समाचार

    Showing 8,831-8,840 of 10,053 items.
  • प्रदेश १ मा आज १३७ संक्रमित थपिए

    विराटनगर, १७ भदौ । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरी

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन–निषेधाज्ञा पूर्णत अन्त गर्न विराटनगरमा उद्योगी व्यवसायीको माग

    विराटनगर । विराटनगरमा उद्योगी तथा व्यापारीसंग सम्बन्धित तीनवटा व्यवसायिक संगठनले अब लकडाउन र निषेधाज्ञाको श्रृखंला बन्द हुनुपर्ने माग गरेका छन । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले लकडाउन र निषेधाज्ञाले व्यापार, व्यवसाय तथा उद्योगधन्दा नै चौपट हुने अवस्था आएको भन्दै अब विकल्प खोज्नुपर्ने माग गरेका छन । निरन्तरको निषेधाज्ञाको कारण बैंकको ऋण, ब्याज, किस्ता तिर्न नसक्ने, बीमा प्रिमियस भुक्तान गर्न नसक्ने, घर बहाल, विद्युत, खानेपानी, टेलिफोन आदिको न्यूनतम बिल भुक्नानी गर्न नसक्ने, उद्योग कच्चा पदार्थ तथा तैयारी वस्तुहरुको ओसार पसार तथा बिक्री हुन नसकेको, कर्मचारी, मजदुर, प्

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार देखाएर विराटनगरमा व्यापारीसंग चन्दा असुल्ने गिरोह पक्राउ

    विराटनगर । हतियार देखाउँदै धाकधम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन । गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेश राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसंग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुई पटकमा ५ लाख रूपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले भदौ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिहिबार देखि १० बजेसम्म सुनसरीका ब्यवसाय सञ्चालन हुने

    धरान  विश्वव्यपी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासले जारी गरेका निषेधाज्ञामा परीवर्तन गरिएको छ । भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान १० बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार फिल्म हल, शैलुन, ब्युटी पार्लर बन्द नै रहने छ । प्रसाशनले भदौ १८ गते देखि

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान नखुेलीकी वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु, जानकारी भए खबर गर्न प्रहरीको आग्रह

    धरान । पहिचान नखुलेकी एक वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मंगलबार राती साढे सात बजेको समयमा मोटरसाइकल ठक्कर दिदाँ घाइते भएकी थिईन । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती करिब साढे ८ बजे मृत्यु भएको थियो । उनलई वडा नम्बर १७ का राम पौडेलले चलाएको को ८ प ९३०२ को मोटरसाइकल ठक्कर दिएको थियो । मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । वृद्धाको पहिचान नखुलेकाले कोही कसैलाइ जानकारी भए प्रहरीलाई जानकारी गराई दिन प्रहरीले अनुरोध गरेको छ । प्रहरीका अनुसार अन्दाजी ७

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,227 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलको मुल्यमा वृद्धि ( विज्ञप्ति सहित)

    काठमाडौं । पेट्रोलको मुल्यमा फेरी वृद्धि भएको छ । नेपाल आयल निगममले मंगलबार राति १२ बजे देखि लागु हुने गरि लिटरमा २ रुपौंया बढाएको छ । नयाँ मुल्य अनुसार पोट्रोलको मुल्य अब १०७ रुपौंया हुने भएको छ । निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ । भारतबाट १ सेप्टेम्बर (आज) मा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास मन्त्रालयद्धारा मन्त्री घिमिरेको स्वास्थ्यलाभको कामना

    विराटनगर १६ भदौ । कोरोना संक्रमण देखिएर होम आईसोलेसनमा रहनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोरोना भाईरहेको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्री घिमिरेको महत्वपूर्ण भूमिका रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्धारा जारी विज्ञप्तीमा भदौ १५ गते गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । यसैवीच मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 931 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा निषेधाज्ञा थपियो तर बजार–पसल खुल्ने

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि भदौ २२ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइन छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधा सम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खल्ला गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाइएको छ । सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाईएको छ । सार्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,367 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्क नलगाएको भन्दै कोशी पुलमा बेलका प्रहरीको दादागिरी

     वराहक्षेत्र । बेलका नगरपालिका र वराहक्षेत्र जोड्ने चतराघाटस्थित कोशी पुलमा बेलका प्रहरीले दादागिरी देखाउदै मास्क नलगाउने बाट पैसा असुलेर यात्रुहरु लाई दुख दिने गरेको पाइएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण तथा बाहिर बाट बेलका प्रबेश गर्ने यात्रुहरुलाइ चेकजाँच गर्न बसेको प्रहरीको टोलिले दादागिरी शैलीमा रकम उठाउने गरेको स्थानीयको गुनासो छ । मास्क नलाएको भन्दै पुलमा ओहोर दोहोर गर्ने पैदल यात्रु लाई जरीवना लिने तर चिनजान भएको मोटरबाइक र चार चक्के गाडीलाई निर्वाध आउजान गर्न दिने गरेको यात्रुहरुको आरोप छ । प्रहरीको ज्यादतीमा पत्रकार सन्तोष गुप्ता पनि परेका छन् । कोशीपुल स्थित ढाटमा प्रहरीले

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 3,367 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ८७ संक्रमित थपिए

    विराटनगर, १६ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषm गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनक

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved