आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम

  • साउन २६, २०७७
  • "सन्तोष रुचाल"
alt


धनकुटा, २६ साउन ÷अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संगठित र एकताबद्ध हुन आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

२६ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित ‘आदिवासी जनजातिहरुको पहिचान, प्रतिनिधित्व र पहुँचको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व सांसद एवम् नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका संस्थापक संयोजक दुर्गा लिंखाले आदिवासी जनजातिहरुले पहिचानका मुद्दा, प्रतिनिधित्वको मुद्दा र पहुँचको मुद्दा उठाईरहेको अवस्थामा आदिवासी जनजातिहरु बीच एकता र संगठित हुन आवश्यक रहेको बताए । नेपालको संविधानमा पहिचान, प्रतिनिधित्व, पहुँच, मातृभाषा शिक्षा र स्वायत्त क्षेत्रहरुको सवालमा व्यवस्था भएको उल्लेख गर्दै कार्यान्वयनको लागि आदिवासी जनजातिहरुले सरकारलाई बेला–बेला ध्यानाकर्षण गराउन आवश्यक रहेको लिंखाले औल्याए ।

नेपाल आविासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका पूर्व अध्यक्ष पार्वती राईले आफ्नो अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरु सुतेर बस्न नहुने उल्लेख गर्दै अधिकार प्राप्तिको लागी एकताबद्ध भएर अघि बढ्न सुझाव दिईन् । सो अवसरमा जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, भुजेल सेवा समाजका अध्यक्ष जयपुर्ण भुजेल, किराँत याखा छुम्माका अध्यक्ष नगेन्द्र देवान, किराँत आठपहरिया समाजका अध्यक्ष अष्टवहादुर आठपहरिया लगायतले अधिकार प्राप्तिको लागि सबै एक हुनु पर्नेमा जोड दिए ।

दिवसको अवसर पारेर पहिचान, प्रतिनिधित्व, पहुँचको सवालमा मातृभाषा शिक्षा, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई संविधानमा व्यावस्था भए अनुसार कार्यान्वयन गर्न माग गर्दै नेपाल सरकारलाई ज्ञापन–पत्र समेत पठाएका छन् । उनीहरुले जिल्ला समन्वय समितिका उप–प्रमुख बंगला राई मार्फत ज्ञापन–पत्र नेपाल सरकारलाई पठाएका हुन् । यो बर्षको विश्व आदिवासी दिवस ''COVID-19 and Indigenous Peoples Resilience'' भन्ने विश्वव्यापी नारा सहित पहिचान सहितको संघीयता र स्वयत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस, स्वनिर्णित विकास र महामारीमा बाँच्ने तथा बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस भन्ने मूल नाराका साथ मनाइएको छ ।pic-3

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved