समाचार

    Showing 8,661-8,670 of 10,052 items.
  • संविधान दिवशमा मदन भण्डारी स्पोर्टस एकेडेमीको रक्तदान, १ सय ४ पिन्ट संकलन

    धरान । संविधान दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ पिन्ट रगत संकलन गरेको छ । शनिबार एकेडेमी नगर समितिले धरानमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परामर्शमा कार्यक्रम गरेको हो ।  रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाकि उपमेयर मन्जु भण्डारी सुबेदीले रक्तदान गरेर उदघाटन गरेकी थिइन । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा हातेमालो फाउण्डेसन, सेवक अभियानसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा हातेमालो फाउण्डेशनको सहयोगमा निःशुल्क स्वास्थ्य परामर्श सेवा समेत दिइएको थियो । साथै, सामाजिक संस्था सेवक अभियानले

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्लाहीमा हिन्दु र मुस्लिम समुदाय बिच विवाद बढेपछि कर्फ्यु जारी

    धरान/  विश्वव्यापी महामारी नियन्त्रण गर्न ६ महिना देखि जारी गरिएको लकडाउन, निषेधाज्ञा केही खुकुलो भएर जन जिवन सामान्यकरण हुदैँ गएको बेला र्सलाहीमा भने कर्फ्यु जारी गरिएको छ । हिन्दु र मुस्लिम समुदाय बिच भएको विवादका कारण जिल्ला प्रशासन कार्यलय र्सलाही जिल्ला सदरमुकाम क्षेत्रमा शनिबार दिउँसो १ः३० देखि आइतबार विहान ८ सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । गत असोज १ गते विश्वकर्मा पूजाका दिन पूजा गरिएको मूर्ति शुक्रबार सेलाउन जाने क्रममा दुई समुदाय विवाद भएको हो । शुक्रबार हिन्दु समुदायका मनिसहरु मूर्ती ट्याकटरमा राखेर डिजे बजाउँदै मुस्लिम समुदायको मस्जिद रहेको नजिकै को पोखरीमा गएपछि दु

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,261 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइसोलेसनमा चोरीः संक्रमित निको भएपछि तन्नाडस्ना सबै गायब

    वराहक्षेत्र १ चतरास्थित आइसोलेसन भवनमा संक्रमितहरुले संक्रमणमूक्त भएपछि चोरी गर्ने गरेको खुलेको छ । आइसोलेसनका क्रममा बस्दा संक्रमितलाई प्रयोगका लागि उपलब्ध गराइएको इलेक्ट्रोनिक्स जग, मल्टी बोड, ब्ल्यान्केट, तन्ना, थर्मोमिटर, झूल र सिरानीको खोल समेत बोकेर साथै लाने गरेको पाइएको छ । आइसोलेसनमा कार्यरत अहेब प्रमोद यादबका अनुसार कोरोना संक्रमण भएर आउनेहरुले चोरी गरेर लाने गरेका हुन् । आइसोलेसनबाट सामान बोकी लानेहरुले अमानवीय व्यवहार देखाएको उनले गुनासो गरे । संक्रमणमूक्त हुनेको उत्साहजनक तथ्यांकवराहक्षेत्र १ स्थित चतरा आइसोलेसनमा रहेका कोभिड– १९ संक्रमितहरु संक्रमण मूक्त भई घर फर्किरहे

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,701 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभामुख भण्डारीद्वारा संविधान दिवशको शुभकामना

    धरान । संविधान दिवसको अवसरमा प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारिले शुभकामना दिएका छन् । असोज ३ गते आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संवैधानिक विकासको इतिहासमा देशले प्रथम पटक निर्वाचित जनप्रतिनिधी सम्मिलित संविधान सभाबाट संविधान प्राप्त गरेको ऐतिहासिक दिन संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । सन्देशमा लेखिएको छ, ञसंघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यम बाट लोकतन्त्र, मानवाधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डमा हुँदै आएका संघर्ष, आन्दोलनहरुमा जीवन उत्सर्ग

    • प्रकाशित मितिः असोज ३, २०७७
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण ,८ सय ७१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ /   थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५ सय ९४ जना  पुगेको छ । नेपालमा मृतकको संख्या ३९० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

    • प्रकाशित मितिः असोज २, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुम्लाको स्याउको बजार धरानमा

    धरान । लकडाउनको समयमा पनि जुम्लाबाट आएको स्याउको बजार अहिले धरानमा खुबै चलेको छ । कर्णाली प्रदेशको जुम्लाका स्याउ उत्पादनमा अब्बल मानिन्छ । जुम्लाको स्याउ धरान आइपुगे पछि धराने उपभोक्ताहरुमा खरिद बिक्रि पनि बढ्दै गएको छ । जुम्लाका स्याउ कृषक खड्ग केसीले गत मंगलबार ४ टन स्याउ सहित आलु ल्याएका थिए । अहिले धरान बजारका अधिकांश फलफुल पसलमा जुम्लाका स्याउ बिक्रिका लागि राखिएको छ । धरान सब्जी बजार भित्र रहेको कोपिला कस्मेटिक अगाडी फलफुल पसल गर्दै आएका रामभजन चौधरीले धरानमा जुम्लाको स्याउले राम्रो बजार पाएको बताउँछन् । उनले भने, बजारमा पाइने भरातीय स्याउ र चाइनिज स्याउको तुलनामा जुम्लाको स्याउ धेरै

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,721 पटक पढिएको
    • " संजोग बाबु दाहाल"
  • रोङका १९ सुकुम्बासीलाई लाल पुर्जा, हर्षले गदगद

    इलाम / इलामको रोङ गाउँपालिका छ पाटापुरका ६७ वर्षिय लालसिंह राईले सोचेका पनि थिएनन आफूले प्रयोग गरेको जग्गाको लालपुर्जा पाउँछु भनेर । ५७ वर्ष अघि देखि भोगचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु परेको उनी बताउँछन । लालसिंह लाई ५७ वर्ष सम्म भोगचलन गरेको जग्गाको बा, बाजेले नै नपाएको पुर्जा पाइन्छ भन्ने आस पनि थिएन । आफैले भोगचलने गरेको जमिन आफ्नो नाममा नहुँदा सँधै आँशु बगेरै दशक बित्यो । तर ५७ वर्ष पछि लालपुर्जा पाउँदा पनि उनको आँखामा आशु थामिएनन् । जिन्दगी भरको सपना पुरा भएको भन्दै गहभरी आशु झार्दै अव भूमीहिन भएर बस्नु परेन, छोरा नाती सम्मलाई ढुक्क भएकोभन्दै खुसि छन । रोङ छ कै ७० वर्

    • प्रकाशित मितिः असोज २, २०७७
    • 876 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पाँच वर्ष देखि गुमनाम इटहरी बालिका हत्याकाण्ड

    इटहरी । पाँच वर्ष अघि हत्या भएकी इटहरीकी एक बालिकाको दोषिहरु अहिले सम्म पक्राउ पर्न नसक्नुले प्रहरी प्रशासन माथि नै प्रश्न उठ्न थालेको छ । गत २०७२ फागुन २० गते इटहरीकी १४ वर्षिया बालिका सपना भुजेलको हत्या भएको थियो । इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अवश्थामा उनको शव फेला परेको थियो । भुजेलको हत्या भएको ५ वर्ष बितिसक्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरी प्रशासनले हत्यामा संलग्न दोषिहरुको अझै पनि पहिचान नै गर्न नसक्दा प्रहरीको अनुसन्धानमा नै प्रश्न खडा भएको छ । २०७२ साल फागुन यता इलाका प्रहरी कार्यालय इटहरीमा ८ जना प्रहरी प्रमुखहरू परिवर्तन भइसकेका छन् । ५ वर्षको अव

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,301 पटक पढिएको
    • "तेजबहादुर बन "
  • उच्चबार एशोसिएशनको अध्यक्षमा  खड्का

    इलाम /  नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौ साधारणसभाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिवमा जीवन कोइराला, कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् । समितिको सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् । साधारणसभाले किरण सुनुवार, याम लिम्बु र भीम प्रसाद रिजाललाई पार्सद चयन गरेको छ ।   

    • प्रकाशित मितिः असोज २, २०७७
    • 956 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्थानीय सरकारको धज्जी उडाउँदै चिया उद्योग, नगर प्रमुख भन्छन मापदण्ड नमानेर धरै छैन

    इलाम /  इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” उनका अनुसार किसानको चियाको लागत मात्रै प्रतिकिलो ३८ रुपैयाँ पर्छ तर प्रतिकिलो २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । मूल्यकै लागि असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसानमा उत्रिएका हुन् । तर, आन्दोलन गरेको लामो समय भइसक्दापनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम् प्रति किलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार(सूर्योदय नगरपालिका)ले बनाएको छ । तर, मापदण्डको धज्ज

    • प्रकाशित मितिः असोज २, २०७७
    • 855 पटक पढिएको
    • " भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved