समाचार

    Showing 8,231-8,240 of 10,050 items.
  • ‘पार्टी कुनै हालतमा फूट्दैन’ : पूर्व प्रधानमन्त्री खनाल

    इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् । प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 965 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

    इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको हो । गत वर्षदेखि नै माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई गाउँपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ । किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको मागसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 963 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्यो,ऐनको मस्यौदा छलफलका लागि स्थानीय सरकारमा

    धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केद्रिय विश्वविद्यालयको रुपमा स्थापित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानको नाम परिवर्तन गरी वीपी कोइराला चिकित्सा विज्ञान केन्द्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको रुपमा स्थापना गर्न तयार भएको ऐनको मस्यौदा स्थानीय तहमा छलफलका लागि पठाएको छ । ऐन माथि छलफल गरे पछि आवश्यक सुझाव पुनः विश्व विद्यालय निर्माण सुझाव कार्यदलमा पुग्नेछ । कार्यदलको अन्तिम सुझाव तयार भए पनि संघीय संसदमा पेश हुने प्रतिष्ठानकी संचालक परिषद सदस्य तथा विश्व विद्

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 1,383 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशका ८६ स्थानीय तहमा नयाँ अस्पतालको सिलान्यास, झापामा सबै भन्दा धेरै ११, उदयपुरमा कम ३

    विराटनगर । सरकारले आर्थिक वर्षभित्र मुलुकभर ३ सय ९६ आधारभुत अस्पताल थप्ने निति तथा कार्यक्रम अनुसार प्रदेश १ मा सोमबार ८६ वटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शैयाका २७, १० शैयाका १४ र १५ शैयाका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण हुने भएका छन । देशभर अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको थियो । आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन । मोरङमा सात

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 939 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा पिकअप दुर्घटना : दुईजनाको मृत्यु

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यू भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेको राईले जानकारी दिए । सोमबार दुर्घटना भएको को पिकअप नम्बर समेत पत‍्ता लागेको छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ । मृतकको नाम समेत खुल्न सकेको छैन । मृतकहरु पिकअपरसब्जी व्यापारीका मालिकहरु रहेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ । त्यहाका स्थानीय तथा प्रहरी, जनप्रतिनिधि उदारका लाग

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 888 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • प्रदेश १ मा २ सय २६ संक्रमित थपिए, १ सय २ डिस्चार्ज

    विराटनगर, प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामका ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल

    इलाम/ सरकारले अस्पताल नभएका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भएको छ । ती सवै ठाउँमा बनाइने अस्पतालको सोमबार शिलान्याश गरिएको छ । इलामको ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल बनाइने भएको छ । सूर्योदयको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो । एउटा स्थानीय

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,241 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कुटपिटबाट १ जनाको मृत्यु , घटनामा संग्लग्न रहेका ३ जना पक्राउ

    झापा।  झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका छन् । गत असोज १४ गते सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरी कार्यायले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 2,748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहमती भए पछि वीपीका इन्र्टन चिकित्सक फर्किए काममा

    धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ । प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो । आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्व

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हराएका बालक मृत फेला, हत्याको आरोपमा १ जना पक्राउ

    सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ

    • प्रकाशित मितिः मंसिर १५, २०७७
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved