वीपी प्रतिष्ठानका सहप्रवक्ताले दिए राजीनामा,

  • मंसिर ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा.आशिष श्रेष्ठले आज राजीनामा दिएका छन । उनको राजीनामा पत्र वीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्विकृत गरेका छन ।

 व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताउँदै सहप्रवक्ताको रूपमा कार्यरत रहँदा सबैबाट पूर्ण सहयोग मिलेको श्रेष्ठले बताए । म सहप्रवक्ता नियुक्त भएर काम गरेको करीब ६ महिना भयो ।

यस दौरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ । उनले भने, यो कार्यभार सम्हालि रहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक्ने मौका मिलेको छ ।

 डा. श्रेष्ठले प्रतिष्ठानमा २०११ देखि ओरल प्याथोलोजी विभागको प्रमुखको रूपमा कार्यभार सम्हालेका हुन । उनि २००२ मा विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी फ्याकल्टी डिभेलपमेन्ट प्रोगाम अर्न्तगत प्रतिष्ठानको सहयोगमा उनले भारतको मणिपाल युनिर्भसिटीबाट ३ वर्षे एमडिएस सकाएका हुन ।

 रिक्त रहेको सहप्रवक्ताको पदमा एनेटोमी विभागका सह प्राध्यापक डा.चुडामणी पोखरेललाई नियुक्त गरीने रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी गराए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved