समाचार

    Showing 8,321-8,330 of 10,050 items.
  • मोरङ, सुनसरी सहितका थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

    धरान/ स्वास्थ्य मापदण्ड विपरित स्यानिटाइजर बनाउने मोरङ,सुनसरीका सहितका ६ कम्पनीलाई औषधि व्यवस्थ विभागले प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले स्वास्थ्य मापदण्ड विपरित मेथानोलको प्रयोग गरि स्यानिटाइजर उत्पादन गरेको पाइएपछि त्यस्ता कम्पनिलाई विभागले प्रतिबन्ध लगाएको हो । विभागले नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार सीता हर्बल सुनसरीले उत्पाद

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लुमन्तीको सहयोगमा बनेका योजनाको अनुगमन

    विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको अनुगमन गरिएको छ । वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् । लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडवाड सकिए सगै धान थन्काउन किसानलाई चटारो

    रंगेली/ हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं तिहार सकिए सगै गाउँवासीहरुलाई धान थन्काउने चटारो सुरु भएको छ । वर्ष भरीका लागि उब्जाएको धान थन्काउन आहिले गाउँवासीहरुमा चटारो सुरु भएको हो । गत वर्षको तुलनामा उब्जनीमा केही कमी आएको छ । नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका बिच लागाइएको बाली विगतको तुलनामा कमि भएको किसान तिलक बजगाईको गुनासो रहेको छ । संक्रमणका बाबजुद खेतीमा उत्रिएका किसानहरुलाई यसपालिको उब्जनिले केही निरास बनाएको देखिन्छ । आकाशे पानिको भरमा खेती गर्न बाध्य याहाँका किसानहरुलाई सिचाईंका लागि उचित ब्यबस्थापन नहुदाँ थप समस्या झेल्नु परेको किसान बजगाईं गुनासो छ । सिचाई

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,144 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज छठ पर्वको मुख्य दिनः साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरि अर्घ्य दिइँदै

    धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।यो पर्व हेक वर्षको कार्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।  सूर्य पुराण अ

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • 1,333 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वर्ष दिन पनि नपुग्दै भत्किन्छन्, कोशी राजमार्गको सडक

    धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ । सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

    धरान । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बुधबार अवैध लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलिले इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाबाट ४ जना र इनरुवाकै वडा नम्बर १० बाट एक जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले इनरुवा नगरपालिका वडा नम्बर मधेसा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एमएलको १४ बोतल, स्पास्मो प्रोक्सीभोन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1,244 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज थप २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

    धरान : प्रदेश नम्बर १ मा आज थप २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, रंगेली, धनपालथान, जहदा, सुन्दरहरैचा, रतुवामाई, बुढीगंगा, मिक्लाजुङ र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २३, इटहरीमा २१, रामधुनीमा ३, इनरुवा, दुहवी, भोक्राहानरसिंहमा २–२ र बराहक्षेत्रमा १, झापाको दमकमा ११, व

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1,030 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका(५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन ।हिजो साँझ ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानका सहप्रवक्ताले दिए राजीनामा,

    धरान – वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा.आशिष श्रेष्ठले आज राजीनामा दिएका छन । उनको राजीनामा पत्र वीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्विकृत गरेका छन ।  व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताउँदै सहप्रवक्ताको रूपमा कार्यरत रहँदा सबैबाट पूर्ण सहयोग मिलेको श्रेष्ठले बताए । म सहप्रवक्ता नियुक्त भएर काम गरेको करीब ६ महिना भयो । यस दौरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ । उनले भने, यो कार्यभार सम्हालि रहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 1,127 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छठको दोस्रो दिन खरना मनाउँदै

    धरान । आज छठपर्वको दोस्रो दिन । यस वर्षका सबै चाडपर्वहरु खुलेर मनाउन नपाएको अवश्था छठ पर्व पनि प्रभावित बनेको छ। खोला, नदीहरुमा छठको पहिलो दिन देखिनै सिंगारिने गरिन्थे तर यस वर्ष कोरोनाका कारण स्थानीय सरकारले प्रतिबन्ध लगाए पनि घर घरमै विभिन्न धार्मिक रित पुरा गर्दै छठ पर्व मनाईरहेका छन् । दोस्रो दिन आज पानी समेत नखाई व्रत बसिने ‘खरना’ मनाउने तयारीमा छन् । भोलि मंसिर ५ गते अस्ताउँदो सुर्यलाई र मंसिर ६ गते विहान उदाउँदो सुर्यलाई अर्घ दिएर समापन गर्ने तयारी स्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved