धरानमा लकडाउन बढ्ने निश्चित, उपभोग्य वस्तुका पसल खुल्न सक्ने

  • साउन २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्दै गए पछि साउन २८ गते सम्म आव्हान गरिएको धरानको लकडाउनको समयावधि बढ्ने निश्चित भएको छ । लकडाउन लम्बिए पनि उपभोग्य वस्तुका पसलहरुहरु भने खुल्न सक्ने देखिएको छ ।

लकडाउनको समयावधि बढ्ने निश्चित भए पनि अति आवश्यकीय वस्तुहरुको उपलब्धताको विषयमा भने छलफल भइरहेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । लकडाउनकै समयमा पनि कोरोना संक्रमणको संख्या उच्च दरमा बढिरहेकाले लकडाउन लम्बिने निश्चित रहेको बताए । उनले भने, ‘साउन २८ गते सम्म भनेका छौं तर संक्रमणको संख्या उच्च दरमा बढिरहेको छ । त्यसैले तत्कालै लकडाउनलाई खोल्ने वा खुकुलो बनाउने अवश्था छैन ।’

सुनसरी जिल्ला प्रशासन कार्यालयले पनि साउन २६ गते सम्मको निषेधाज्ञा बढाएर साउन ३२ गते सम्म पुर्याएको छ । सोही अनुसार पनि लकडाउनको समय थपिने उनको भनाई छ ।

दोस्रो चरणको लकडाउनमा दुधजन्य वस्तु लगायत तरकारी बोक्ने गाडिहरु समेत बन्द रहेको थियो । औषधीजन्य वस्तुका पसल देखि बाहेक सबै किसिमका सेवाहरु बन्द गरेको अवश्थामा स्थानीयहरुबाट पनि विरोध आउँन थालेको छ । उपभोग्य वस्तुहरुको अभाव हुने भएकाले अति आवश्यकीय वस्तुहरुको विषयमा छलफल भइरहेको पनि उनले बताए । उनले भने, खाद्यान्न, दुधजन्य वस्तु, तरकारी पसलहरुको विषयमा छलफल हुन सक्छ तर बन्दलाई चै निरन्तर दिनुपर्ने आवश्यक्ता महशुष भइरहेको छ ।’ अति आवश्यक वस्तुहरुको व्यवस्थापन गर्न छलफल गरेर टुङ्गो लगाउने उनको भनाई छ ।

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved