समाचार

    Showing 9,071-9,080 of 10,056 items.
  • वीपीको गाइनोमा उपचाररत सिरहाकी महिलामा कोरोना संक्रमण पुष्टि

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ । जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’ जनकपुर अस्पताल

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज

    विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र

    धनकुटा, २६ साउन / धनकुटामा बिद्युत अनियमित भएपछि आक्रोशित उपभोक्ताहरुले आज बिद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बिद्युत प्राधिकरणको लापरबाहीका कारण बत्ती नियमित नआएको भन्दै आक्रोशित बनेका उपभोक्ताहरुले प्राधिकरणको कार्यालयमा पुगेर बत्ती नियमित गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । नागरिक समाज धनकुटाको अगुवाईमा धनकुटा बसपार्कमा भेला भएका उपभोक्ताहरुले जिरोपईन्टस्थित बिद्युत प्राधिकरणको बितरण केन्द्र पुगेर केन्द्रका प्रमुख दिपकसापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बत्ती नियमित नआउँदा उपभोक्ताहरु मारमा परेकाले नियमित बत्ती आउने व्यवस्था मिलाउँन माग सहित ध्यानाक

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 800 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • थप ३सय ३८जनामा कोरोना संक्रमण पुष्टि,१ सय ४० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ आइतबार, श्रावण २६/ आज थप  ३सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ३सय १०  जना  पुगेको छ । काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुष बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिला, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिला,काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुष को मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या  ७९ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानले समन्वय नगरेको गुनासो, आइसोलेसनको विकल्प खोज्दै धरान

    धरान । देशकै उत्कृष्ठ अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि कोरोनाको महामारीमा स्थानीय जनता लाभान्वीत हुन पाएनन् । कोरोना पोजिटिभको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगरिदिदा धरानका कोरोना संक्रमित बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेका धरान उपमहानगरपालिकाले गुनासो गरेकोछ । पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । दुई साता भित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमित देखिएका छन् भने २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् । । पोजिटिभ केशहरु अहिले घरमै राख्नु पर्

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 879 पटक पढिएको
    • " दिनेश गजमेर"
  • धरानमा लकडाउन बढ्ने निश्चित, उपभोग्य वस्तुका पसल खुल्न सक्ने

    धरान । कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्दै गए पछि साउन २८ गते सम्म आव्हान गरिएको धरानको लकडाउनको समयावधि बढ्ने निश्चित भएको छ । लकडाउन लम्बिए पनि उपभोग्य वस्तुका पसलहरुहरु भने खुल्न सक्ने देखिएको छ । लकडाउनको समयावधि बढ्ने निश्चित भए पनि अति आवश्यकीय वस्तुहरुको उपलब्धताको विषयमा भने छलफल भइरहेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । लकडाउनकै समयमा पनि कोरोना संक्रमणको संख्या उच्च दरमा बढिरहेकाले लकडाउन लम्बिने निश्चित रहेको बताए । उनले भने, ‘साउन २८ गते सम्म भनेका छौं तर संक्रमणको संख्या उच्च दरमा बढिरहेको छ । त्यसैले तत्कालै लकडाउनलाई खोल्ने वा खुकुलो बनाउने अवश्था छैन ।&

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 1,370 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम

    धनकुटा, २६ साउन ÷अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संगठित र एकताबद्ध हुन आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । २६ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित ‘आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व सांसद एवम् नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका संस्थापक संयोजक दुर्गा लिंखाले आदिवासी जनजातिहरुले पहिचानका मुद्दा, प्रतिनिधित्वको मुद्दा र पहुँचको मुद्दा उठाईरहेको अवस्थामा आदिवासी जनजातिहरु बीच एकता र संगठित हुन आवश्यक रहेको बताए । नेपालको संविधानमा पहिचान, प्रतिनिधित्व, पहुँच, मातृभाषा शिक्षा र स्वायत्त

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 898 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • विराटनगरमा न्यायाधीशलाई कोरोना भएपछि अदालत बन्द

    विराटनगर । विराटनगरमा न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको छ । अदालतबाट संकलन गरिएको स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएको हो । जिल्ला अदालत मोरङका न्यायाधीशसहितका कर्मचारीको पीसीआर परीक्षण भएको थियो । एक जना न्यायाधिशमा संक्रमण पुष्टि भएको हो । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको सेवा तीन दिनका लागि बन्द गरिने भएको छ ।अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब लिन र परीक्षण गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरिएको पौडेलले बताएका छन् ।

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुपरमाई हाइड्रो विरुद्घ स्थानीय

    इलाम/ गत साउन १२ गते इलामको माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै संघर्ष समिति गठन गरी स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिए । प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका थिए । फेरी साउन २४ गते निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाले प्रभावित क्षेत्रको कागजात पत्र दिन नमानेको भन्दै स्थानीय आक्रोशित बने । आक्रोशित बनेको संघर

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 983 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सोमबार ९ जना थपिए सगैँ धरानमा कोरोना संक्रमितको संख्या ५५ पुग्यो

    धरान । समुदायमै कोरोना संक्रमण देखिन थालेपछी धरान उपमहानगरपालिका ले गरेको मास टेस्टिङ्का क्रममा सोमबार पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० देखि शुरु गरिएको मास टेस्टिङ्का क्रममा समुदाय स्तरमै १५ जनामा कोरोना संक्रमण देखि सकेको छ । सोमबार विहान आएको रिपोर्ट अनुसार धरान–६ का २ युवा, धरान १३ का २ युवा, धरान–१० का दुई महिला र धरान–१५, १६ र १९ का एक एक युवालाई संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। संक्रमण देखिएका हरुको सम्पर्कमा रहेका हरुको ट्रेसिङ गरेर सबैको स्वाब परिक्षण गरिने उनले बताए । सोमबार थपिएका ९ जना स

    • प्रकाशित मितिः साउन २६, २०७७
    • 1,540 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved