बराहक्षेत्र । शुक्रबार राती मृत भेटिएकी एक बालिकाको हत्याको आशंकामा इलाका प्रहरी कार्यालय बराहक्षेत्रले ६ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. १ कटहरेस्थित आफ्नै घरमा १२ वर्षीया बालिका मिना राईको हत्याको अनुसन्धानका लागि संघीय प्रहरी इकाईबाट तालिम प्राप्त कुकुर सहितको टोलि खटेको थियो । तालिम प्राप्त कुकुरहरुले १ सय ५० मिटर परको एउटा घरमा पसे पछि त्यस घर सहित उनका अन्य साथीहरुलाई आशंकामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए । शुक्रबार आफ्नै घरको कोठामा मृत भेटिएकी बालिका राईको टाउकोमा दुई
धरान । रोट्रयाक क्लब अफ धरानले शुक्रबार द सिक्रेट अफ पब्लिक स्पिकिङ् कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा ४६ जनाको सहभागिता रहेका थियो । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोट्रयाक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । तालिमको सहजीकरण रिदम साहद्वारा गरिएको थियोे । साहले डिजिटल प्रविधिको माध्यमले धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको बताए ।
धरान । सर्दु खोलामा पुल बने पछि राहत मिलेको धरान २० स्थित विष्णुपादुकाका विद्यार्थीहरुलाई समेत घर बाटै विद्यालय धाउन सहज बनेको छ । वर्षाको समयमा धरानमै डेरा लिएर बस्नुपर्ने बाध्यता पनि हटेको छ । धरानका कलेज तथा विद्यालयमा अध्ययनरत विष्णुपादुकाका विद्यार्थीहरु अहिले सहज रुपमा घरबाटै धाउन सक्ने भएका छन् । वर्षामा सर्दु खोलामा आउने बाढीका कारण उनीहरु डेरा लिएर बस्ने गरेका थिए । पुल संचालनमा आए पछि डेरामा बस्नु पर्ने र अनावश्यक खर्च समेत कटौति भएको स्थानीय ओम सुच्चा राई बताउँछन् । उनले भने, अहिले डेरा बस्नु पर्ने, डेरा बस्दा हुने अनावश्यक खर्च समेत जोगिएको छ, उनीहरु अहिले घरबाटै विद्यालय धाउन सक्
धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५जना निको भए सगै जम्मा निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ भने मृतकको संख्या ४ सय ४९ पुगेको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको छ।
विराटनगर/ प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरंगको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्
धरान । खुला सिमानाका भएका कारण तराईका विभिन्न स्थानबाट अवैध लागुपदार्थ ओसारपसार बढ्दै गएको छ । भारतीय बजारबाट लागुऔषधहरु ओसारपसार गर्न तराई क्षेत्रका युवाहरु प्रयोग हुने गरेका छन् ।सुनसरीको तल्लो क्षेत्रका सिमानाकाबाट पनि दैनिक जसो अवैध लागुऔषधहरु भित्रिने गरेका छन् । यसै बिच सुनसरी जिल्ला प्रहरी कार्यालयले विहिबार ४९ बोतल डाइलेक्स डिसि १ सय एमएल पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित गोलपार्क नजिकै प्रहरीको टोलिले ४९ बोतल डाइलेक्स सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्की बस्ने वर्ष १९ का मो. इन्तियाज अंसारी र घुस्की बजार
धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विहिबार राती उपचारमा रहेका सप्तरीको राजविराज ३ का एक ७० वर्षिय पुरुष र मोरङ कानेपोखरी १ का ५५ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तक मध्ये राजविराज ३ का पुरुषलाई गजेन्द्र नारायण सिंह अस्पतालबाट भदौ २५ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहे
धनकुटा / धनकुटाको विभिन्न स्थानहरुमा अविरल वर्षाका कारण घर भत्किदाँ ५७ लाख बराबरको क्षति भएको छ । निरन्तरको वर्षाका कारण आज विहान महालक्ष्मी नगरपालिका–५ रामबजारका विजय शाहको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घर भत्किदाँ ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । वर्षात्ले घर भत्किदाँ पूर्णरुपमा क्षति भएको छ । घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ । तर चौपाया र मानवीय क्षति भने हुन पाएन । त्यस्तै आज विहान नै परेको वर्षात्ले धनकुटा नगरपालिका–५ विहिवारे हटिया नजिकका चानबहादुर लिम्
धरान । मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने नबिल बैंकले योजना ल्याएको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने भएका छन् । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ । सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने भएको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रु
धरान / धरान २० विष्णुपादुका आँपटारमा पहिरोबाट पिडितहरुलाई राहत वितरण गरेको छ । टिम नेपो र सिस्टरहुड नेपालको संयूक्त रुपमा पिडित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहतमा २०० केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो । उक्त राहत आवश्यकता अनुसार वितरण गर्ने गरी धरान उपमहानगरपालिका वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाईएको हो । राहतका लागि आश्यक सामग्रीका लागि रोटरी क्लवमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले रु. ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरी का प्रतिनिधि प्रज्वल भण्डारीले बताए । छोराछोरी नभएका वृद्धबृद्धा भएका धरान