पत्रकार संक्रमणबारे प्रदेश मन्त्रीले दिए चासो

  • साउन २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt


विराटनगर । विराटनगरकापत्रकारलाई कोरोना संक्रमण भएपछि उनीहरुको स्वास्थ्य स्थिति र व्यवस्थापनबारे प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले चासो दिएका छन् ।

प्रदेश सरकारको स्वास्थ्यको समेत जिम्मेवारी संलहाल्दै आएकामन्त्री घिमिरेलाई नेपालपत्रकार महासंघ प्रदेश १ समितिले औपचारिक रुपमापत्रकार संक्रमितभएको विषय र व्यवस्थापनको समस्याबारे अवगत गराएको थियो । महासंघका अध्यक्षविक्रम लुइँटेलले मन्त्री घिमिरेले टेलिफोन गरी पत्रकारको स्वास्थ्यअवस्थाबारे सोधपुछ गरी जानकारी लिएको बताए ।

अध्यक्ष लुइँटेलले भने,“महासंघको तर्फबाट मैले औपचारिक रुपमै पत्रकारलाई आइसोलेट गर्ने र स्वास्थ्य समस्याभएउपचारको प्रबन्धगर्न ध्यानाकर्षण गराएपछि मन्त्रीज्यूले चासो लिनु भएको हो ।” घर वा डेरामा बस्न समस्याहुने पत्रकारकालागिअलग्गै रुपमाआइसोलेसन व्यवस्थापनगर्नसमेत सरकारलाई आग्रह गरेको र महासंघकै पहलमा समेत योजनाबनाइरहेको अध्यक्ष लुइँटेलले जानकारी दिएका छन् ।उनले भने,“परिवारको पीसीआर जाँचगर्नसमेत आग्रहगरिएको र जोखिम बढेकोले अरुपमा समेत संक्रमण हुने खतरा देखिएको छ ।”
विराटनगरको लोकप्रिय दैनिकउद्घोषमाकार्यरत दुई जनापत्रकारमा संक्रमण पुष्टि भएको छ ।

पत्रकार संजीवखनाल र कमल रिमालले फेसबुक स्टाटस लेखेर यसबीचमाआफूहरुसंग सम्पर्कमाआएकाहरुलाई सावधानीअपनाउनआह्वान गरेका छन् । सहयोगीसहितउद्घोष दैनिककादुई जनामा संक्रमण देखिएको थियो । शनिबारदेखिउद्घोष दैनिकको प्रकाशनबन्दभएको छ । विराटनगरकाअर्का ४७वर्षीय पत्रकारपनि सेल्फआईसोलेसनमा घरमै छन् । उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ । पत्रकारहरुलाई टेलिफोन गरी आन्तरिक मामिलातथाकानुनमन्त्रीहिक्मतकार्कीले पनि स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved