जुम्लाको स्याउको बजार धरानमा

  • असोज २, २०७७
  • " संजोग बाबु दाहाल"
alt -फाइल तस्बिर

धरान । लकडाउनको समयमा पनि जुम्लाबाट आएको स्याउको बजार अहिले धरानमा खुबै चलेको छ ।
कर्णाली प्रदेशको जुम्लाका स्याउ उत्पादनमा अब्बल मानिन्छ । जुम्लाको स्याउ धरान आइपुगे पछि धराने उपभोक्ताहरुमा खरिद बिक्रि पनि बढ्दै गएको छ ।

जुम्लाका स्याउ कृषक खड्ग केसीले गत मंगलबार ४ टन स्याउ सहित आलु ल्याएका थिए । अहिले धरान बजारका अधिकांश फलफुल पसलमा जुम्लाका स्याउ बिक्रिका लागि राखिएको छ ।

धरान सब्जी बजार भित्र रहेको कोपिला कस्मेटिक अगाडी फलफुल पसल गर्दै आएका रामभजन चौधरीले धरानमा जुम्लाको स्याउले राम्रो बजार पाएको बताउँछन् । उनले भने, बजारमा पाइने भरातीय स्याउ र चाइनिज स्याउको तुलनामा जुम्लाको स्याउ धेरै राम्रो छ, अन्य देशबाट आयातित स्याउको तुलनामा यो विषादी रहति भएकाले स्वास्थ्यका लागि पनि लाभदायी भएकाले पनि धेरैको चासो रहेको छ ।’

विषादी प्रयोग भएको फलफुल, सब्जी खान बाध्य भएको अबस्था जुम्लामा उत्पादन भएको आर्गानिक स्याउ धरानमै पाउने थाले पछि धरानका ग्राहकहरु खुसी हुँदै स्याउ किन्न आउने गरेको उनले बताए ।

अन्य स्याउको तुलनामा पनि सस्तो भएकोले धराने ग्राहकको रोजाईमा पर्दै गएको उनले बताए । धरानमा मात्र नभएर पूर्वी बजारमा पनि यसको सम्भावना राम्रो भएको उनले बताए । उनले भने, ‘अरु स्याउमा राम्रो देखाउनका लगि विभिन्न केमिकलहरुको प्रयोग गरिएको हुन्छ, हेर्दा उस्तै देखिने भएकाले ग्राहकहरु धेरै झुकिन्छन् ।’

चौधरीले स्याउ उत्पादन हुने देशको पश्चिम क्षेत्र हुम्ला, जुम्लाको भ्रमण गरेको सुनाउदै उनले भने, ‘किसानले उत्पादन गरेको सबै वस्तुमा बिचौलियाको प्रवेश हुने गरेकाले उत्पादन गर्ने किसानले पनि आफ्नो लागत उठाउन पनि सक्दैनन्, किसानबाट ल्याएको मुल्य भन्दा झन्डै दोब्बर मुल्यमा व्यापारीहरुलाई बिक्री गर्छन्, त्यसो गर्दा किसान त मारमा पर्छन नै ग्राहकहरु पनि दोब्बर मुल्य तिरेर खरिद बाध्य हुने गरेको छन् ।’

जुम्लाबाट स्याउ सिधैं धरान ल्याएर धरानमा बिक्री गर्दा जुम्लाका किसानलाई सहुलियत हुने ग्राहकले पनि सस्तो सुलभ दरमा अर्गानिक स्याउको स्वाद लिन पाउने भएकाले सरोकारलाहरुले त्यस तर्फ ध्यान दिन उनले आग्रह पनि गरेका छन् ।
केसीले ल्याएको स्याउ कृषि उपज बजार स्थलमा राखेर होलसेलमा बिक्रि गरिरहेका छन् । उनले धरानका उद्योगी जनक बस्नेतको सहयोगमा स्याउ र आलु बिक्रिका लागि ल्याएका थिए । धरानमा जुम्लाको स्याउको बजार ठुलो रहेको बताए । उनले भने, ‘पहिलो पटक ४ टन जति ल्याएको थिए, अर्को पल्ट परिमाण बढाउने छु ।’

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved