लकडाउन–निषेधाज्ञा पूर्णत अन्त गर्न विराटनगरमा उद्योगी व्यवसायीको माग

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा उद्योगी तथा व्यापारीसंग सम्बन्धित तीनवटा व्यवसायिक संगठनले अब लकडाउन र निषेधाज्ञाको श्रृखंला बन्द हुनुपर्ने माग गरेका छन ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले लकडाउन र निषेधाज्ञाले व्यापार, व्यवसाय तथा उद्योगधन्दा नै चौपट हुने अवस्था आएको भन्दै अब विकल्प खोज्नुपर्ने माग गरेका छन ।

निरन्तरको निषेधाज्ञाको कारण बैंकको ऋण, ब्याज, किस्ता तिर्न नसक्ने, बीमा प्रिमियस भुक्तान गर्न नसक्ने, घर बहाल, विद्युत, खानेपानी, टेलिफोन आदिको न्यूनतम बिल भुक्नानी गर्न नसक्ने, उद्योग कच्चा पदार्थ तथा तैयारी वस्तुहरुको ओसार पसार तथा बिक्री हुन नसकेको, कर्मचारी, मजदुर, प्राविधिक आदकिो व्यवस्थापनमा समस्या भएको ती संगठनले जनाएका छन ।

बुधकार संगठनका अध्यक्ष भीम घिमिरे, व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र विराट व्यापार संघका अध्यक्ष सुजन थापाले संयुक्त विज्ञप्ति प्रकासित गरी पसलमा रहेको तथा स्टक मालवस्तुको म्याद गुज्रिएर खेर गएको र खर्चको दायित्वसमेत बढेको भन्दै ‘निरन्तर रुपमा हुने लकडाउन तथा निषेधाज्ञा अब सान्र्दभिक नभएको हाम्रो ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञालाई अब सदाको लागि अन्त गर्दै संक्रमणको यस जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठन साथै नेपाल सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी प्रोटोकल अनिवार्य पालना गराउन सुझाव दिइएको छ ।

ती संगठनले उद्योग र व्यवसाय पूर्णरुपमा ंचालन गर्ने सहज वातावरण बनाउन माग गर्दै उत्पादन प्रक्रियालँई निरन्तरता दिई आपूर्तिको सहज व्यवस्था गर्ने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गरेका छन ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved