछिल्लो समय इलाममा कोरोना संक्रमणको संख्या बढेसँगै प्रहरीले माक्स लगाउन कडाइ गर्दापनि केहीले अँटेर गरिरहेको इलाम चोकका असइ डिकसेर राई को भनाइ छ । माक्स नलाइ हिड्नेलाई कारबाही स्वरुप एक सय रुपैया जरिवाना कटाउन थालेपछि अधिकांशले माक्स लगाउन थालेको असइ राइले बताए ।

प्रहरीले अहिले सम्म ३५ जनालाई करबाही गरेर ३५ सय रुपैया जरिवाना उठाइसकेको छ । राई भन्छन्,“अहिले त धेरै जसो माक्स लगाएरै हिन्छन् । यहाँ दुईचार जना छन अलि अटेरी र भनिकन पनि लाग्दैन ।’
इलाममा हालसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये इलाम नगरपालिकामा सबैभन्दा बढी ५६ जना संक्रमित छन् भने सूर्योदय नगरपालिकामा १४ जना, माइ नगपालिकामा ३, देउमाई नगरपालिका २ र रोङ गाउँपालिकामा १ मा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको सशस्त्र प्रहरी १ नं. गणका मात्रै ४६ जनामा कोरोना देखिएको छ । पछिल्ला दिनमा कोरोना संक्रमण बढेको पाइएको छ ।

निर्माण मजदुरको उपचा ...

धरान/ काम गर्दागर्दै करेन्ट लागेर गम्भिर घाइते भएक ...

धरानका मेयरद्धारा स ...

धरान/ उमेरले पाको,दारी,जुंगा,कपाल सेतै फुलेका जीत ...

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved